भौगोलिक विभाजन
धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन
नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलका आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदे शमा विभाजन गर्न सकिन्छ
(१) हिमाली प्रदेश
नेपालको उत्तरी भेगमा उच्च पर्वत, तीव्र ढाल, उच्चतम चुचुराहरू, गहिरा घाँटी र खोँचका ठाडा भिरयुक्त भू–स्वरूप भएको तथा निस, सेल, स्लेट, ग्रेनाइट, क्वारजाइट, चून आदि चट्टानबाट निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुद्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टि मात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभाग छन् । जस्तै : अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन् । धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । ती क्षेत्रबाट हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतम र मनोरम हिमाली टाकुराहरू नेपालको हिमालय खण्डमा छन् । कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, नीलगिरि, अन्नपूर्ण, धवलागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खला हुन् । यी शृङ्खला अधिकतम भोट विश्वको सर्वोच्च शिखर सगरमाथा (तिब्बत)का सीमावर्ती क्षेत्रमा रहेका छन् । हिमाली प्रदेश नदीनालाहरूका कारण कैयौँ ठाउँमा विशृङ्खलित भएको छ ।
हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ । खण्डित कृषिभूमिको अभावमा उब्जनी न्यून हुने हुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ । ऊनका गलैँ चा, राडी, पाखी बुन्ने घरे लु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् । यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्रअन्तर्गत पर्छ । सगरमाथालाई वि.सं. १९९० (१९३३ इ.सं.) मा Michale Karga ले Third Pole को उपमा दिएका थिए । उचाइ र पर्वतको अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमा रहेको चुङकुङ गाउँमा आलु फल्छ । २,८०० मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा दुई सय मिलिमिटर वर्षा हुन्छ ।
यस्ता उच्च माछापुच्छ्रे हिमाल, गण्डकी धवलागिरी हिमाल, गण्डकी हिमालका खेतीयोग्य जमिन सोलुखुम्बु, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ । करिब ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ । लगभग ४,००० मिटरमाथिका भूभागमा छोटो अवधिको वर्षायाममा पनि तुसारापात हुन्छ । ४,०००– ५,००० मिटरसम्म होचो झाङ झाडी (जडीबुटी) पाइन्छ । मुस्ताङ र डोल्पामा प्राकृतिक वनस्पति विशेष कारणले २,८०० मिटर उचाइसम्म पनि हुने गरेको पाइन्छ । करिब १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ । अरू भूभाग ठाडो भिर, ढुङ्गे र ठन्डा हुँदा चरनका लागि उपयुक्त छैन । घाँस पुनः पलाउन समय लाग्ने भएकाले अधिक चरनबाट जोगाउन चरन व्यवस्थापन यहाँको मूल आवश्यकता हो । माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमिन मात्रै खेतीका लागि उपयुक्त छ । यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन नसकेका कारण उत्पादनको बजारीकरण गर्न कठिनाइ हुने गरेको छ । नेपालको लगभग १९.७ प्रतिशत (२८,९९,५०० हेक्टर) ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ । यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमानीग्रस्त ९न्बिअष्बतभम० छन् । नदीले पिँध कटान बढी गरेको फलस्वरूप नदी ढलान ले गल्छेडा र गल्छी बनेका छन् । डाँडाको टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाइको भिन्नता छ । यसैले यहाँको एउटै ढलोमा उष्ण, उपोष्ण र न्यानो समशीतोष्ण एवम् चिसो शीतोष्ण बोटबिरुवा पाइन्छन् । यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भूभागमध्ये ३४ प्रतिशत भूभागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भूभागले मात्र खेती धानेको छ । यस्तो २,००,००० हेक्टर जमिनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ । हिमाली क्षेत्रमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्ला पर्दछन् । वि.सं. २०७८ को जनगणनाअनुसार ६.०८ प्रतिशत जनसङ्ख्या हिमाली क्षेत्रमा बसोवास गर्दछन् ।
क- मुख्य हिमाली क्षेत्र
हिमालयअन्तर्गतका उच्चतम चुलीहरूकेन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला हिमचुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिणतर्फ रहेका बृहत्तर हिमाली शृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १,३११ चुचुराहरू रहेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो–ओयु, धवलागिरि, मनास्लु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन हिमचुचुरा रहेका छन् । कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ, गणेश, गोरखा, अन्नपूर्ण, धवलागिरि, काञ्जिरोवा, अपि र सैपाल हिमशृङ्खलाअन्तर्गत विश्वका १० सर्वो च्च शिखरहरूमध्ये आठओटा हिमशिखर पर्दछन् ।
ख- भित्री हिमाली क्षेत्र
मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदीनिर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पूराङ्ग, हुम्ला, मुगु, लाङगु, बुढी खोटाङ, केरुङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्ठित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खोँ च र बेसी रहेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछायामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ ।
यस भेगमा शुष्क जलवायु पाइन्छ । यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुने हुँदा डालेघाँस प्रायः पाइँदैन । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोडा, चौँरी आदि जनावरबाट गर्ने गर्दछन् । जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म फल्छ । हिउँदमा ठन्डा हुने हुँदा मानिसहरूको बसोवास यो क्षेत्रमा निकै पातलो छ । हिउँदको चिसो छल्नका लागि बेँसी झर्ने तथा अन्य मौसमी प्रकृतिको बसाइँसराइ बढी हुन्छ ।
ग-सीमान्त हिमाली क्षेत्र
यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलो मिटर उत्तरसम्म फैलिएको छ ।
सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानीढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी, अरुण आदि) हिमालयभन्दा पनि पुराना मानिन्छन् । मनाङ, मुस्ताङमा छरिएर रहेका बस्ती छन् र भोट निस्कने भञ्ज्याङहरू निकै पर्छन् । टिपताला (ताप्लेजुङ), पोपटी÷हरियाघाँटी (संरतवासया), नाङपा (सोलुखुम्बु), पूर्वी छ्याछु, रसुवागढी, ग्याला (गोर्खा), मुस्ताङ घाँटी, लुगुवा (मनाङ), नाम्जाला (मुगु), यारी (हुम्ला), टिंकर (दार्चुला) महत्वपूर्ण भञ्ज्याङहरू हुन् । वृष्टिछायामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरुभूमिका रूपमा रहेको छ । यसलाई टेथिस हिमाल पनि भनिन्छ ।
(२) पहाडी प्रदेश
उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म अग्ला–होचा पहाडहरू, फराकिला–साँघुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ । दक्षिणमा समुद्र सतहबाट करिब ३०० मिटरदेखि उत्तरमा ३,००० मिटरसम्मका भूभागहरू ओगटेर ७५ किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन् । सबैभन्दा बढी भूभाग यस प्रदे शले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ । यहाँ विशेषतः निस, स्लेट, भेल र ग्रेनाइट जस्ता चट्टानहरू पाइन्छन् । यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी २८ ओटा जिल्ला पर्दछन् । वि.सं. २०७८ को जनगणनाअनुसार ४०.३ प्रतिशत जनसङ्ख्या पहाडी क्षेत्रमा बसोवास गर्दछन् । पहाडी प्रदे शलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छ
क- चुरे पर्वत श्रेणी
नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमालाभन्दा निकै पछि विकसित भएको समुद्र सतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ । बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामले समेत प्रसिद्ध छ । यो नवीनतम् पर्वत हो । नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएर फैलिएको छ । कोशीपूर्व थुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा मैनाचुली, चुलाचुली छन् । चुरे पर्वत श्रेणीका धेरै भाग जङ्गलले ढाकेको छ । दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका दून अवोन्नत प्रकृतिका भाग छन् । यहाँ उपोष्ण जलवायु पाइन्छ । यो क्षेत्रले १२.७ प्रतिशत (१८,७९,००० हेक्टर) ढाकेको छ ।
जलाधार क्षेत्रको उचाइ भिन्नता ७०० मिटरभन्दा कम छ । यहाँको माटो वर्षाको पानी थाम्न सक्ने खालको छैन । यो क्षेत्रमा ह्वात्त बाढी आएजस्तो वर्षामा खोलाहरू बग्छन् । वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ । सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भूभागलाई नियन्त्रण गरेको छ । यो शृङ्खला कमजोर एवम् अस्थिर छ । करिब ९३ प्रतिशतभन्दा बढी भूभाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन । शिवालिक क्षेत्रमा खेती हुन सक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ । दून उष्ण क्षेत्र भए पनि यहाँको माटो तराईको भन्दा भिन्न छ । यो क्षेत्रमा फलफूल र तरकारी कमै हुन्छ । यस क्षेत्रमा अतिक्रमणले वनविनाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ । शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो क्षेत्र बालुवा, कङ्कड, ढुङ्गा र खुकुला खस्रा पदार्थले बनेको छ । खुकुलो चट्टानले बनेको भाबरमा सालको वनजङ्गल पाइन्छ । गहिरो घाँटीमा नदीले थुपारेका माटाको भागले बनेका मैदानहरू गङ्गा मैदानकै अंशका रूपमा रहेका छन् ।
क-महाभारत श्रेणी-
पूर्व–पश्चिम फैलिएको समुद्र सहतदेखि करिब १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्वपूर्ण भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठुलाठुला चार नदी कडा चट्टाने पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ । होचो हिमालय (Lesser Himalaya) को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुने हुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hill-Station पनि भनिन्छ । सैलुङ, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोँच आदि यहाँका प्रमुख शिखर हुन् । पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।
ग- मध्यभूमि श्रेणी-
महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठुला–ठुला टार, बेँसी र उपत्यकाहरूलाई मध्यभूमि भनिन्छ । यसअन्तर्गत काठमाडौँ, पोखरा, त्रिशूली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन् । नेपालका चमेलिया (सुदूरपश्चिम), त्रिशूली (मध्य), सुनकोशी र अरुण तथा तमोर नदीद्वारा निर्मित ठुला उपत्यका एवम् समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन् । यहाँ तुम्लिङटार (सङ्खुवासभा), रुम्जाटार (ओखलढुङ्गा), बेल्टार (उदयपुर) मङ्गलटार (काभ्रेपलाञ्चोक), खुमलटार (ललितपुर), बट्टार (नुवाकोट), सल्यानटार (धादिङ), खैरेनीटार (तनहुँ), चौरजहारीटार (रुकुम) जरायोटार (भोजपुर), खरानीटार (नुवाकोट) र पालुङटार (गोर्खा) जस्ता टार पनि छन् । मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४३,५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु वर्षैभरि कृषिका लागि उपयुक्त छ । तापक्रम न बढी न घटी मध्यम प्रकारको छ । जनसङ्ख्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ । यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन् । मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो । कृषि, वन र बागवानीबाट यसलाई सघाउ हुने गरेको छ । मध्यपहाडमा प्रिक्याम्ब्रियन फाइलाइटस् , क्वार्टजाइटस् ,अभ्रख, शिष्ट र ग्रेनाइट जस्ता विविध चट्टान पाइन्छन् । मध्यपहाडको दक्षिण किनारामा प्रायः महाभारत लेकजस्ता पर्वत छन् ।
यो भाग ऋतुक्षय भएका ग्रेनाइट, चुनढुङ्गा, डोलोमाइट, सेल, स्यान्डस्टोन, स्लेट र क्वार्टजाइटले बनेको छ । शिवालिक जस्तो भूक्षयको प्रभाव छैन । यस क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडो भिर (३५ डिग्री ढलोभन्दा बढी) र पातलो माटाले ढाकेको हुनाले खेतीका लागि उपयुक्त छैन । पहाडी प्रदे शमा किराँत (राई, लिम्बू), तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोवास गर्छन् । पहाड आफँैमा विविधतायुक्त भएकाले यहाँको घर निर्माण, लवाइखवाइ, पेसा आदिमा भिन्नता पाइन्छ । फलफूल खेती र जडीबुटीका लागि बढी उपयुक्त वातावरण पाइन्छ । पहाडका दक्षिण पाखामा बस्ती र खेती धेरै भेटिन्छन् । यस भेकमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा, काठमाडौँ , पोखरा, जुम्ला, सल्यान, सिलगढीजस्ता साना–ठुला बस्ती छन् । पहाडी क्षेत्रको कुल बस्तीमध्ये १००० मिटरसम्मको उचाइमा १६.३७ प्रतिशत, १००१–२००० मिटरसम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथि ३००० मिटरसम्ममा १९.९९ प्रतिशत बस्तीहरू रहेको पाइन्छ । सर्वाधिक बस्तीहरू १००१–२००० मिटरसम्ममा केन्द्रित छन् । आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलतः फलफूल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो । धान, मकै, गहुँ र गेडागुडीमा यो क्षेत्र विविधतायुक्त उत्पादनशील क्षेत्र भए पनि उर्वर भूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ ।
घ- काठमाडौँ उपत्यका-
काठमाडौँ , ललितपुर र भक्तपुर गरी तीन जिल्ला काठमाडौँ उपत्यकामा समावेश गरिएका छन् । भौगोलिक, सामाजिक सांस्कृतिक तथा प्रशासनिक दृष्टिकोणले समेत एक छुट्टै पहिचान बोकेको काठमाडौँ उपत्यका समुद्री सतहबाट करिब १३३७ मि. उचाइमा रहेको छ । वि.सं. २०७८ को जनगणनाअनुसार काठमाडौँ उपत्यकामा कुल जनसङ्ख्याको १०.३ प्रतिशत जनसङ्ख्या बसोवास रहेको छ ।
(३) तराई प्रदेश
पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भूभाग तराई प्रदेश हो । यसलाई मधेस पनि भनिन्छ । यस प्रदे शको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । तराईको सिरान भाबर र चुरे हो । उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो । यो क्षेत्र उष्ण क्षेत्र हो । यहाँको जमिन प्रायः समथल छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बाहुल्य थियो । औलो उन्मूलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो । समुद्री सतहबाट ६० देखि ६०० मिटरको उचाइमा रहेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रअन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १८ जिल्ला पर्दछन् । वि.सं. २०७८ को जनगणनाअनुसार तराईमा ५३.६ प्रतिशत जनसङ्ख्या बसोवास गर्दछन् । तराई प्रदे शलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छ
क- मध्य तराई-
देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई मध्य तराई भनिन्छ । मिहिन पाँगो माटाले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुन्डुवा पर्वतमालाले काटेकाले खास तराईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, परासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको मध्य तराई भनिन्छ ।
ख- भाबर क्षेत्र-
मध्यतराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुद्री सतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँघुरो पेटीलाई भावर क्षेत्र भनिन्छ । १२.८ कि.मि. देखि १६ कि.मि. चौडाइ भएको भाबर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।
ग- भित्री मधेस-
चुरे र महाभारत पर्वत श्रेणीको बीचमा समुद्र सतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेस वा दून क्षेत्र भनिन्छ । ३२ देखि ६४ कि.मि. सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ । भित्री मधेसलाई चार क्षेत्रमा बाँडिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्री मधेस, मकवानपुर, चितवन र परासी (बर्दघाट सुस्ता पूर्व)लाई मध्य भित्री मधेस, दाङ देउखुरीलाई पश्चिमी भित्री मधेस र सुर्खेत उपत्यकालाई मध्यपश्चिम भित्री मधेस भनिन्छ ।

















































