ECD मुल्यांकन कसरी गर्ने ?

ECD/PPC मुल्यांकन फारामहरु

प्रारम्भिक वाल विकास ECD मुल्याङ्कन कसरी गर्ने
थप जानकारी…।
प्रारम्भिक वाल विकास ECD मुल्याङ्कन कसरी गर्ने ?

यस प्रगति विवरणको साधनले प्रारम्भिक वालविकास तथा शिक्षा केन्द्रमा भर्ना भएका ४८ देखि ६० महिना भित्रका वालवालिकाको निरन्तर मूल्याङ्कन गर्न सहजीकरण गर्दछ । यसवाट बालवालिकाको प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (२०६९) अनुरूपको स्थितिलाई प्रस्तुत गरी प्रगतिको लागि सहयोग गर्न मदत गर्दछ। यो साधनको प्रयोग गरी वालशिक्षकले प्रत्येक बालवालिकाको प्रगति मापन गरी प्राप्त उपलन्धिह्ररुलाई तल दिइ एअनुसार ३ पटकसम्म रेकर्ड गर्नुपर्ने हुन्छ । वालविकास केन्द्र (विद्यालय) को वार्षिक क्यालेन्डर अनुसार अथवा पतिलो, दोसो र अन्तिम वैमासिकमा दिइएको सूचक मापनका आधारमा (१, २, ३, ४) प्रगतिको मापन गरी प्राप्त उपलन्धिहरुलाई पहिलो, दोसो र अन्तिम वैमासिक लेखिएको कोष्ठकमा क्रमश. रेकर्ड गर्नुपर्ने छ ।

बालशिक्षकले प्रत्येक पटक वालवालिकाहरूको प्रगति मापन गरी प्रत्येक वालवालिकाको वैयक्तिक विवरण (Portfolio) राखुपने छ र सम्बन्धित वालवालिकाको थप विकास र सिकाइका लागि बालशिक्षक र सम्बन्धित अभिभावकहरु विच छलफल तथा अन्तरकिया गर्नुपर्ने छ ।

सूचक मापनका आधारहरु

१. शारीरिक विकास : स्वूल अङ्गको विकास

वालवालिकाले शरीर सन्तुलन गरी सिधा, साँघुरो वाटो वा काठको फल्याकमा तीन मिटरसम्म हिंडून सक्छन् ।

प्रयास नै नगरेमा (१), प्रयास गरेता पनि कुनै पनि गर्न नसकेमा (२), आंशिक रूपमा गर्न सकेमा (३), पूर्ण रूपमा गर्न सकेमा (४)

२. शारीरिक विकास : सूक्ष्म अङ्गको विकास

वालवालिकाले टाँक, खिप, फस्तर लगाउन र तुना बध्न सक्छन् ।

प्रयास नै नगरेमा (१), प्रयास गरेता पनि कुनै पनि गर्न नसकेमा (२), आशिक रूपमा (कुनै दुई वा तीन) गर्न सकेमा (३), पूर्ण रूपमा गर्न सकेमा (४)

३. शारीरिक विकास : इन्द्रिय अङ्गको विकास

वालवालिकाले दुर्गन्ध र सुगन्ध (वास्ता), तातो र चिसो (स्पर्श), नजिक र टाळा (दुरी), गुलियो र नुनिलो (स्वाद), ठुलो र सानो (आवाज) पहिचान गर्न सक्छन् ।

प्रतिक्रिया नजनाएमा (9), प्रयास गरे पनि पत्निचान गर्न नसकेमा (२), आंशिक रूपमा पहिचान गर्न सकेमा (३), पूर्ण रूपमा पहिचान गर्न सकेमा (४)

४. शारीरिक विकास : स्वास्थ्य – सरसफाइ (व्यक्तिगत तथा वातावरणीय सरसफाइ)

वालवालिकाले खाना खानुअधि र खाना खाइसकेपछि हाता धुन्छन्। दैनिक दाँत माम्छन्। कपाल कोरेर आउँछन्। चर्पीको सही प्रयोग गर्दछन् । फोहोरलाई फोहोरदानी (डस्टविन) मा राख्न् ।

कुनै पनि नगरेमा (१), एक वा दुई ओटा गरेमा (२), तीनदेखि चार ओटा गरेमा (३), सबै गरेमा (४)

५. शारीरिक विकास : सुरक्षित अभ्यास (व्यवहार)

वालवालिकाले विविध किसिमका खतरा (जस्ती बिजुली, औषधी, विषादी, आगो, धारिला वस्तुलरू) बारे वताउन सक्छन् ।

कुनै पनि नबताएमा (9), एक वा दुई ओटा बताएमा (२), तीनदेखि चार ओटा बताएमा (३), सबै बताएमा (४)

६. शारीरिक विकास : पोषण

वालवालिकाको तौल र उचाइ उमेरअनुसार ठिक छ। (स्वास्थ्य सम्पर्क कार्डमा भएको तालिका अनुसार)

उमेरअनुसार तौल र उचाइ ठिक छैन (१), उमेरअनुसार उचाइ नभएको (२), उमेरअनुसार तौल नभएको (३) उमेरअनुसार तौल र उचाइ ठिक छ (४)

७. सामाजिक विकास : जीवनोपयोगी सीप

वालवालिका विभिन्न सामूहिक क्रियाकलापमा सहभागी हुनछन् । जस्तै : समूह्मा पजल मिलाउने, छलफल, अभिनय, खेल आदि ।

सहभागी हुने प्रयास नै नगरेमा (१), सह्भागी भएता पनि सक्रिय हुन नसकेमा (२), आशिक रूपमा सक्रिय भएमा (३), पूर्ण रूपमा सक्रिय सहभागी भएमा (४)

5. सामाजिक विकास : सामाजिक व्यवहार

बालबालिकाले आफनो गल्ती स्वीकार्ने र अरूको राम्रो कामको प्रशंसा गने गर्दछन् ।

प्रयास नगरेमा (१), प्रयास गरे पनि सही तरिकाले प्रकट गर्न नसकेमा (२), कहिलेकाहीं मात्र सही तरिकाले प्रकट गरेमा (३), स्वस्फूर्त रूपमा सही तरिकाले प्रकट गरेमा (४)

९. संवेगात्मक विकास : संवेग प्रकट तथा सन्तुलन

बालबालिकाले अवस्थाअनुसार विभिन्न संवेगहरू खुसी, माया, दुःख, रिस, चिन्ता, इष्या प्रकट गर्ने गर्दछन् ।

अवस्थाअनुसार प्रतिक्रिया नजनाएमा (१), प्रयास गरे पनि प्रकट गर्न नसकेमा (२), आंशिक रूपमा प्रकट गर्न सकेमा (३), पूर्ण रूपमा प्रकट गर्न सकेमा (४)

१०. संवेगात्मक विकास : संवेगात्मक सुरक्षा तथा आत्मविश्वास

बालबालिकाले आफूलाई फरक फरक अवस्थामा घुलमिल/समायोजन गरी आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्छन् ।

प्रयास नगरेमा (१), प्रयास गरे पनि अवस्थानुसार प्रकट गर्न नसकेमा (२), कहिलेकाही मात्र प्रकट गरेमा (३), स्वस्फूर्त रूपमा प्रकट गरेमा (४)

११. बौद्धिक विकास : बौद्धिक सीप तथा सिकाइ प्रक्रिया

बालबालिकाले दिनभरिका क्रियाकलाप र घटेका घटना क्रमिक रूपमा बताउन सक्छन्।

प्रयास नै नगरेमा (१), प्रयास गरेता पनि कुनै पनि बताउन नसकेमा (२), आंशिक रूपमा (एकदेखि तीन वटा) बताउन सकेमा (३), पूर्ण रूपमा (चार वा पाँच वटा) क्रमिक रूपमा बताउन सकेमा (४)

१२. बौद्धिक विकास : वर्गीकरण तथा क्रम मिलाउने

बालबालिकाले दिइएका आकार तथा वस्तुहरू विशेषताका आधारमा छुद्याउन सक्छन् । (प्राथमिक रड, ज्यामितीय आकार : वृत्त, वर्गाकार, त्रिभुज, नाप : ठुलो र सानो, लामो र छोटो)

छुद्याउन प्रयास नै नगरेमा (१), कम्तीमा एक आकार तथा वस्तु छुद्याउन सकेमा (२), कम्तीमा दुई आकार तथा वस्तु छुद्याउन सकेमा (३), सबै छुद्याउन सकेमा (४)

१३. बौद्धिक विकास : वैज्ञानिक खोज

बालबालिकाले मौसमअनुसार (घाम लागेको, बादल लागेको, पानी परेको, गर्मी, जाडो आदि) दिन कस्तो छ? चिनेर भन्न सक्छन् ।

प्रतिक्रिया नजनाएमा (१), प्रयास गरे पनि सही बताउन नसकेमा (२), आंशिक रूपमा सही बताउन सकेमा (३), पूर्ण रूपमा सही बताउन सकेमा (४)

१४. बौद्धिक विकास : दुरी तथा दिशा

बालबालिकाले माथि, तल, दायाँ, बायाँ, अगाडि र पछाडि देखाउन सक्छन् ।         

प्रतिक्रिया नजनाएमा (१), प्रयास गरे पनि सही देखाउन नसकेमा (२), आंशिक रूपमा सही देखाउन सकेमा (३), पूर्ण रूपमा सही देखाउन सकेमा (४)

१५. बौद्धिक विकास : गणित – गणितीय ज्ञान/सड्ख्या

बालबालिकाले १ देखि १० सम्म वस्तुसँग सड्ख्याको सम्बन्ध पहिचान गर्न सक्छन् ।

प्रतिक्रिया नजनाएमा (१), प्रयास गरे पनि कुनै पनि मिलाउन नसकेमा (२), आंशिक रूपमा मिलाउन सकेमा (३), पूर्ण रूपमा मिलाउन सकेमा (४)

१६. बौद्धिक विकास : सिर्जनशीलता – परिकल्पना, नाटक र अभिनय

बालबालिकाले अपूर्ण कथामा काल्पनिक घटना थपेर पूरा गर्न सक्छन् ।

प्रयास नै नगरेमा (१), प्रयास गरेता पनि थप गर्न नसकेमा (२), आंशिक रूपमा थप गरेमा (३),पूर्ण रूपमा थप गरी कथा पूरा गरेमा(४)

१७. भाषिक विकास : सञ्चार

बालबालिकाले आफनो पालो पर्खन्छन् र अरूको कुरा सुनेर चाहेको/मातृभाषामा ठिक प्रतिक्रिया दिने गर्दछन् ।

प्रतिक्रिया नजनाएमा (9), प्रयास गरे पनि सही प्रतिक्रिया नजनाएमा (२), आंशिक रूपमा सही प्रतिक्रिया जनाएमा (३), पूर्ण रूपमा सही प्रतिक्रिया जनाएमा (४)

१८. भाषिक विकास : पूर्वपढाइ

बालबालिकाले अक्षर तथा शब्दलाई चित्रसँग सम्बन्ध पहिचान गर्न सक्छन् ।

प्रयास नै नगरेमा (१), प्रयास गरे पनि कुनै पनि मिलाउन नसकेमा (२), आंशिक रूपमा मिलाउन सकेमा (३), पूर्ण रूपमा मिलाउन सकेमा (४)

१९. भाषिक विकास : पूर्वलेखन

बालबालिकाले सिधा, छड्के, अर्ध गोलाकार, गोलाकारलगायतका विभिन्न आकृतिका धर्सा र ढाँचाहरू कोर्न सक्छन् ।

प्रयास नै नगरेमा (१), प्रयास गरेता पनि सही धर्सा एवं ढाँचाहरू कोन नसकेमा (२), आंशिक रूपमा को्न सकेमा (३), पूर्ण रूपमा धर्सा एवं ढाँचाहरू कोर्न सकेमा (४)

२०. सांस्कृतिक विकास

बालबालिकाले राष्ट्रिय गान गाउन सक्छन् ।

प्रयास नै नगरेमा (१), प्रयास गरेता पनि गाउन नसकेमा (२), आंशिक रूपमा गाउन सकेमा (३), पूर्ण रूपमा गाउन सकेमा (४)

फाराम तल दिइएको छ ।

प्रारम्भिक वाल विकास ECD मुल्याङ्कन कसरी गर्ने

 


Download Forms

मुल्यांकन फाराम “क”


प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र/बालबालिकाको सिकाइ तथा विकासको प्रगति अवस्था (केन्द्र वा विद्यालयगत)

• यो फाराम सहजकर्ता/बालशिक्षकले बालबालिकाको प्रगति मापनपछि अन्तिम त्रैमासिकमा अद्यावधिक गर्नुपर्ने छ । यसमा प्रत्येक बालबालिकाको उपलब्धि एकैसाथ राखिने हुँदा, बालविकास केन्द्रको समष्टिगत अवस्था विश्लेषण गर्न सहयोग पुऱ्याउँछ ।

• सबै बालबालिकाको प्रगति विवरण राखेपछि विकास क्षेत्र (शारीरिक, सामाजिक, संवेगात्मक, बौद्धिक, भाषिक, सांस्कृतिक) अनुसार औसत निकाली औसतभन्दा कम विद्यार्थीमा बढी ध्यान दिनुपर्छ ।

· यस (अन्तिम त्रैमासिकको) फारामलाई हरेक शैक्षिक सत्रको अन्तमा सम्बन्धित गाउँपालिका/नगरपालिका/उप-महानगरपालिका/महानगरपालिकामा बुझाउनुपर्ने छ ।

प्राथमिकीकरण गरिएको न्यूनतम मापदण्ड निम्नअनुसार छ वा छैनमा भर्नुपर्छ ।

१. बालमैत्री बसाइ व्यवस्था : बालबालिकालाई भुइंको चिसो र फोहोरले असर नपर्ने गरी बसाइको लागि गुन्द्री/पि-फम/नरम चकटी/कार्पेटिङ्गसहितको फल्याक/उमेरअनुसारको टेबल कुर्सीको व्यवस्था गरिएको ।

२. योग्यता र तालिमप्राप्त बालशिक्षक : १२ कक्षा पास गरी कम्तीमा ९० घण्टाको आधारभूत व्यवहारिक तालिम लिएको  ।

३. ६ ओटा सिकाइ क्षेत्रको व्यवस्था :

कम्तीमा (क) भाषा, (ख) गणित, (ग) अभिनय/स्वावलम्बन सीप, (घ) सिर्जनात्मक, (ड) निर्माण, (च) विज्ञान क्षेत्रअनुसार सामग्री राखिएको ।

४. बालमैत्री धारा पानी : शुद्ध पिउने पानी बालबालिकाको सहज पहुँच भएको ।

५. शौचालयको व्यवस्था : शौचालयमा साबुन र पानीमा बालबालिकाको सहज पहुँच भएको ।

विद्यालय/बालविकास केन्द्रको नाम :

• बालमैत्री बसाइ व्यवस्था : छ/छैन

· ६ ओटा सिकाइ क्षेत्रको व्यवस्था : छ/छैन

बालशिक्षकको नाम :                                                                 ठेगाना :

• दक्ष बालशिक्षक : छ/छैन

· बालमैत्री धारा पानी : छ/छैन

· शौचालयको व्यवस्था : छ/छैन

प्रारम्भिक वाल विकास ECD मुल्याङ्कन कसरी गर्ने ।


Download Forms

फाराम ख

Download


प्रारम्भिक वाल विकास ECD मुल्याङ्कन कसरी गर्ने ?

तलका सामग्रीहरु पनि पढ्नुहोस् ।

    • अन्य लिंक

थप जानकारीका लागि फोन/वाटपस– 9848879264

मनपरे सेयर गर्नुहोस्

Laxmi

Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

Related Posts

शिक्षा नियमावली (१० औ संशोधन)

शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

मनपरे सेयर गर्नुहोस्

 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

AI Tools का लागि 100 Best websites क) परिचय (Introduction) Best 100+ Ai Tools: आजको आधुनिक युगमा कामलाई सहज, छिटो र प्रभावकारी बनाउन Ai Tools AI (आर्टिफिसियल इन्टेलिजेन्स) टुलहरूको प्रयोग…

मनपरे सेयर गर्नुहोस्

You Missed

शिक्षा नियमावली (१० औ संशोधन)

 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

  • By Laxmi
  • July 25, 2026
  • 0
  • 77 views
 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
Online Entry
कर फारामहरु
म.ले.प. फाराहरु
शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
EMIS Update

स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

  • By Laxmi
  • June 23, 2026
  • 0
  • 685 views
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
विद्यालय  संग सम्बन्धित कानुनहरु
Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
7 Province, 77 Districts and 753 Local Level
नेपालको नक्सा भर्ने ट्रिक

LPJ Online Service

  • By Laxmi
  • June 14, 2026
  • 0
  • 324 views
LPJ Online Service
Excel Formula

Social Note ।। Class 10 । Part II

  • By Laxmi
  • June 14, 2026
  • 0
  • 98 views
Social Note ।। Class 10 । Part II
सामाजिक नोट कक्षा १० । २०८३
कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
Governmental Websites of Nepal

श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

  • By Laxmi
  • April 11, 2026
  • 0
  • 424 views
श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

  • By Laxmi
  • March 30, 2026
  • 0
  • 329 views
श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

  • By Laxmi
  • February 26, 2026
  • 0
  • 132 views
बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

सूचना

  • By Laxmi
  • February 26, 2026
  • 0
  • 135 views
सूचना
नेपालका संविधान र कानुनहरु

IEMIS Materials

  • By Laxmi
  • January 1, 2026
  • 0
  • 147 views
IEMIS Materials
हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
ECD मुल्यांकन कसरी गर्ने ?
प्रारम्भिक बालविकास र शिक्षा
नेपालमा शिक्षाको इतिहास
कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
व्यवस्थित विद्यालय व्यवस्थापन
भुगोल
मदन पुरस्कार
प्रेरक भनाइहरु
फारामहरु
All Subject Class 11

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

  • By Laxmi
  • October 13, 2025
  • 0
  • 200 views
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
नेपालको इतिहासका प्रमुख घटनाक्रम
स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

रुसी क्रान्ति

  • By Laxmi
  • October 6, 2025
  • 0
  • 109 views
रुसी क्रान्ति
नेपालमा बनजंगल
साधारण ब्याज
निर्वाचन क्षेत्र
Time and Work
Analogy-IQ
Number Series IQ
Calendar-IQ

कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)

  • By Laxmi
  • September 29, 2025
  • 0
  • 177 views
कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)