ECD Curriculum
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम ।
१. परिचय
मानव विकास एक निरन्तर चलिरहने प्रक्रिया हो। सिकाइ मानव विकासको एउटा पक्ष हो । यो गर्भावस्थादेखि मृत्युपर्यन्त जारी रहन्छ । मानव जीवनको आधारशीलाका रूपमा रहेकाले प्रारम्भिक बाल्यावस्था वा बाल्यकालको विकास महत्वपूर्ण हुन्छ । त्यसैले सरकारले आफ्ना नागरिकको सर्वाङ्गीण विकासका लागि विशेष लगानी गरेको हुन्छ । यसका लागि नेपाल सरकारले पनि संविधान, ऐन कानुन, नीति र कार्यक्रमहरूमा विभिन्न व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ३९ (२) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने छ भन्ने व्यवस्थाले बालबालिकाको हकलाई सुनिश्चित गरेको छ। यसैगरी ३९(३) मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बालसहभागिताको हक हुने छ भनी बालबालिकाको विकास र सहभागिताको व्यवस्था गरिएको छ । शिक्षा (नवौं संशोधन) ऐन २०२८ ले चारवर्ष उमेर पूरा गरेका बालबालिकाहरूलाई एक वर्षको पूर्व प्राथमिक शिक्षाको परिकल्पना गरेको छ । यसै गरी सोही ऐनको दफा ११ त (१) मा “प्रारम्भिक बालविकास र शिक्षाको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने छ” भनी उल्लेख गरिएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले भने चार वर्षको उमेर पूरा भएका बालबालिकालाई एक वर्षको प्रारम्भिक बालविकासको अवसर प्रदान गरिने र चार वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई शिशु विकास केन्द्रबाट शारीरिक, मानसिक वा बौद्धिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।
विद्यालय क्षेत्र विकास योजनाले पाँच वर्षमुनिका बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, मानसिक, आध्यात्मिक तथा नैतिक क्षमताको विकासगरी प्रारम्भिक बालविकास र शिक्षालाई अधिकारमा आधारित बनाउने र विद्यालय प्रवेशको तयारी गराउने उद्देश्य तथा रणनीति लिएको छ । यसैगरी पन्ध्रौं योजनाले प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा विकास गरी यसलाई सबै बालबालिकाका लागि अनिवार्य गर्ने रणनीति तय गरेको छ। यसले कम्तीमा एक विद्यालय एक बालविकास केन्द्रको अवधारणाअन्तर्गत स्थानीय तहमार्फत बालविकास केन्द्रहरूको पुनर्वितरण गरी सङ्घीय सरकारबाट हाल दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै प्रदेश तथा स्थानीय तहबाट समेत लगानी गरी बालविकास केन्द्रको विकासका लागि लागत साझेदारी गर्ने कार्यनीति तय गरेको छ । यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रारम्भिक बालविकास र शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन स्थानीय तहबाट नै हुने व्यवस्था गरेको छ ।
ECD Curriculum
विगतमा सामुदायिक र संस्थागत विद्यालयहरू एवम् विभिन्न सङ्घसंस्थाहरूले आआफ्नो तरिकाले प्रारम्भिक बालविकास सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएकामा यसलाई नियमन र नियन्त्रण गर्न २०६२ सालमा तत्कालीन शिक्षा विभागले पाठ्यक्रमको रूपमा “प्रारम्भिक बालविकास दिग्दर्शन” र २०६८ सालमा “प्रारम्भिक बालसिकाइ तथा विकास मापदण्ड तयार गरी कार्यान्वयन गर्दै आएको थियो । शिक्षा ऐनको नवौँ संशोधनपछि प्रारम्भिक बालविकास विद्यालय शिक्षाको अङ्ग भएको हुनाले शिक्षा विभागबाट विकसित दिग्दर्शन तथा मापदण्डसमेतका आधारमा चार वर्ष (४८ महिना पूरा गरेका) उमेरसमूहका सम्पूर्ण बालबालिकाहरूका लागि विद्यालय, बालविकास केन्द्र वा निजीस्तरबाट सञ्चालित बालविकास कक्षाका लागि पाठ्यक्रम विकास केन्द्रबाट पाठ्यक्रम विकास गरिएको हो। यस पाठ्यक्रमले बालबालिकाको रुचि, क्षमता र आवश्यकता साथसाथै उनीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्नुका साथै बालबालिकाको सिकाइमा परिवार र समुदायमा रहेका र अन्य स्रोतको प्रयोग गरी प्रारम्भिक बालविकासको सुनिश्चितता गर्ने पक्षमा जोड दिएको छ । वर्तमान परिप्रेक्ष्यमा यसका लक्ष्य, सक्षमता, विकास तथा सिकाइका क्षेत्र र सिकाइ उपलब्धिहरू, सिकाइ सहजीकरण प्रक्रिया, पाठ्यक्रम कार्यान्वयनका मापदण्ड, मूल्याङ्कन प्रक्रिया र शिक्षकको भूमिकाका बारेमा यहाँ उल्लेख गरिएको छ ।
२. प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम । ECD Curriculum
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकास र बालबालिकाको सिकाइका लागि आधारशिला निर्माण गर्ने लक्ष्य निर्धारण गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले एक वर्ष अवधिको प्रारम्भिक बालविकास र शिक्षापछि कक्षा १ देखि कक्षा ८ सम्म गरी जम्मा आठ वर्षको आधारभूत शिक्षा कायम गरेको छ भने कक्षा ९ देखि १२ सम्मको चार वर्ष अवधिको शिक्षालाई माध्यमिक शिक्षा कायम गरेको छ । उक्त नीतिगत दस्तावेजका अनुसार प्रारम्भिक बालविकास र शिक्षा पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता, स्वस्थकर बानी विकास, वैयक्तिक सुरक्षाका उपायहरू अवलम्बन, सरसफाइ र सामाजिक बानी व्यवहारको अवलम्बन, सिर्जनात्मक सोच तथा भाषिक तथा सञ्चार सिपको विकास कार्यमा विशेष जोड दिएको छ। उक्त सन्दर्भसमेतका आधारमा प्रारम्भिक बालविकास र शिक्षाका लागि निम्नानुसारका सक्षमता निर्धारण गरिएका छन् :
(क) सक्षमता
१. अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग
२. पोषणयुक्त खाद्यपरिकारको पहिचान र दैनिक रूपमा उपयोग
३. स्वस्थकर बानी तथा असल सामाजिक व्यवहारको अनुसरण र आवश्यकतानुसार नमुना प्रदर्शन
४. वैयक्तिक सुरक्षाका उपाय अवलम्बन
५. दैनिक व्यवहारका कार्य सम्पादनका क्रममा विषयगत सिकाइ र सिर्जनात्मक सोचको प्रयोग
६. सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनमा आधारभूत सिपको प्रयोग
ECD Curriculum । ECD Curriculum ।
ECD Curriculum ।ECD Curriculum ECD Curriculum
थप जानकारी ।
















































