शिक्षक आचार संहिता

शिक्षक-आचार-संहिता

शिक्षा नियमावली २०५९

परिच्छेद २२

दफा १३३

शिक्षक तथा विद्यार्थीको आचारसंहिता

 शिक्षकले पालन गर्नु पर्ने आचार संहिता  

(क) आफुलाई खटाएको ठाउँमा गई तोकिएको काम गर्नु पर्ने,

(ख) निर्धारित समयमा नियमित रूपले विद्यालयमा आए गएको समय जनाई हाजिर हुनु पर्ने र पहिले बिदाको अनुमति नलिई विद्यालयमा अनुपस्थित हुनु नहुने,

(ग) आफ्नो सेवा सम्बन्धी कुरामा मतलव साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्नु नहुने,

(घ) नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशित गर्न वा प्रेसलाई कुनै खबर दिन वा रेडियो वा टेलिभिजन आदि जस्ता सूचना माध्यमद्वारा भाषण प्रसारित गर्न वा कुनै सार्वजनिक भाषण दिन वा वक्तव्य प्रकाशित गर्न नहुने,

(ङ) विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनु पर्ने,

(च) आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनु पर्ने,

(छ) कुनै भाषा, सम्प्रदाय तथा धर्म विरोधी भावना शिक्षक तथा विद्यार्थी वर्गमा फैलाउन नहुने,

(ज) सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफू वहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने,

(झ) विद्यालय वा शैक्षिकसंस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नु पर्ने,

(ञ) नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी देशको शान्ति, सुरक्षा, वैदेशिक सम्बन्ध र सार्वजनिक मर्यादा तथा अदालतको अवहेलना हुने वा कुनै पनि कार्यालय वा अधिकृतको कानूनद्वारा निर्धारित कर्तव्य पूरा गर्नमा बाधा विरोध हुने गरी प्रदर्शन, हड्ताल, थुनछेक तथा घेराउ गर्न नहुने ।

 (२) उपनियम (१) बमोजिमको आचार संहिताको पालन भए नभएको अभिलेख शिक्षकहरूको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा व्यवस्थापन समितिले राख्नुपर्नेछ र आचार संहिता पालन नभएको भए त्यसको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ ।

विद्यार्थी-आचार-संहिता

शिक्षा नियमावली २०५९

परिच्छेद २२

दफा १३३

शिक्षक तथा विद्यार्थीको आचारसंहिता

 

 विद्यार्थीले पालन गर्नु पर्ने आचार संहिता  

(क) शिक्षकको आज्ञापालन र आदर गर्नु पर्ने,

(ख) विद्यालयमा वा बाहिर जहाँसुकै अनुशासनमा रहनु पर्ने,

(ग) राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित्त संधै प्रयत्नशील रहनु पर्ने,

(घ) विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रूपमा भाग लिनु पर्ने,

(ङ) सबैसँग शिष्ट व्यवहार गर्नु पर्ने,

(च) व्यवस्थापन समितिले निर्धारण गरेका अन्य आचार संहिता पालना गर्नु पर्ने ।

मनपरे सेयर गर्नुहोस्

Related Posts

Governmental Websites of Nepal

सम्पूर्ण सरकारी वेबसाइटहरु । प्रमुख कार्यालय । संवैधानिक निकाय । मन्त्रालय । विभाग । सार्वजनिक संस्थान । विश्वविद्यालय । सञ्चार माध्यम । नेपाल सरकार | सम्पूर्ण सरकारी तथा आधिकारिक पोर्टलहरू…

मनपरे सेयर गर्नुहोस्

श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

Saraswati Ma V Bijgada Result 2082 श्री सरस्वती माध्यमिक विद्यालय बिजगडा बझाङको कक्षा १-९ सम्मको नतिजा Saraswati Ma V Bijgada Result 2082 Saraswati Ma V Bijgada Result 2082 Class-1 Result…

मनपरे सेयर गर्नुहोस्

You Missed

Governmental Websites of Nepal

श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

  • By Laxmi
  • २०८२-१२-२८
  • 0
  • 334 views
श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

  • By Laxmi
  • २०८२-१२-१६
  • 0
  • 208 views
श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

  • By Laxmi
  • २०८२-११-१४
  • 0
  • 72 views
बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

सूचना

  • By Laxmi
  • २०८२-११-१४
  • 0
  • 81 views
सूचना
नेपालका संविधान र कानुनहरु