नेपालको भौगोलिक विभाजन

भौगोलिक विभाजन  

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

नेपालको भौगोलिक विभाजन विभिन्न आधारमा विभिन्न किसिमले गरिएको पाइन्छ । धरातलका आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदे शमा विभाजन गर्न सकिन्छ  

(१) हिमाली प्रदेश

नेपालको उत्तरी भेगमा उच्च पर्वत, तीव्र ढाल, उच्चतम चुचुराहरू, गहिरा घाँटी र खोँचका ठाडा भिरयुक्त भू–स्वरूप भएको तथा निस, सेल, स्लेट, ग्रेनाइट, क्वारजाइट, चून आदि चट्टानबाट निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुद्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ । हिमालय नेपालको उत्तरपट्टि मात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभाग छन् । जस्तै : अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन् । धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन् । ती क्षेत्रबाट हिमालय दक्षिणतिर देखिन्छ । विश्वका उच्चतम र मनोरम हिमाली टाकुराहरू नेपालको हिमालय खण्डमा छन् । कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, नीलगिरि, अन्नपूर्ण, धवलागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खला हुन् । यी शृङ्खला अधिकतम भोट विश्वको सर्वोच्च शिखर सगरमाथा (तिब्बत)का सीमावर्ती क्षेत्रमा रहेका छन् ।  हिमाली प्रदेश नदीनालाहरूका कारण कैयौँ ठाउँमा विशृङ्खलित भएको छ ।

 हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ । खण्डित कृषिभूमिको अभावमा उब्जनी न्यून हुने हुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ । ऊनका गलैँ चा, राडी, पाखी बुन्ने घरे लु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् । यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्रअन्तर्गत पर्छ । सगरमाथालाई वि.सं. १९९० (१९३३ इ.सं.) मा Michale Karga ले Third Pole को उपमा दिएका थिए । उचाइ र पर्वतको अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमा रहेको चुङकुङ गाउँमा आलु फल्छ । २,८०० मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा दुई सय मिलिमिटर वर्षा हुन्छ ।

 यस्ता उच्च माछापुच्छ्रे हिमाल, गण्डकी धवलागिरी हिमाल, गण्डकी हिमालका खेतीयोग्य जमिन सोलुखुम्बु, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ । करिब ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ । लगभग ४,००० मिटरमाथिका भूभागमा छोटो अवधिको वर्षायाममा पनि तुसारापात हुन्छ । ४,०००– ५,००० मिटरसम्म होचो झाङ झाडी (जडीबुटी) पाइन्छ । मुस्ताङ र डोल्पामा प्राकृतिक वनस्पति विशेष कारणले २,८०० मिटर उचाइसम्म पनि हुने गरेको पाइन्छ । करिब १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ । अरू भूभाग ठाडो भिर, ढुङ्गे र ठन्डा हुँदा चरनका लागि उपयुक्त छैन । घाँस पुनः पलाउन समय लाग्ने भएकाले अधिक चरनबाट जोगाउन चरन व्यवस्थापन यहाँको मूल आवश्यकता हो । माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमिन मात्रै खेतीका लागि उपयुक्त छ । यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन नसकेका कारण उत्पादनको बजारीकरण गर्न कठिनाइ हुने गरेको छ । नेपालको लगभग १९.७ प्रतिशत (२८,९९,५०० हेक्टर) ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ । यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमानीग्रस्त ९न्बिअष्बतभम० छन् । नदीले पिँध कटान बढी गरेको फलस्वरूप नदी ढलान  ले गल्छेडा र गल्छी  बनेका छन् । डाँडाको टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाइको भिन्नता छ । यसैले यहाँको एउटै ढलोमा उष्ण, उपोष्ण र न्यानो समशीतोष्ण एवम् चिसो शीतोष्ण बोटबिरुवा पाइन्छन् । यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भूभागमध्ये ३४ प्रतिशत भूभागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भूभागले मात्र खेती धानेको छ । यस्तो २,००,००० हेक्टर जमिनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ । हिमाली क्षेत्रमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्ला पर्दछन् । वि.सं. २०७८ को जनगणनाअनुसार ६.०८ प्रतिशत जनसङ्ख्या हिमाली क्षेत्रमा बसोवास गर्दछन् ।  

क- मुख्य हिमाली क्षेत्र

हिमालयअन्तर्गतका उच्चतम चुलीहरूकेन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला हिमचुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिणतर्फ रहेका बृहत्तर हिमाली शृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १,३११ चुचुराहरू रहेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो–ओयु, धवलागिरि, मनास्लु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन हिमचुचुरा रहेका छन् । कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ, गणेश, गोरखा, अन्नपूर्ण, धवलागिरि, काञ्जिरोवा, अपि र सैपाल हिमशृङ्खलाअन्तर्गत विश्वका १० सर्वो च्च शिखरहरूमध्ये आठओटा हिमशिखर पर्दछन् ।

ख- भित्री हिमाली क्षेत्र

मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदीनिर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् । यहाँ पूराङ्ग, हुम्ला, मुगु, लाङगु, बुढी खोटाङ, केरुङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्ठित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खोँ च र बेसी रहेका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछायामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ ।

यस भेगमा शुष्क जलवायु पाइन्छ । यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुने हुँदा डालेघाँस प्रायः पाइँदैन । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोडा, चौँरी आदि जनावरबाट गर्ने गर्दछन् । जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म फल्छ । हिउँदमा ठन्डा हुने हुँदा मानिसहरूको बसोवास यो क्षेत्रमा निकै पातलो छ । हिउँदको चिसो छल्नका लागि बेँसी झर्ने तथा अन्य मौसमी प्रकृतिको बसाइँसराइ बढी हुन्छ ।

ग-सीमान्त हिमाली क्षेत्र

यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलो मिटर उत्तरसम्म फैलिएको छ ।

सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानीढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी, अरुण आदि) हिमालयभन्दा पनि पुराना मानिन्छन् । मनाङ, मुस्ताङमा छरिएर रहेका बस्ती छन् र भोट निस्कने भञ्ज्याङहरू निकै पर्छन् । टिपताला (ताप्लेजुङ), पोपटी÷हरियाघाँटी (संरतवासया), नाङपा (सोलुखुम्बु), पूर्वी छ्याछु, रसुवागढी, ग्याला (गोर्खा), मुस्ताङ घाँटी, लुगुवा (मनाङ), नाम्जाला (मुगु), यारी (हुम्ला), टिंकर (दार्चुला) महत्वपूर्ण भञ्ज्याङहरू हुन् । वृष्टिछायामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरुभूमिका रूपमा रहेको छ । यसलाई टेथिस हिमाल पनि भनिन्छ ।

(२) पहाडी प्रदेश 

उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म अग्ला–होचा पहाडहरू, फराकिला–साँघुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ । दक्षिणमा समुद्र सतहबाट करिब ३०० मिटरदेखि उत्तरमा ३,००० मिटरसम्मका भूभागहरू ओगटेर ७५ किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन् । सबैभन्दा बढी भूभाग यस प्रदे शले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ । यहाँ विशेषतः निस, स्लेट, भेल र ग्रेनाइट जस्ता चट्टानहरू पाइन्छन् । यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी २८ ओटा जिल्ला पर्दछन् । वि.सं. २०७८ को जनगणनाअनुसार ४०.३ प्रतिशत जनसङ्ख्या पहाडी क्षेत्रमा बसोवास गर्दछन् । पहाडी प्रदे शलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छ

क-  चुरे पर्वत श्रेणी

नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमालाभन्दा निकै पछि विकसित भएको समुद्र सतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ । बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामले समेत प्रसिद्ध छ । यो नवीनतम् पर्वत हो । नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएर फैलिएको छ । कोशीपूर्व थुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा मैनाचुली, चुलाचुली छन् । चुरे पर्वत श्रेणीका धेरै भाग जङ्गलले ढाकेको छ । दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका दून अवोन्नत  प्रकृतिका भाग छन् । यहाँ उपोष्ण जलवायु पाइन्छ । यो क्षेत्रले १२.७ प्रतिशत (१८,७९,००० हेक्टर) ढाकेको छ ।

जलाधार क्षेत्रको उचाइ भिन्नता ७०० मिटरभन्दा कम छ । यहाँको माटो वर्षाको पानी थाम्न सक्ने खालको छैन । यो क्षेत्रमा ह्वात्त बाढी आएजस्तो वर्षामा खोलाहरू बग्छन् । वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ । सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भूभागलाई नियन्त्रण गरेको छ । यो शृङ्खला कमजोर एवम् अस्थिर छ । करिब ९३ प्रतिशतभन्दा बढी भूभाग ज्यादै ठाडो र अप्ठेरो भएकाले खेतीका लागि उपयुक्त छैन । शिवालिक क्षेत्रमा खेती हुन सक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ । दून उष्ण क्षेत्र भए पनि यहाँको माटो तराईको भन्दा भिन्न छ । यो क्षेत्रमा फलफूल र तरकारी कमै हुन्छ । यस क्षेत्रमा अतिक्रमणले वनविनाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ । शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । यो क्षेत्र बालुवा, कङ्कड, ढुङ्गा र खुकुला खस्रा पदार्थले बनेको छ । खुकुलो चट्टानले बनेको भाबरमा सालको वनजङ्गल पाइन्छ । गहिरो घाँटीमा नदीले थुपारेका माटाको भागले बनेका मैदानहरू गङ्गा मैदानकै अंशका रूपमा रहेका छन् ।

क-महाभारत श्रेणी-

पूर्व–पश्चिम फैलिएको समुद्र सहतदेखि करिब १२,००० फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्वपूर्ण भाग हो । यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ । ठुलाठुला चार नदी कडा चट्टाने पहाड छेडेर बगेका छन् । कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ । होचो हिमालय (Lesser Himalaya) को नामले पनि यो पर्वत चिनिने गर्छ । यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुने हुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hill-Station पनि भनिन्छ । सैलुङ, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोँच आदि यहाँका प्रमुख शिखर हुन् । पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।

ग- मध्यभूमि श्रेणी-

महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठुला–ठुला टार, बेँसी र उपत्यकाहरूलाई मध्यभूमि भनिन्छ । यसअन्तर्गत काठमाडौँ, पोखरा, त्रिशूली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन् । नेपालका चमेलिया (सुदूरपश्चिम), त्रिशूली (मध्य), सुनकोशी र अरुण तथा तमोर नदीद्वारा निर्मित ठुला उपत्यका एवम् समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन् । यहाँ तुम्लिङटार (सङ्खुवासभा), रुम्जाटार (ओखलढुङ्गा), बेल्टार (उदयपुर) मङ्गलटार (काभ्रेपलाञ्चोक), खुमलटार (ललितपुर), बट्टार (नुवाकोट), सल्यानटार (धादिङ), खैरेनीटार (तनहुँ), चौरजहारीटार (रुकुम) जरायोटार (भोजपुर), खरानीटार (नुवाकोट) र पालुङटार (गोर्खा) जस्ता टार पनि छन् । मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४३,५०,३०० हेक्टर) जमिन ढाकेको छ । यहाँको जलवायु वर्षैभरि कृषिका लागि उपयुक्त छ । तापक्रम न बढी न घटी मध्यम प्रकारको छ । जनसङ्ख्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ । यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन् । मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो । कृषि, वन र बागवानीबाट यसलाई सघाउ हुने गरेको छ । मध्यपहाडमा प्रिक्याम्ब्रियन फाइलाइटस् , क्वार्टजाइटस् ‌,अभ्रख, शिष्ट र ग्रेनाइट  जस्ता विविध चट्टान पाइन्छन् । मध्यपहाडको दक्षिण किनारामा प्रायः महाभारत लेकजस्ता पर्वत छन् ।

यो भाग ऋतुक्षय भएका ग्रेनाइट, चुनढुङ्गा, डोलोमाइट, सेल, स्यान्डस्टोन, स्लेट र क्वार्टजाइटले बनेको छ । शिवालिक जस्तो भूक्षयको प्रभाव छैन । यस क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडो भिर (३५ डिग्री ढलोभन्दा बढी) र पातलो माटाले ढाकेको हुनाले खेतीका लागि उपयुक्त छैन । पहाडी प्रदे शमा किराँत (राई, लिम्बू), तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोवास गर्छन् । पहाड आफँैमा विविधतायुक्त भएकाले यहाँको घर निर्माण, लवाइखवाइ, पेसा आदिमा भिन्नता पाइन्छ । फलफूल खेती र जडीबुटीका लागि बढी उपयुक्त वातावरण पाइन्छ । पहाडका दक्षिण पाखामा बस्ती र खेती धेरै भेटिन्छन् । यस भेकमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा,  काठमाडौँ , पोखरा, जुम्ला, सल्यान, सिलगढीजस्ता साना–ठुला बस्ती छन् । पहाडी क्षेत्रको कुल बस्तीमध्ये १००० मिटरसम्मको उचाइमा १६.३७ प्रतिशत, १००१–२००० मिटरसम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथि ३००० मिटरसम्ममा १९.९९ प्रतिशत बस्तीहरू रहेको पाइन्छ । सर्वाधिक बस्तीहरू १००१–२००० मिटरसम्ममा केन्द्रित छन् । आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलतः फलफूल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो । धान, मकै, गहुँ र गेडागुडीमा यो क्षेत्र विविधतायुक्त उत्पादनशील क्षेत्र भए पनि उर्वर भूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ ।  

घ- काठमाडौँ  उपत्यका-  

काठमाडौँ , ललितपुर र भक्तपुर गरी तीन जिल्ला  काठमाडौँ  उपत्यकामा समावेश गरिएका छन् । भौगोलिक, सामाजिक सांस्कृतिक तथा प्रशासनिक दृष्टिकोणले समेत एक छुट्टै पहिचान बोकेको काठमाडौँ उपत्यका समुद्री सतहबाट करिब १३३७ मि. उचाइमा रहेको छ । वि.सं. २०७८ को जनगणनाअनुसार काठमाडौँ उपत्यकामा कुल जनसङ्ख्याको १०.३ प्रतिशत जनसङ्ख्या बसोवास रहेको छ ।

(३) तराई प्रदेश

पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भूभाग तराई प्रदेश हो । यसलाई मधेस पनि भनिन्छ । यस प्रदे शको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । तराईको सिरान भाबर र चुरे हो । उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो । यो क्षेत्र उष्ण क्षेत्र हो । यहाँको जमिन प्रायः समथल छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बाहुल्य थियो । औलो उन्मूलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो । समुद्री सतहबाट ६० देखि ६०० मिटरको उचाइमा रहेको छ । यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रअन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १८ जिल्ला पर्दछन् । वि.सं. २०७८ को जनगणनाअनुसार तराईमा ५३.६ प्रतिशत जनसङ्ख्या बसोवास गर्दछन् । तराई प्रदे शलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छ

क- मध्य तराई-

देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई मध्य तराई भनिन्छ । मिहिन पाँगो माटाले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुन्डुवा पर्वतमालाले काटेकाले खास तराईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, परासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको मध्य तराई भनिन्छ ।

ख- भाबर क्षेत्र-

मध्यतराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुद्री सतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँघुरो पेटीलाई भावर क्षेत्र भनिन्छ । १२.८ कि.मि. देखि १६ कि.मि. चौडाइ भएको भाबर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।

ग- भित्री मधेस-

चुरे र महाभारत पर्वत श्रेणीको बीचमा समुद्र सतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेस वा दून क्षेत्र भनिन्छ । ३२ देखि ६४ कि.मि. सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ । भित्री मधेसलाई चार क्षेत्रमा बाँडिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्री मधेस, मकवानपुर, चितवन र परासी (बर्दघाट सुस्ता पूर्व)लाई मध्य भित्री मधेस, दाङ देउखुरीलाई पश्चिमी भित्री मधेस र सुर्खेत उपत्यकालाई मध्यपश्चिम भित्री मधेस भनिन्छ ।

 

मनपरे सेयर गर्नुहोस्
  • Laxmi

    Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

    Related Posts

    शिक्षा नियमावली (१० औ संशोधन)

    शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

    मनपरे सेयर गर्नुहोस्

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    AI Tools का लागि 100 Best websites क) परिचय (Introduction) Best 100+ Ai Tools: आजको आधुनिक युगमा कामलाई सहज, छिटो र प्रभावकारी बनाउन Ai Tools AI (आर्टिफिसियल इन्टेलिजेन्स) टुलहरूको प्रयोग…

    मनपरे सेयर गर्नुहोस्

    You Missed

    शिक्षा नियमावली (१० औ संशोधन)

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    • By Laxmi
    • July 25, 2026
    • 0
    • 77 views
     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
    Online Entry
    कर फारामहरु
    म.ले.प. फाराहरु
    शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
    नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
    Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
    EMIS Update

    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

    • By Laxmi
    • June 23, 2026
    • 0
    • 683 views
    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
    विद्यालय  संग सम्बन्धित कानुनहरु
    Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
    7 Province, 77 Districts and 753 Local Level
    नेपालको नक्सा भर्ने ट्रिक

    LPJ Online Service

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 322 views
    LPJ Online Service
    Excel Formula

    Social Note ।। Class 10 । Part II

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 97 views
    Social Note ।। Class 10 । Part II
    सामाजिक नोट कक्षा १० । २०८३
    कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
    कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
    कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
    Governmental Websites of Nepal

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    • By Laxmi
    • April 11, 2026
    • 0
    • 423 views
    श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    • By Laxmi
    • March 30, 2026
    • 0
    • 329 views
    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 132 views
    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    सूचना

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 135 views
    सूचना
    नेपालका संविधान र कानुनहरु

    IEMIS Materials

    • By Laxmi
    • January 1, 2026
    • 0
    • 145 views
    IEMIS Materials
    हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
    ECD मुल्यांकन कसरी गर्ने ?
    प्रारम्भिक बालविकास र शिक्षा
    नेपालमा शिक्षाको इतिहास
    कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
    व्यवस्थित विद्यालय व्यवस्थापन
    भुगोल
    मदन पुरस्कार
    प्रेरक भनाइहरु
    फारामहरु
    All Subject Class 11

    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

    • By Laxmi
    • October 13, 2025
    • 0
    • 199 views
    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
    नेपालको इतिहासका प्रमुख घटनाक्रम
    स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

    रुसी क्रान्ति

    • By Laxmi
    • October 6, 2025
    • 0
    • 109 views
    रुसी क्रान्ति
    नेपालमा बनजंगल
    साधारण ब्याज
    निर्वाचन क्षेत्र
    Time and Work
    Analogy-IQ
    Number Series IQ
    Calendar-IQ

    कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)

    • By Laxmi
    • September 29, 2025
    • 0
    • 175 views
    कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)