प्रेरक भनाइहरु

प्रेरक भनाइहरु
प्रेरक भनाइहरु

  • शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ । – नेल्सन मन्डेला
  • शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो गर्नेहरुको नै भविष्य राम्रो हुन्छ । – माल्कोम एक्स
  • सिकाई र शिक्षाको लागि रुचि बनाइराख्यौं भने, तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दनैन । – एन्थोनी जे  डिएञ्जेलो
  • शिक्षाको जरा तितो हुन्छ, तर, फल सबैभन्दा मिठो हुन्छ ।- एरिसटोटल ।
  • शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो । –   जोन डिवे ।
  • मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र मा नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं उत्सुक रहन्छु । – अल्वर्ट आइन्स्टाइन् ।
  • आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ । – रविन्द्रनाथ टैगोर ।
  • जो व्यक्तिले धेरै पढ्छ, तर, आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ । – अल्वर्ट आइन्स्टाइन ।
  • जसले विद्यालय खोल्छ, उसले जेलेको ढोका बन्द गर्न मद्धत गरिरहेको हुन्छ । – भिक्टर ह्युगो ।
  • शिक्षा भनेको बाल्टिन भर्नु होइन । आगो सल्काउनु हो । – विलियम बटलर येट्स
  • असल शिक्षा , आत्मा सुन्दर बनाउने वास्तुकला हो । – विलियम वेनेट ।
  • “शिक्षा भनेको जीवनको तयारी मात्र होइन, शिक्षा नै जीवन हो।” – जोन डिवि
  • “ज्ञानमा लगानी गर्नु सबैभन्दा उत्तम ब्याज हो।” -बेंजामिन फ्रैंकलिन
  • “शिक्षा भनेको स्कूलमा सिकेका सबै कुरा बिर्सेपछि के बाँकी रहन्छ भन्ने हो।” – अल्बर्ट आइन्स्टाइन
  • “एक किताब, एक कलम, एक बच्चा, र एक शिक्षकले संसार बदल्न सक्छ।” – मलाला युसुफजई
  • “शिक्षा त्यो हतियार हो, जसले संसारलाई बदल्न सकिन्छ।” – नेल्सन मण्डेला
  • “शिक्षा भनेको स्वतन्त्रताको सुनौलो ढोका खोल्ने चाबी हो।” – जर्ज वाशिंगटन कार्वर
  • “ज्ञानको पहिलो चरण आफ्नो अज्ञानतालाई स्वीकार गर्नु हो।” – सुकरात
  • “शिक्षा मानिसलाई सोच्न सिकाउँछ, तर के सोच्ने भनेर सिकाउँदैन।” – ग्रेस होपर
  • “शिक्षा नै मानवताको सर्वश्रेष्ठ मित्र हो।” – एपिक्टेटस
  • “शिक्षा भनेको बत्तीको जस्तो हो, जसले कुनै पनि अँध्यारो हटाउँछ।” – बुद्ध
  • मलाई भन मैले विर्सनेछु, मलाई पढाउ मैले सम्झनेछु, मलाई सहभागी गराउ मैले सिक्नेछु । – सुन्जी
  • म शिक्षकलाई एउटा मैनबत्ती जस्तै मान्दछु, अरुको उज्यालोको निम्ति आफूलाई जलाइरहने । – मुस्ताफा
  • एक औसत शिक्षकले भन्दछ मात्र, राम्रो शिक्षकले वर्णन गर्दछ, उत्कृष्ट शिक्षकले प्रदशन गर्दछ र सर्वोत्कृष्ट शिक्षकले प्रेरित गर्दछ । – विलियम आर्थर वार्ड
  • शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेसालाई जन्म दिन्छ । – अज्ञात
  • शिक्षाले आत्मविश्वास जगाउदछ, आत्मविश्वासले आशा जगाउदछ र आशाले शान्ति ल्याउदछ । – कन्फ्युसियस
  • विद्यार्थीलाई सच्चाइदिनुले काम गर्ला तर उनिहरुलाई प्रोत्साहित गर्नाले धेरै काम गर्नेछ । – गोथे
  • एक महान शिक्षकले कहाँ हेर्ने भन्ने कुरा सिकाउदछन तर के देख्ने यो भने भन्दैनन् । – अलेक्जेन्डर ट्रेफोन
  • एक असल शिक्षकको प्रभाव कक्षाकोठा भन्दा पनि बाहिरसम्म हुन्छ, अझ विद्यार्थीको भविष्यसम्म । – एफ. सोइनिल जोस
  • बच्चालाई जसले जन्म दियो उसलाई भन्दा बढी जसले पढाउछ उसलाई सम्मान दिनु पर्दछ किनकि जन्म दिनेले जीवन मात्र दिन्छ तर पढाउनेले जीवन जिउने कला दिन्छ । – अरस्तु
  • शिक्षकले चक र चुनौतीको सन्तुलित मिश्रणले जीवनमा परिवर्तन ल्याउन सक्दछन । – जोयस मेयर
  • विद्यार्थीलाई कसरी सोच्ने सिकाउनु पर्छ तर के सोच्ने भन्ने होइन । – मार्गरेट मिड
  • शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेशालाई जन्म दिन्छ । – अज्ञात
  • यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर । -अज्ञात
  • ३५. त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन । -कन्फ्युसियस
  • ३६. यी छ सुख हुन्, निरोगी हुनु, ऋणि नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर हुनु ।-विदुर नीति
  • ३७. तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ ।-अज्ञात
  • ३८. क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।-श्रीमद्भागवत गीता
  • ३९. स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।-गौतमबुद्ध
  • ४०. आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् । – अज्ञात
  • ४१. ६ प्रकारका व्यक्ति सधै दु:खी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने ।- विदुर नीति
  • ४२. एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर । -चाणक्य
  • ४३. कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ । -अज्ञात
  • ४४. आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ । – अज्ञात
  • भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ । -अज्ञात
  • जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।-अज्ञात
  • जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो । -अज्ञात
  • काम (वासना), क्रोध र लोभ । यी तीन नर्कको ढोका हो ।- सन्त कवीर
  • महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज ।- स्टिभ जब्स
  • यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता । -विदुर नीति
  • जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन । -अज्ञात
  • ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ। – चाणक्य नीति
  • यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ ।- जवाहरलाल नेहरु
  • अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।-अज्ञात
  • जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।-नेपोलियन

   तलका सामग्रीहरु पनि पढ्नुहोस् ।

-नेपालको भौगोलिक परिचय
-पशुपतिनाथबारे सम्पूर्ण जानकारी
-नेपालको भौगोलिक विभाजन
-नदिको आधारमा नेपालको विभाज
-गोरखापत्र बुधबार
-गोरखापत्र बैसाख असोज २०८२
-हावापानीका आधारमा नेपालको विभाजन
-सम्पूर्ण स्थानीय तहहरु
-नेपालका निर्वाचन क्षेत्र
-नेपालमा पाइने वनस्पति
-स्थानीय समय गणना
-रुसी क्रान्ति
-नेपालमा शिक्षाको इतिहास
-नेपालको इतिहास
-कक्षा ११ सबै धारका विषयहरुकाे सूचz
-विभिन्न फारामहरु
-गृहपृष्ठ
अन्य लिंक
-पाठ्यक्रम विकास केन्द्र
-राष्ट्रिय परीक्षा बोर्ड
-IEMIS

online Entry

Online Entry

📢 वित्तीय कामको टेन्सन अब खत्तम! कागजात पठाउनुहोस्, घरै बसी...

Read More

कर फारामहरु

१. आर्थिक ऐन, २०८२ बमोजिमको सुविधा सम्बन्धी फारमहरू यो फाइलमा...

Read More
मनपरे सेयर गर्नुहोस्
  • Laxmi

    Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

    Related Posts

    शिक्षा नियमावली (१० औ संशोधन)

    शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

    मनपरे सेयर गर्नुहोस्

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    AI Tools का लागि 100 Best websites क) परिचय (Introduction) Best 100+ Ai Tools: आजको आधुनिक युगमा कामलाई सहज, छिटो र प्रभावकारी बनाउन Ai Tools AI (आर्टिफिसियल इन्टेलिजेन्स) टुलहरूको प्रयोग…

    मनपरे सेयर गर्नुहोस्

    You Missed

    शिक्षा नियमावली (१० औ संशोधन)

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    • By Laxmi
    • July 25, 2026
    • 0
    • 77 views
     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
    Online Entry
    कर फारामहरु
    म.ले.प. फाराहरु
    शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
    नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
    Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
    EMIS Update

    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

    • By Laxmi
    • June 23, 2026
    • 0
    • 685 views
    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
    विद्यालय  संग सम्बन्धित कानुनहरु
    Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
    7 Province, 77 Districts and 753 Local Level
    नेपालको नक्सा भर्ने ट्रिक

    LPJ Online Service

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 324 views
    LPJ Online Service
    Excel Formula

    Social Note ।। Class 10 । Part II

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 98 views
    Social Note ।। Class 10 । Part II
    सामाजिक नोट कक्षा १० । २०८३
    कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
    कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
    कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
    Governmental Websites of Nepal

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    • By Laxmi
    • April 11, 2026
    • 0
    • 424 views
    श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    • By Laxmi
    • March 30, 2026
    • 0
    • 329 views
    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 132 views
    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    सूचना

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 135 views
    सूचना
    नेपालका संविधान र कानुनहरु

    IEMIS Materials

    • By Laxmi
    • January 1, 2026
    • 0
    • 147 views
    IEMIS Materials
    हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
    ECD मुल्यांकन कसरी गर्ने ?
    प्रारम्भिक बालविकास र शिक्षा
    नेपालमा शिक्षाको इतिहास
    कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
    व्यवस्थित विद्यालय व्यवस्थापन
    भुगोल
    मदन पुरस्कार
    प्रेरक भनाइहरु
    फारामहरु
    All Subject Class 11

    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

    • By Laxmi
    • October 13, 2025
    • 0
    • 200 views
    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
    नेपालको इतिहासका प्रमुख घटनाक्रम
    स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

    रुसी क्रान्ति

    • By Laxmi
    • October 6, 2025
    • 0
    • 109 views
    रुसी क्रान्ति
    नेपालमा बनजंगल
    साधारण ब्याज
    निर्वाचन क्षेत्र
    Time and Work
    Analogy-IQ
    Number Series IQ
    Calendar-IQ

    कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)

    • By Laxmi
    • September 29, 2025
    • 0
    • 176 views
    कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)