गोरखापत्र २०८२/५/२५ गते बुधबार बिषयगत
विषयगत खण्ड
जनसम्पर्क व्यवस्थापन
१. जनसम्पर्क व्यवस्थापन भनेको के हो ? सार्वजनिक प्रशासनमा जनसम्पर्क व्यवस्थापनको महत्व उल्लेख गर्दै जनसम्पर्कलाई प्रभावकारी बनाउने उपायहरू प्रस्तुत गर्नुहोस् । सङ्गठन र यसका सरोकारवालाबिचको सम्बन्धलाई विश्वासिलो र दिगो बनाइराख्न गरिने व्यवस्थापकीय कार्यलाई समग्रमा जनसम्पर्क व्यवस्थापन भनिन्छ । सङ्गठनको प्रतिष्ठा, ख्याति र सङ्गठनप्रतिको विश्वसनीयता कायम राख्नका लागि जनसम्पर्क व्यवस्थापन आवश्यक मानिन्छ । सार्वजनिक प्रशासन सरकार र नागरिकबिचको सम्बन्ध सेतु हो । सार्वजनिक प्रशासनको मुख्य सरोकारवाला भनेका आमनागरिक हुन् । नागरिक र प्रशासनबिचको सम्बन्धलाई सुमधुर बनाई सरकारप्रति आमनागरिकको विश्वास कायम राख्न सार्वजनिक प्रशासनमा जनसम्पर्क व्यवस्थापनको महìव उच्च रहेको छ । जनसम्पर्क व्यवस्थापनको महत्व ः
– सरकारी नीति, कानुन, योजना र कार्यक्रम कार्यान्वयनको वातावरण तयार पार्न,
– प्रशासनिक कार्यका लागि अनुकूल जनमत तयार पार्न,
– प्रशासनिक कार्यसम्पादनमा नागरिकको साथ र सहयोग प्राप्त गर्न,
– कार्यालयको जिम्मेवारी र कार्यसम्पादनको विषयमा आमनागरिकलाई जानकारी गराउन,
– आमनागरिकमाझ कार्यालयको यथार्थ सूचना प्रवाह गर्न,
– सङ्गठनप्रति लाग्ने गलत आक्षेपका बारेमा सङ्गठनको धारणा स्पष्ट पार्न,
– भ्रामक सूचनाका कारण सङ्गठनमा पर्न सक्ने क्षति न्यूनीकरण गर्न,
– नागरिक पृष्ठपोषणका आधारमा सङ्गठनात्मक सुधार गर्न,
– विपत् र सङ्कटको उचित व्यवस्थापन गरी जनधनको क्षति न्यूनीकरण गर्न,
– प्रशासन र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न,
– सार्वजनिक प्रशासनको कार्यसम्पादनबारे नागरिकलाई सुसूचित बनाई सरकार र व्यवस्थाप्रतिको विश्वास आर्जन गर्न,
– जनसम्पर्कलाई प्रभावकारी बनाउने उपाय ः
– सङ्गठनको सूचना तथा सञ्चार रणनीति तयार गरी कार्यान्वयन गर्ने,
– प्रवक्ता वा मिडिया सम्पर्क व्यक्ति तोकी मिडिया सम्बन्ध व्यवस्थापनमा जोड दिने,
– सही र यथार्थ सूचना प्रवाह गर्न सूचना अधिकारीलाई कार्यालयका सूचना उपलब्ध गराउने,
– सरकारी कार्यालयबाट प्रदान गरिने सेवाको ढाँचा र सेवा प्रवाहको तरिका निर्धारण गर्न आमसरोकारवालासँग निरन्तर अन्तक्रिया गर्ने,
– सहायता कक्ष वा अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्ने कर्मचारीलाई सेवाग्राहीप्रति नम्र व्यवहार प्रदर्शन गर्न प्रेरित गर्ने, – राष्ट्रसेवकको अनुशासन र आचरणका सम्बन्धमा कार्यालय प्रमुखले निरन्तर अनुगमन गर्ने,
– आधुनिक सूचना प्रविधि र सामाजिक सञ्जालका माध्यमबाट दूरदराजमा रहने सरोकारवालासँग सम्पर्क स्थापित गरी गुनासो वा पृष्ठपोषण प्राप्त गर्ने,
– गुनासो सुन्ने अधिकारीलाई स्पष्ट कार्य विवरण, स्रोतसाधन र तालिम प्रदान गरी जिम्मेवार र जवाफदेही बनाउने,
– आमसरोकारवालाको उपस्थितिमा सङ्गठनको प्रगति समीक्षा गर्ने तथा नियमित रूपमा प्रतिवेदन सार्वजनिक गर्ने,
– सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइका माध्यमबाट सामाजिक जवाफदेहिता प्रवर्धन गर्ने ।
अन्त्यमा सार्वजनिक प्रशासनलाई जनसेवी र जनउत्तरदायी बनाउन आमदबाब बढ्दै गएको छ । लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि समेत सार्वजनिक प्रशासन आमनागरिकप्रति हार्दिक रूपमा प्रस्तुत हुनु पर्दछ । नागरिकलाई जति नम्र भएर सेवा र सूचना प्रदान गर्न सकियो, राष्ट्रसेवक त्यति नै नागरिकका प्रिय हुन सक्दछन् । सरकारी कार्यालयले जनसम्पर्क व्यवस्थापनमा पर्याप्त ध्यान दिएर नागरिकको मन र मस्तिष्कमा बस्ने गरी सेवा दिन प्रयत्नशील रहनु पर्दछ ।
२. राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्था उल्लेख गरी राजनीतिक दलले गर्न सक्ने कार्यहरू प्रस्तुत गर्नुहोस् । नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई राजनीतिक दल खोल्ने स्वतन्त्रता प्रदान गरेको छ । संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी व्यवस्था रहेको छ । संविधानमा व्यवस्था गरिए अनुसार राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था यसप्रकार छ ः
– समान राजनीतिक विचारधारा, दर्शन र कार्यव्रmममा प्रतिबद्ध व्यक्तिहरूले सङ्घीय कानुनबमोजिम राजनीतिक दल गठन गरी सञ्चालन गर्न सक्ने,
– राजनीतिक दलले आफ्नो विचारधारा, दर्शन र कार्यक्रम मप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि प्रचारप्रसार गर्ने÷गराउनेलगायतका अन्य
कार्य गर्न सक्ने,
– यसरी गठन हुने दलले कानुनबमोजिमको कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने,
– दल दर्ताको निवेदन दिँदा राजनीतिक दलको विधान र घोषणापत्रका अतिरिक्त सङ्घीय कानुनबमोजिम अन्य कागजात पेस गर्नुपर्ने,
– दल दर्ता गर्नका लागि दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने,
– दलको विधानमा दलका सङ्घीय र प्रदेश तहका पदाधिकारीको आवधिक निर्वाचनको व्यवस्था गरिनुपर्ने,
– दलका विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने,
– दलको नाम, उद्देश्य, चिह्न वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको हुन नहुने ।
राजनीतिक दलका कार्यहरू ः
राजनीतिक दलले आफ्नो सिद्धान्त, प्राथमिकता र उद्देश्य अनुसार सम्पादन गर्ने कामका सम्बन्धमा आफ्नो विधानमा उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा उल्लेख भएबमोजिम राजनीतिक दलले सामान्यतयाः देहायका कार्य गर्न/गराउन सक्दछन् ः
– प्रतिस्पर्धात्मक बहुदलीय, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणसम्बन्धी कार्य गर्ने,
– मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको नीति, योजना र कार्यक्रम जनसमक्ष ल्याउने,
– राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउँदै स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्न योगदान गर्ने,
– राजनीतिक वा नागरिक विकासको उत्प्रेरक प्रतिनिधिका रूपमा जनताको राजनीतिक सचेतना अभिवृद्धि गर्ने,
– दलीय सहमति र समन्वयको संस्कृतिको विकास गर्ने,
– नागरिकका हक, हित र सरोकार पहिचान गर्ने र त्यस्ता हकको प्रचलन, हित र सरोकारको सम्बोधन गर्न आवश्यक प्रयास गर्ने,
– सबै किसिमका सामाजिक भेदभाव, हिंसा, छुवाछुत वा विभेद अन्त्य गरी समतामूलक समाजको निर्माण गर्न योगदान पु¥याउने,
– सुशासन पाउने नागरिकको हकलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारी
वा गैरसरकारी क्षेत्रमा आवश्यक पहल गर्ने र त्यसको प्रयोजनका लागि सरकारी संयन्त्रलाई सहयोग गर्ने,
– लोकतन्त्रको प्रवर्धन, विकास वा सुदृढीकरणका लागि आवश्यक कार्य गर्ने वा गराउने,
– सामाजिक सद्भाव वा एकता अभिवृद्धि गर्ने,
– स्वयंसेवी भावनाको विकास, सार्वभौमिकताको प्रवर्धन, मानव अधिकार, सामाजिक न्याय, शान्ति र अहिंसालाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने/गराउने,
– विपत् जोखिम न्यूनीकरण शिक्षा अभियान सञ्चालन गरी पूर्वतयारी कार्यमा सहयोग पु¥याउने,
– राष्ट्रिय विपत्तिको समयमा खोज, उद्धार, सहयोग, पुनस्र्थापनालगायत अन्य आवश्यक सहयोग गर्ने,
– आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख भएका कार्यहरू गर्ने,
– निर्वाचन आयोगबाट सञ्चालित कार्यमा सहयोग पु¥याउने ।
अन्त्यमा शान्तिपूर्ण र लोकतान्त्रिक तवरले शक्ति र सत्ता हासिल गर्नका लागि आपसी प्रतिस्पर्धा गरी जनअनुमोदित हुन चाहने सङ्गठित शक्ति नै राजनीतिक दल हुन् । नेपालको संविधान र कानुनमा राजनीतिक दललाई लोकतान्त्रिक शक्तिका रूपमा चित्रण गरी दलबाट लोकतान्त्रिक व्यवहारको अपेक्षा गरिएको छ । दलहरूले जवाफदेहिता, पारदर्शिता, विधिको शासनलगायतका सुशासनका मूल्यमान्यता अनुकूल आचरण प्रदर्शन गर्दै दलभित्रको लोकतन्त्रलाई मजबुत बनाई आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा उभ्याउन सक्नु पर्दछ । यसबाट मुलकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था थप सुदृढ हुने अपेक्षा गर्न सकिन्छ ।
३. निजी वन भनेको के हो ? यसको महत्व जानकारी गराउँदै निजी वनको दर्ता र व्यवस्थापन सम्बन्धमा प्रचलित कानुनमा भएको व्यवस्था उल्लेख गर्नुहोस् ।
कुनै व्यक्ति वा संस्थाको निजी जग्गामा लगाई हुर्काइएको वा संरक्षण गरिएको वनलाई निजी वन भनिन्छ । राष्ट्रिय वनको संरक्षण र विकासका लागि निजी वन सहयोगी हुने हुँदा निजी वनलाई वन विकासको अभिन्न अङ्गका रूपमा लिइन्छ । आफ्नो जग्गा हुने र वन पैदावार उत्पादन गरी आर्थिक लाभ लिने चाहने व्यक्तिले निजी वन विकास, संरक्षण र व्यवस्थापन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिएको छ । प्रचलित कानुनी व्यवस्थाले व्यक्तिलाई निजी जग्गामा वन विकास गरी सोको व्यवस्थापनमार्फत आर्थिक उन्नति गर्न प्रोत्साहन गरेको छ । निजी वनको महìव ः
– बढ्दो जनसङ्ख्यासँगै बढ्दो वन पैदावारको माग सम्बोधन गर्न,
– राष्ट्रिय वनमा वन पैदावार मागले पार्ने चाप कम गर्न,
– वन पैदावारको बिव्रmीमार्फत व्यक्तिको आयआर्जन वृद्धि गर्न,
– औद्योगिक कच्चा पदार्थको आपूर्ति गरी वन पैदावारमा आधारित उद्योगको विकासमार्फत स्थानीय र राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न,
– पर्यावरणीय सन्तुलन कायम गर्नुका साथै जैविक विविधताको संरक्षण गर्न,
– जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण र अनुकूलनका लागि,
– कार्बन व्यापारका माध्यमबाट थप आर्थिक लाभ प्राप्त गर्न ।
निजी वन दर्ता तथा व्यवस्थापन ः
वन ऐन, २०७६ अनुसार निजी वन दर्ता तथा व्यवस्थापनसम्बन्धी प्रावधान यसप्रकार रहेको छ ः
क) निजी वन दर्ता ः
– निजी वन दर्ता गर्न चाहने व्यक्ति वा संस्थाले निजी वन दर्ताका लागि डिभिजन वन कार्यालय वा सबडिभिजन वन कार्यालयको सिफारिससहित स्थानीय तहमा निवेदन दिने,
– सो निवेदनउपर स्थानीय तहले आवश्यक जाँचबुझ गरी वन दर्ता गरी प्रमाणपत्र दिने,
– निजी वन दर्ता गरेको कुराको जानकारी स्थानीय तहले वन डिभिजन कार्यालयलाई गराउने,
– यसरी दर्ता गरेको निजी वन सरकारले राष्ट्रियकरण नगर्ने ।
ख) निजी वनको व्यवस्थापन ः
– निजी वन धनीले निजी वनको विकास, संरक्षण र व्यवस्थापन गर्न तथा वन पैदावारको उपयोग गर्न र मूल्य निर्धारण गरी बिव्रmीवितरण गर्न सक्ने,
– उपयुक्त कार्यका लागि निजी वन धनीको अनुरोध अनुसार डिभिजन वन कार्यालय वा सबडिभिजन वन कार्यालयले आवश्यक प्राविधिक वा अन्य सहयोग गर्न सक्ने,
– व्यावसायिक प्रयोजनका लागि निजी वन वा निजी आवादीमा रहेका वन पैदावारको सङ्कलन वा ओसारपसार गर्नु परेमा स्थानीय तहको स्वीकृति लिनुपर्ने,
– व्यावसायिक प्रयोजनका लागि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा वन पैदावारको सङ्कलन वा ओसारपसार गर्नु परेमा डिभिजन वन कार्यालयबाट स्वीकृति लिनुपर्ने,
– घरयासी प्रयोजनका लागि कुनै जिल्लाभित्रको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा वन पैदावार सङ्कलन वा ओसारपसार गर्नु परेमा जुन स्थानीय तहबाट सङ्कलन वा ओसारपसार हुने हो, सोबाट स्वीकृति लिने,
– घरयासी प्रयोजनका लागि एक जिल्लाबाट अर्को जिल्लामा वन पैदावार सङ्कलन वा ओसारपसार गर्नु परेमा जहाँबाट सङ्कलन वा ओसारपसार हुने हो, सो जिल्लाको डिभिजन वन कार्यालयबाट स्वीकृति लिने,
– निजी वन धनीलाई नेपाल सरकारले विभिन्न सुविधा उपलब्ध गराउन सक्ने,
– कुनै व्यक्ति, संस्था, समूह वा समुदायले नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम कृषि वन, जडीबुटी खेती तथा वन्यजन्तुपालन समेत गर्न सक्ने । अन्त्यमा नेपालमा समृद्धिका लागि वनको उपयोग गर्ने विषयले विगतदेखि नै प्राथमिकता पाउँदै आएको छ । निजी वनको विकास, संरक्षण र उचित व्यवस्थापनका माध्यमबाट समृद्धि हासिल गर्न नेपाल सरकारका नीतिहरू लक्षित छन् । निजी वन दर्ता तथा नियमनका सम्बन्धमा स्थानीय सरकारको भूमिका महìवपूर्ण रहन्छ । स्थानीय तहले आवश्यक कार्यविधिगत व्यवस्था गरी आफ्नो संस्थागत क्षमता विकासमा जोड दिनु पर्छ । निजी वनको विकास र उपयोगबाट आर्थिक लाभ लिन सक्ने विषयमा आमनागरिकलाई सुसूचित गर्नसमेत स्थानीय तह र डिभिजन वन कार्यालयले अग्रसरता लिनु पर्दछ ।
४. नेपालका तीन तहका सङ्घीय शासनव्यवस्थामा सङ्घ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्धका कुनै १० आधार प्रस्तुत गर्दै नेपालको कानुन निर्माण गर्दा सङ्घीय कानुनबाट मात्र व्यवस्थित गरिनुपर्ने विषयहरू उल्लेख गर्नुहोस् ।
सङ्घीय शासनव्यवस्थामा बहुतहका सरकारहरूबाट राज्य शक्तिको प्रयोग गरिन्छ । नेपालमा सङ्घ, प्रदेश र स्थानीय तहले संविधानबमोजिम सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रही राज्य शक्तिको अभ्यास गर्दै आएका छन् । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनमा उल्लेख भएबमोजिम तीन तहका सरकारबिचको अन्तरसम्बन्धका आधारमध्येका महìवपूर्ण १० आधार यसप्रकार छन् ः
– राष्ट्रिय हितका आधारभूत विषय,
– राष्ट्रिय गौरव र एकताको संरक्षण,
– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको पालना र कार्यान्वयन,
– मौलिक हकको कार्यान्वयन,
– राष्ट्रिय नीतिको सम्मान तथा कार्यान्वयनमा योगदान,
– भ्रष्टाचार निवारण र सुशासन प्रवर्धन,
– नागरिकलाई प्रदान गर्ने सेवाको प्रभावकारिता,
– पारस्परिक सहयोग र सहकार्य,
– प्राकृतिक, भौतिक तथा वित्तीय स्रोतको दिगो व्यवस्थापन र लाभको न्यायोचित वितरण,
– नेपाली नागरिकबीच समान व्यवहार र सुरक्षा ।
– सङ्घीय कानुनबाट मात्र व्यवस्थित गरिनुपर्ने विषय
– सङ्घको एकल अधिकारको सूचीमा परेको विषय,
– सङ्घले बनाएको नीति वा मापदण्डबमोजिम हुने विषय,
– कुनै कार्यलाई फौजदारी कसुरका रूपमा कायम गर्ने र सजायको व्यवस्था गर्ने विषय,
– विशिष्टीकृत अदालत, न्यायिक निकाय वा न्यायाधिकरणको स्थापना गर्ने वा त्यस्तो अदालत, न्यायिक निकाय, न्यायाधीकरणको क्षेत्राधिकार हेरफेर गर्ने विषय,
– अवशिष्ट अधिकारको विषय । अन्त्यमा सङ्घीय शासनव्यवस्थामा एउटै भूगोल र जनसङ्ख्याउपर फरक फरक तहका सरकारबाट शासन हुने गर्दछ । कार्य जिम्मेवारी बाँडफाँटका
क्रममा सन्निकटता, दक्षता, जवाफदेहिता, सेवा प्रवाहको प्रभावकारितालगायतका सैद्धान्तिक आधारलाई आत्मसात् गरिए तापनि कार्य जिम्मेवारीको अस्पष्टताले तहगत सरकारहरू सार्वजनिक जवाफदेहिताबाट पन्छिने जोखिम रहन सक्दछ । सार्वजनिक जवाफदेहिताबाट सरकार पन्छिने नमिल्ने हुँदा संविधान र कानुनबाट तय गरिएका तहगत अन्तरसम्बन्धका आधार अन्तर्गत रही तिनै तहका सरकार नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्नु आवश्यक देखिन्छ । प्रस्तुतकर्ता – अर्जुन शर्मा
गोरखापत्र २०८२/५/२५ गते बुधबार वस्तुगत
वस्तुगत खण्ड
गोरखापत्र २०८२/०५/२५ गते बुधबार
१. सुडानको डार्परमा एक हजार जनाभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ? – सन् २०२५ अगस्त ३१
२. नेपालमा पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण कहिले गरियो ? – विसं २०८२ भदौ ९
– सामान्यतः एउटा व्यक्तिमा तीन पटकसम्म मिर्गौला प्रत्यारोपण गर्नु जटिल र चुनौतीपूर्ण मानिए पनि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुर्लभ मानिने प्रत्यारोपण सफलतापूर्वक गरेको ।
– सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशाोर चौधरीको तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको ।
– सामान्यतः मिर्गौला प्रत्यारोपण एक पटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्ने गर्छ तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, व्रनिक अलोग्राफ्ट
नेफ्रोप्याथीलगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहेको हुन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ तर तेस्रो पटक प्रत्यारोपण
गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ मानिन्छ ।
३. जलवायु परिवर्तन र यसको प्रभावसम्बन्धी विश्व सम्मेलन (सिसिआई–२०२५) कहिले र कहाँ सम्पन्न भएको हो ? – विसं २०८२ भदौ २१–२३, काठमाडौँ
– सम्मेलनमा विश्वभरबाट २१ देशका विज्ञ, वैज्ञानिक र प्राज्ञिक व्यक्तित्व गरी दुई सय प्रतिनिधिको सहभागिता रहेको । – सम्मेलनमा नौ प्रमुख विषयवस्तु र ७० भन्दा बढी
उपविषयमा छलफल केन्द्रित भएको । जसमा जलवायु विज्ञान, स्मार्ट कृषि, जैविक विविधता, विश्व तापव्रmम वृद्धि, कार्बन उत्सर्जन, सामाजिक आर्थिक सहनशीलता,एआई उपकरणद्वारा जलवायु पूर्वानुमान, प्राकृतिक स्रोत व्यवस्थापन, विपत् जोखिम न्यूनीकरण तथा नीतिगत संरचना समेटिएका ।
४. आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ? -सन् २०२१ जनवरी २२ संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको ।
नेपालका तर्फबाट सन् २०१७ मा आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धिउपर समर्थन जनाउँदै हस्ताक्षर भएको ।
५. आइयुसियनद्वारा रातो सूचीमा राखिएको तारे कछुवा (इन्डियन स्टार टर्ट्वाइज) नेपालमा पहिलो पटिक कहिले फेला परेको हो ? – विसं २०८२ भदौ ३
– कैलालीको जानकी गाउँपालिका–६ स्थित कर्णाली तटीय क्षेत्रमा रहेको वनक्षेत्रमा सो कछुवा फेला परेको ।
– संवेदनशील अवस्थाको तारे कछुवालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसियन) ले सन् २०१६ देखि रातो सूचीमा राखेको ।
– यो कछुवा नेपालका लागि नयाँ प्रजाति रहेको ।
६. अफगानिस्तानमा आठ सयभन्दा बढी मानिसको ज्यान जाने गरी शक्तिशाली भूकम्प कहिले गएको हो ?
– सन् २०२५ अगस्त ३१
– सो भूकम्पमा परी २५ सयभन्दा बढी मानिस घाइते भएका ।
– भूकम्पको केन्द्रविन्दु देशको पाँचौँ ठुलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा र जमिनभन्दा आठ किलोमिटर तल रहेको ।
– यस अघि सन् २०२२ मा अफगानिस्तानमा गएको भूकम्पमा एक हजार मानिसको ज्यान गएको थियो ।
७. सरकारले एक दशकपश्चात् पर्वतारोहणमा नयाँ शुल्कको व्यवस्था कहिलेदेखि गरेको हो ? – विसं २०८२ भदौ १६
– सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको ।
– सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको ।
– बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर बुझाउनुपर्ने छ । हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो ।
– त्यस्तै सगरमाथाको दक्षिणपूर्वी मार्गबाहेक अन्यतिरबाट आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा पाँच हजार डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच
सय डलर बुझाउनुपर्ने छ । – नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त
ऋतुमा एक लाख ५० हजार रुपियाँ, शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ ।
– सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको ।
८. सङ्घीय निजामती सेवा विधेयक–२०८० राष्ट्रिय सभाबाट कहिले पारित भएको हो ? – विसं २०८२ भदौ १७
– राष्ट्रिय सभाबाट पारित विधेयकमा अवकाशलगत्तैको नियुक्तिका लागि दुईबर्से विश्राम अवधि (कुलिङ पिरियड) कायम हुने गरी राष्ट्रिय सभाले प्रतिवेदन पास गरेको ।
– अतिरिक्त सचिव (१३ औँ तह) राख्नेसम्बन्धी व्यवस्थालाई राष्ट्रिय सभाले हटाएको ।
– नासु (सहायक पाँचौँ) र सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) मा खुला र अन्तरतह प्रतियोगिताद्वारा १०/१० प्रतिशत पदपूर्ति हुने प्रबन्ध गरिएको । अब नासु र सहसचिवमा
खुलाबाट १०, अन्तरतह प्रतियोगिताबाट १० र बढुवाबाट ८० प्रतिशत पदपूर्ति हुने गरी व्यवस्था राष्ट्रिय सभाको प्रतिवेदनमा गरिएको ।
९. सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन कहिलेदेखि भएको हो ? – विसं २०८२ भदौ १६
– आयोजनाले भदौ अन्तिम सातादेखि व्यावसायिक उत्पादन गर्ने उल्लेख गरेको ।
– आयोजना निर्माण सुरु भएको १४ वर्षपछि उत्पादन हुन थालेको ।
– १२ अर्ब ३३ करोड लागत अनुमान गरिएकोमा समयमा आयोजना सम्पन्न हुन नसक्दा २२ अर्ब लागत पुगेको आयोजनाले जनाएको ।
१०. ‘कल्प’ महाकाव्यका सर्जक को हुन् ? – डा. नवराज लम्साल (विसं २०८२ भाद्र २० मा विमोचित)
११. मुस्ताङको कोरला नाका व्यावसायिक रूपमा पहिलो पटक कहिलेदेखि सञ्चालनमा आएको हो ? – विसं २०८२ भदौ २३
– यसअघि सिजनल रूपमा मुस्ताङका स्थानीयवासीलाई लक्षित गर्दै उक्त नाका सञ्चालन हुने गरेको थियो ।
१२. सगरमाथा वृक्षरोपण महाअभियान कहिलेदेखि सुरु भएको हो ? – विसं २०८२ असार १४ (राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा)
– महाअभियानका व्रmममा हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने ।
– सरकारले आगामी वर्षदेखि एकमहिने वृक्षरोपण अभियान चलाउने निर्णय गरेको ।
– यस अभियानले कार्बन उत्सर्जन कम गर्ने, हिमालय र जैविक विविधताको संरक्षण गर्ने लक्ष्य राखेको ।
– यस अभियानमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहभागिता रहने र यसलाई राष्ट्रिय पर्वका रूपमा मनाइने भएको ।
१३. संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय धान वर्षका रूपमा मनाइएको हो ? – सन् २००४
१४. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान कति रहेको छ ?– २५.१६ प्रतिशत
– उद्योग क्षेत्रको योगदानः १२.८३ प्रतिशत
– सेवा क्षेत्रको योगदानः ६२.०१ प्रतिशत
१५. धिमाल युवा प्रतिभा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?– डा. सजना धिमाल
– उनी धिमाल समुदायबाट पहिलो चिकित्सक बन्न सफल भएकी ।
– हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनका अवसरमा यो पुुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको ।
१६. आर्थिक सर्वेक्षण २०८१÷८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ ? – १११ (प्रतिव्यक्ति वनक्षेत्रः ०.२ हेक्टर)
१७. ३५ औँ नेटो सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? – सन् २०२५ जुन २४–२५, नेदरल्यान्डको हेग
– ३४ औँ सम्मेलन ः सन् २०२४ जुलाई ९–११, अमेरिका – नेटोमा हाल ३२ सदस्य राष्ट्र रहेका ।
– ३२ औँ सदस्य राष्ट्र ः स्विडेन (सन् २०२४ मार्च ७)
१८. धनकुटा रत्न पुरस्कार २०८२ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
– झमककुमारी घिमिरे
– जीवन काँडा कि फूल, मान्छेभित्रका योद्धाहरू, सङ्कल्प, आफ्नै चिता अग्नि शिखातिरलगायत कृतिको स्रष्टा घिमिरे मदन पुरस्कारबाट समेत सम्मानित भएकी ।
१९. हाल नेपालमा चरा प्रजातिको सङ्ख्या कति रहेको छ ? – ९०२
– ९०२ औँ चरा ः साइबेरियाली राजपुत्रिका (साइबेरियन स्यान्ड प्लोभर)
– ९०१ औँ चरा ः मालाबार ह्विसलिङ थ्रस
– ९०० औँ चरा ः छोटो पुच्छ«े समुद्री (सर्ट टेल्ड सियरवाटर)
२०. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको ३० औँ सम्मेलन (कोप–३०) कहिले र कहाँ हुने भएको छ ? – सन् २०२५ नोभेम्बर १०–२१, बेलेम, ब्राजिल
२१. कुन अवधिमा जन्मिएको पुस्तालाई जेनजी भनी चिनिन्छ ? – सन् १९९७–२०१२
– सन् १९९७ देखि २०१२ सम्मको अवधिमा जन्मिएका मानिसलाई ‘जेनरेसन जेड’ अर्थात् ‘जेनजी’ भनेर चिनिने ।
– यो डिजिटल युगको पुस्ता हो । सिकाइ, काम गर्ने तरिका र सोच्ने शैलीमा यिनीहरू स्वतन्त्र र प्रयोगशील देखिन्छन् । यो पुस्ताको व्यक्तिमा ग्लोबल दृष्टि र स्थानीय पहिचान
दुवैलाई सँगै बोकेको पाइन्छ ।
२२. दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?– विसं २०८२ भदौ २१, ललितपुर
– ‘एआई एन्ड डेभलपमेन्ट: ब्रिजिङ दी ग्याप, बिल्डिङ दी अपच्र्युनिटिज’ नाराका साथ सम्पन्न भएको हो ।
प्रस्तुतकर्ता: टङ्क केसी
गोरखापत्र २०८२/०६/०१ गते बुधबार बस्तुगत
१. नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल व्यक्तित्व को हुनुहुन्छ ?
सुशीला कार्की
-विसं २०८२ भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको ।
– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा ६१ (४) को आधारमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको ।
– जेनजी आन्दोलनकारीको रोजाइमा परेर देशको पहिलो महिला सरकार प्रमुख बन्नुभएको नवनियुक्त प्रधानमन्त्री कार्कीको प्रमुख कार्यभार छ, महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको ।
– कार्कीले विसं २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म नेपालको पहिलो महिला प्रधान न्यायाधीशको रूपमा कार्यभार समाल्नुभएको थियो । प्रधान न्यायाधीशबाट अवकाश भएको करिब आठ वर्षपछि उहाँले कार्यपालिकाको नेतृत्व गर्ने नेपालको पहिलो महिला सरकार प्रमुखको इतिहास रच्नुभएको ।
– कार्कीले आफ्नो इमानदार छवि र दृढ निर्णयका कारण न्यायालयमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको । लोकमानसिंह कार्की प्रकरण, सुडान घोटाला, दाइजोसम्बन्धी मुद्दा, बैङ्क अनियमितता जस्ता चर्चित मुद्दाको फैसलामा उहाँले महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको ।
– प्रधानन्यायाधीशको कार्यकाल सकिन करिब ४० दिन बाँकी रहँदा उहाँलाई महाभियोग लगाइएको थियो । व्यापक विरोधपश्चात् सो प्रस्ताव फिर्ता भएको थियो । सर्वोच्च अदालतले पछि त्यसलाई राजनीतिक प्रतिशोध भनेको थियो ।
– उहाँलाई निर्भीक, इमानदार र न्यायप्रति समर्पित न्यायाधीशका रूपमा चिन्ने गरिन्छ ।
– विराटनगर (मोरङ) मा विसं २००९ जेठ २५ गते जन्मनुभएको कार्कीले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गर्नुभएको ।
२. नेपालको इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता बन्न सफल व्यक्तित्व को हुनुहुन्छ ?
-सविता भण्डारी – विसं २०८२ भदौ २९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरिएको ।
– प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको ।
– न्यायिक वृत्तमा सबैले गुरु मान्ने कृष्णप्रसाद भण्डारीको छोरी सविता राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त पनि हुनुहुन्छ ।
– पहिलो महान्यायाधिवक्ता ः कालीप्रसाद उपाध्याय
३. नेपालमा भ्रष्टाचारको विरोध एवं सामाजिक सञ्जालमाथि प्रतिबन्धको विषयमा केन्द्रित रही जेनजी पुस्ताको आन्दोलन कहिले सञ्चालन भएको हो ?
– विसं २०८२ भदौ २३–२४ – डिजिटल प्रविधि र सामाजिक सञ्जालमा सशक्त बनेको जेनजी पुस्ता आफ्ना मागहरू उठान गर्दै सशक्त रूपमा आन्दोलनमा उत्रिएको ।
– जेनजी पुस्ताको पहलमा अघि बढेको सो आन्दोलनमा विद्यार्थी, युवा, उद्यमी, श्रमिक र प्रवासी आवाजलाई एउटै उद्देश्यमा बाँध्दै विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता रहेको ।
– राज्यसत्ता, राजनीतिक नेतृत्व र प्रशासनलाई जवाफदेही बनाउन उठाइएका सवालहरूले तत्कालीन समस्या मात्र नभई दीर्घकालीन न्याय, समानता र पारदर्शी शासन प्रणालीको आधार तयार गर्न दिशा देखाउने विश्वास जेनजी पुस्ताको रहेको । चर्चित शब्द: नेपोबेबिज (अवसर, जागिर, छात्रवृत्ति वा सुविधा पाउन पहुँच र नातावादलाई आधार बनाउने प्रवृत्ति) । मुख्य नारा: इनफ इज इनफ, वेक अप जेन–जी, युथ अगेन्स्ट करप्सन
प्रमुख घटनाक्रम – आन्दोलनको सुरुवातः २०८२ भदौ २३
– गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा ः २०८२ भदौ २३
– सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध फुकुवा ः २०८२ भदौ २३
– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा ः २०८२ भदौ २४
– प्रधान सेनापति अशोकराज सिग्देलद्वारा राज्यको नाममा सम्बोधन ः २०८२ भदौ २४
– सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन, संसद् विघटन ः २०८२ भदौ २७ आन्दोलनको प्रभाव
– ७२ भन्दा बढीको मृत्यु, सयौँ घाइते ।
– संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत जस्ता महìवपूर्ण सरकारी भवनमा आगजनी ।
– राष्ट्रपति भवन, विभिन्न मन्त्रालय र नेताहरूको निवासमा ठुलो क्षति ।
४. विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो ?
– अल्बानिया
– नियुक्ति मिति: सन् २०२५ सेप्टेम्बर ११
– नाम : डिएला – उद्देश्य : भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन व्यवस्था प्रवर्धन
– अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो मन्त्रीपरिषद्मा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरेका छन् । यो ऐतिहासिक जिम्मेवारी डिएलाले पाएकी हुन् ।
– प्रधानमन्त्रीका अनुसार डिएलाले सार्वजनिक कोष, सरकारी परियोजना र ठेक्का टेन्डरहरूलाई कडाइका साथ अनुगमन गर्नेछिन् । डिएलाको सव्रिmयताले मुलुकमा ठेक्का टेन्डरहरू शतप्रतिशत पारदर्शी र भ्रष्टाचारमुक्त हुने विश्वास गरिएको ।
५. नेपालमा राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ ?
-भदौ २९ – विसं २०८२ (६१ औँ) बाल दिवसको नारा : ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’
– विसं २०६३ देखि नेपालले संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको दिन २०४७ भदौ २९ को सम्झनामा हरेक वर्ष यो दिवस मनाउन थालिएको ।
६. जेनजी पुस्ताको आन्दोलनपश्चात् गठित अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन कहिले गर्ने घोषणा गरेको छ ? – विसं २०८२ फागुन २१
७. युनेस्कोद्वारा वास्तुकलाको राजधानीका रूपमा घोषणा गरिएको सहर कुन हो ? -रियो दी जेनेरियो (ब्राजिल)
८. वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ? – शुक्र
९. अफ्रिका महाद्वीपकै ठुलो जलविद्युत् आयोजना कुन हो ? – ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (गर्ड), ब्लु नाइल नदी, इथियोपिया
– उद्घाटन : सन् २०२५ सेप्टेम्बर ९
– उत्पादन क्षमता : ५,१५० मेगावाट
– निर्माण सुरु : सन् २०११
– कुल लागत : पाँच अर्ब अमेरिकी डलर
– यो आयोजना अन्तर्गत सन् २०२२ मा पहिलो टर्बाइनबाट विद्युत् उत्पादन सुरु भई क्रमशः सन् २०२५ सेप्टेम्बर ९ मा यसले अधिकतम ५,१५० मेगावाट उत्पादन पुर्याएको ।
१०. नेपालले विश्व स्वास्थ्य सङ्घ (डब्लुएचओ) को सदस्यता कहिले प्राप्त गरेको हो ?
-सन् १९५३ सेप्टेम्बर २
११. मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?
– विसं २०८२ जेठ २३–२४, विराटनगर
– सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको ।
१२. प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ? – सोलुखुम्बु
१३. सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?
– राष्ट्रिय योजना आयोग (२०८२ कात्तिकभित्र स्थापना निर्णय भएको)
– २०८२ जेठ ५ गते बसेको मन्त्रीपरिषद् बैठकले यो कार्ययोजना स्वीकृत गरेको ।
१४. म्युजिक खबर दीर्घ साधना सम्मान २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
-गीतकार यादव खरेल
१५. जितिया पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?
– तराई क्षेत्र
– आफ्ना सन्तानका लागि निराहार व्रत बसेर सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै यो पर्व असोज कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म मनाउने गरिन्छ ।
– तराईका जिल्लामा थारू तथा मैथिली महिलाले विशेष महìवका साथ मनाउने जितिया पर्वमा जितवाहन भगवानको पूजा आराधनासहित कठोर व्रत बस्ने चलन रहेको छ ।
१६. बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?
– सन् २०२१ सेप्टेम्बर ७
१७. युरोपेली मुलुक फ्रान्सको प्रधानमन्त्रीमा हालै कसलाई चयन गरियो ?
– सेबास्टियन लेकोर्नु
– फ्रास्वाँ बायरोले विश्वासको मत गुमाएर राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोले आफ्ना रक्षामन्त्री र निकट सहयोगी सेबास्टियन लेकोर्नुलाई नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका ।
– दुई वर्षभित्र बनेका पाँचौँ प्रधानमन्त्री लेकोर्नुका सामु अब देशमा गहिरिँदै गएको राजनीतिक सङ्कट समाधान गर्नुपर्ने चुनौती रहेको ।
– युरोपेली सङ्घको दोस्रो ठुलो अर्थतन्त्र फ्रान्स अस्थिरताको सँघारमा उभिएको ।
१८. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ? -विसं २०७८ असोज १२
१९. अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ?
-सेप्टेम्बर १६
– सन् २०२५ को नारा : ‘फ्रम साइन्स टु ग्लोबल एक्सन’ अर्थात् ‘विज्ञानबाट विश्वव्यापी कार्यसम्म’
– यो अभियानले वैज्ञानिक निष्कर्षलाई नीतिगत उपायहरू र अन्तर्राष्ट्रिय सहयोगमा कसरी रूपान्तरण हुन्छ भन्ने कुरा देखाउँछ, जसले वातावरणीय चुनौतीलाई सम्बोधन गर्न एकताबद्ध प्रयासको शक्ति प्रकट गर्छ ।
प्रस्तुतकर्ताः- टङ्क केसी
जेनजी आन्दोलनमा साहात प्राप्त सहिदअरुलाइ २०८२ भदौ ३१ गते राजकिय सम्मानका साथ पशुपति आर्यघाटमा सामुहिक अन्त्यस्टि र २०८२ असोज १ गते शोक विदा दिने निर्ण गरिएको – थप -लक्ष्मीप्रसाद जोशी
गोरखापत्र २०८२/०६/ १ गते बुधबार विषयगत
१. अभिलेख भनेको के हो ? सरकारका महत्वपूर्ण अभिलेखको संरक्षण गर्न राष्ट्रिय अभिलेखालयले सम्पादन गर्ने कार्यहरू उल्लेख गर्नुहोस् । साथै राष्ट्रिय महत्वका अभिलेखहरूको सूचीसमेत पेस गर्नुहोस् ।
भविष्यमा उपयोग गर्ने वा प्रमाणको रूपमा पेस गर्ने गरी संरक्षण गरिएका कागजपत्र, नक्सा, चित्र, ध्वनि, सङ्केत, श्रव्य वा दृश्य सामग्री वा अन्य यस्तै प्रकारका सूचनामूलक सामाग्रीहरू नै अभिलेख हुन् । मुलुकको इतिहास, भूगोल, जनसङ्ख्या, संस्कृति, अनुसन्धानलगायतका विविध क्षेत्रसँग सम्बन्धित अभिलेख राष्ट्रिय हितका लागि संरक्षण गरी राख्नुपर्ने हुन्छ । त्यसबाहेक कार्यालय तहमा सिर्जना हुने अभिलेख भविष्यमा कार्यसम्पादनको महत्वपूर्ण आधार हुन सक्ने भएकोले संरक्षण गरी राख्ने गरिन्छ । कहिल्यै धुल्याउन नमिल्ने प्रकृतिका अभिलेख दीर्घकालसम्म सुरक्षित गरी राख्नुपर्ने हुन्छ । यस्ता महìवपूर्ण अभिलेखलाई नवीन प्रविधिको प्रयोगमार्फत सजिलै नष्ट हुन नसक्ने र दीर्घकालसम्म प्रयोग गर्न मिल्ने गरी व्यवस्थित गरी राख्ने गरिन्छ ।
सरकारी अभिलेखको संरक्षण गर्न राष्ट्रिय अभिलेखालयले सम्पादन गर्ने कार्य :
– विभिन्न निकायबाट प्राप्त कागजात दर्ता गर्ने,
– अभिलेख व्यवस्थित एवं सुरक्षित तरिकाले राख्ने,
– अभिलेख वर्गीकरण गरी सूची तयार पार्ने,
– आवश्यकता अनुसार अभिलेख छपाउने वा प्रतिलिपि निकाल्ने,
– कुनै व्यक्तिलाई अभिलेख हेर्न वा सार्न दिने वा प्रतिलिपि दिने सम्बन्धमा आवश्यक व्यवस्था गर्ने,
– राष्ट्रिय महत्वका अभिलेखको सर्वेक्षण, खोज, सङ्कलन, संरक्षण र संवर्धन गर्ने,
– ऐतिहासिक तथा राष्ट्रिय महत्वका कागजात उपहार, खरिद, लिज वा अन्य माध्यमबाट सङ्कलन वा प्राप्त गर्ने,
– कार्यालयमा रहेका कागजातको संरक्षण तथा व्यवस्थापनसम्बन्धी कार्यको सुपरीवेक्षण गर्ने,
– विभिन्न निकायले राख्ने अभिलेख तथा कागजातको संरक्षण र व्यवस्थापन सम्बन्धमा सहयोग वा परामर्श प्रदान गर्ने,
– अभिलेखको माइक्र फिल्म बनाउने र डिजिटाइज्ड गर्ने,
– विपत्बाट हानी नोक्सानी हुन नपाउने गरी अभिलेख सुरक्षित गर्ने,
– अभिलेख प्रकाशन गर्न माग गरेमा सर्त तोकी प्रकाशन गर्न स्वीकृति दिने,
– अभिलेख सङ्कलन तथा सर्वेक्षण गर्ने सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने,
– अभिलेख व्यवस्थापनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेस गर्ने,
राष्ट्रिय महत्वका अभिलेखको सूची : अभिलेख संरक्षण ऐनमा व्यवस्था गरिएबमोजिम राष्ट्रिय महत्वका अभिलेखको सूची यस प्रकार रहेको छ :
– लालमोहर लागेको कागजात,
– तत्काल कायम रहेको राष्ट्रप्रमुखको हैसियतमा काम गर्ने पदाधिकारीबाट हस्ताक्षर भएको कागजात,
– नेपालको राजनीतिक परिवर्तनसम्बन्धी भए, गरेका निर्णय, सम्झौता आदिका सक्कल प्रति,
– नेपालको संविधान र संविधान निर्माणसम्बन्धी दस्ताबेजका सक्कल प्रति,
– सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरण भएका विधेयकका सक्कल प्रति,
– नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयको मूल प्रति,
– विदेशी राष्ट्र, अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा अन्य विदेशी सङ्घ, संस्थासँगको भएको सन्धि, सम्झौता र तत्सम्बन्धी लेखापढी भएका महìवपूर्ण कागजात,
– नेपालको समय
–समयको नक्सा,
– देशको सिमानासम्बन्धी लेखापढी भएको नक्सा,
– नेपाल र विदेशी राष्ट्रका प्रतिनिधिको संयुक्त विज्ञप्ति,सम्बन्धित मन्त्रालयमा रहने मन्त्रीपरिषद्को निर्णयको मूल प्रति,
– देशको शान्ति सुरक्षासम्बन्धी महत्वपूर्ण कागजात,
– अमुद्रित ऐन, सवाल, सनद, खड्ग निसाना,
– चल वा अचल सम्पत्तिका हकदैया दर्शाउने कागजात,
– सङ्घीय संसद्का सदस्यको वैयक्तिक विवरण,
– नापी नक्साको कागजात,
– कर्मचारीको सिटरोल,
– नेपाल सरकार वादी वा प्रतिवादी भएको वा नेपाल सरकारलाई सरोकार भएको मुद्दामा अधिकारप्राप्त अड्डा वा अदालतबाट भएको अन्तिम फैसला वा आदेश,
– नागरिकता वा नागरिकहरूको मुद्दासम्बन्धी विषयमा विदेशी राष्ट्रसँग भएको लेखापढीका कागजात,
– विभिन्न आयोगका प्रतिवेदन,
– देशको ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिक महत्वका हस्तलिखित ग्रन्थ तथा अभिलेख,
– नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेका कागजातहरू,
– कार्यालय प्रमुखले उचित ठानेका विषयहरू ।
– अन्त्यमा राष्ट्रिय महत्वका अभिलेखहरू नेपाल र नेपाली जनताका साझा सम्पत्ति हुन् । यिनीहरू राष्ट्रिय हितसँग समेत जोडिएका हुन्छन् । यस्ता अभिलेखहरूमा क्षति पुगेमा वा अभिलेखहरू नष्ट भएमा मुलुकलाई अपूरणीय क्षति पुग्न सक्छ ।
– यी अभिलेखको सुरक्षामा सरकार र नागरिक दुवैले ध्यान दिनु पर्छ । राष्ट्रिय महत्वका अभिलेखहरूको सर्वेक्षण, सङ्कलन तथा सुरक्षाको उचित प्रबन्ध गर्न राष्ट्रिय अभिलेखालयको क्षमता विकास गर्नुका साथै यस्ता अभिलेखको महत्वको बारेमा आमनागरिकलाई सुसूचित गर्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने देखिन्छ ।
२. न्यायिक समितिबाट निरूपण हुने कुनै १० वटा विवादका विषयहरू उल्लेख गर्दै न्यायिक समितिले यी र यस्ता विषयमा न्यायिक क्षेत्राधिकारको प्रयोग गर्दा दिन सक्ने अन्तरिम संरक्षणात्मक आदेशका सम्बन्धमा चर्चा गर्नुहोस् ।
नेपालको संविधानले प्रत्येक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । गाउँपालिकाको उपाध्यक्ष वा नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा तत् तत् तहको सभाले निर्वाचित गरेका दुई जना सदस्य रहने गरी तीन सदस्यीय न्यायिक समिति रहने कुरा संविधानमा उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय कानुनबमोजिम न्यायिक समितिको क्षेत्राधिकार र न्यायसम्पादन प्रव्रिmया व्यवस्थित गरिएको छ । न्यायिक समितिले आफ्नो क्षेत्राधिकार अन्तर्गतका विवादहरू निरूपण गर्दा नाबालक, अशक्त र असहायहरूको हक हितको संरक्षण गर्नका लागि आवश्यकता अनुसार अन्तरिम संरक्षणात्मक आदेश दिन सक्छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ मा उल्लेख भएबमोजिम न्यायिक समितिबाट निरूपण हुने विवादमध्ये कुनै दश विवादका विषय यस प्रकार छन् :
– आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोग,
– अर्काको बाली नोक्सान गरेको,
– ज्याला मजुरी नदिएको,
– घरपालुवा पशुपन्छी हराएको वा पाएको,
– ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको,
– नाबालक छोराछोरी वा पतिपत्नीलाई इज्जत आमद अनुसार खान लाउन तथा शिक्षा दीक्षा नदिएको,
– अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,
– आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झरेको,
– सँधियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानुनबमोजिम छाड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएको,
– सङ्घीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद ।
अन्तरिम संरक्षणात्मक आदेशसम्बन्धी व्यवस्था : पतिपत्नीबिचको विवाद वा ज्येष्ठ नागरिकको संरक्षणसम्बन्धी विवादमा पीडित, निजको नाबालक सन्तान वा निजसँग आश्रित अन्य कुनै व्यक्तिको हितका लागि न्यायिक समितिले देहायको अन्तरिम संरक्षणात्मक आदेश दिन सक्छ :
– पीडितलाई निज बसी आएको घरमा बसोबास गर्न दिन, खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न,
– पीडितलाई शारीरिक वा मानसिक चोट पुगेको भएमा उपचार गराउन,
– पीडितलाई अलग रूपमा बसोबासको प्रबन्ध गर्नुपर्ने देखिएमा सोको व्यवस्था गर्न र त्यसरी अलग बस्दा निजको भरणपोषणका लागि उचित व्यवस्था गर्न,
– पीडितलाई गालीगलौज गर्ने, धम्की दिने वा असभ्य व्यवहार गर्ने कार्य नगर्न, नगराउन,
– पीडितको हित र सुरक्षाका लागि अन्य आवश्यक र उपयुक्त कुरा गर्न वा गराउन ।
– अन्त्यमा स्थानीयस्तरमा विवाद निरूपण गरी विवादित पक्षहरूलाई न्यायको अनुभूति गराउन न्यायिक समितिहरूको भूमिका महत्वपूर्ण रहन्छ । स साना प्रकृतिका विवादलाई स्थानीय तहमार्फत द्रुत निरूपण गरी विवादका पक्षहरूको समय र लागत बचत गर्नुका साथै विवादका पक्षहरूलाई मेलमिलापका लागि प्रेरित गरी जित जितको अवस्था सिर्जना गर्न न्यायिक समितिले गरेको योगदान उच्च रहेको छ । स्थानीय स्तरमा न्यायसम्पादनलाई प्रभावकारी बनाउनका लागि न्यायिक समिति र यसको क्षेत्राधिकारको बारेमा प्रचारप्रसार गर्नुका साथै न्यायिक समिति र सम्बद्ध कर्मचारीको क्षमता विकास गर्नुपर्ने देखिन्छ ।
३. नेपालको संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बालबालिकासम्बन्धी हकको बारेमा लेख्नुहोस् ।
नेपालको संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बालबालिकाको हकलाई देहायबमोजिम उल्लेख गरिएको छ ः
– प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुने,
– प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने,
– प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुने,
– कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने,
– कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने,
– कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना गर्न वा प्रयोग गर्न नपाइने,
– बालबालिकालाई सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा गर्न नपाइने,
– बालबालिकालाई शारीरिक, मानसिक वा यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने,
– कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमले यातना दिने नपाइने,
– प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुने,
– असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने,
– बाल संरक्षणको मान्यताविपरीतका कार्यहरू कानुनबमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने । अन्त्यमा संविधानमा उल्लेख गर्दैमा मौलिक हकहरू स्वतः प्राप्त हुँदैनन् । ती हकहरूको प्रचलनका लागि आवश्यकता अनुसार कानुन निर्माण, कार्यान्वयन संरचनाको प्रबन्ध, स्रोत साधन र कार्यक्रमको पर्याप्त प्रबन्ध गरिएको हुनु पर्छ । बालबालिकाको हकको प्रचलनको लागि तिनै तहको सरकार र अन्य सरोकारवाला निकायले सहकार्य र समन्वय गर्नु पर्छ ।
४. समावेशीकरण भनेको के हो ? समावेशीकरणका अन्तरवस्तु माथि प्रकाश पार्दै यसको आवश्यकताबारे आफ्नो धारणा राख्नुहोस् । साथै समावेशीकरणका माध्यमसमेत उल्लेख गर्नुहोस् ।
विभेद, बहिस्करण र वञ्चितीकरणमा परेका वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरूलाई राज्यको मूल धारमा समावेश गराउने प्रक्रियालाई समावेशीकरण भनिन्छ । राज्यको नीतिनिर्माण, कार्यान्वयन र लाभको हिस्सेदार बन्ने कुरामा बिनाभेदभाव सबैको उपस्थिति सुनिश्चित गराउन समावेशीकरणको अभ्यास गरिन्छ । व्यक्तिको जन्मदाको हैसियत वा वंशका आधारमा कोही पनि श्रेष्ठ हुनु हुँदैन र राज्यको दृष्टिमा सबै व्यक्ति समान हुनु पर्छ भन्ने मान्यतामा आधारित रही विभिन्न कारणले विभेद र सीमान्तीकरणमा परेका व्यक्ति वा समुदायलाई समान हैसियतमा ल्याउन राज्यले समावेशीकरण र सामाजिक न्यायका लागि काम गर्छ । व्यक्ति वा समुदायको पहिचान, स्रोतसाधन र अवसरमा समान पहुँच तथा राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै समतामूलक समाज निर्माण गर्न समावेशीकरणका विभिन्न माध्यम अवलम्बन गरिन्छ ।
नेपालको संविधानले समावेशिता र सामाजिक न्यायलाई मूल मर्मको रूपमा अङ्गीकार गरेको छ । नेपालका कानुनमा सकारात्मक विभेद, आरक्षण, समानुपातिक प्रतिनिधित्व, प्राथमिकता, सामाजिक सुरक्षालगायतको व्यवस्था गरिएको छ । दिगो विकासका विश्वव्यापी लक्ष्यहरूले सबैलाई समेट्ने तथा कसैलाई पनि पछाडि नछाड्ने मान्यता अँगालेको पाइन्छ । नेपालको आवधिक योजना र बजेटको सोच तथा लक्ष्यले सामाजिक न्याय प्रवर्धनमा जोड दिएका छन् । समावेशीकरणका
अन्तरवस्तु : समावेशीकरणको अवधारणा समेट्ने आधारभूत पक्षलाई यसका अन्तरवस्तुको रूपमा बुझ्न सकिन्छ । जुन यस प्रकार रहेका छन् :
क) पहिचान : समाजका सबै वर्ग, समुदायको अस्तित्व, भाषा, संस्कृति र परम्पराको पहिचान र उचित सम्मान हुनपर्ने विषय समावेशीकरणको महìवपूर्ण पक्ष हो ।
ख) पहुँच : राज्यमा उपलब्ध स्रोतसाधन, अवसर, सुविधा र लाभ बाँडफाँटमा समाजका सबै वर्ग, क्षेत्र र समुदायको सहज पहुँच पुग्नु पर्छ ।
ग) प्रतिनिधित्व : राज्यका महìवपूर्ण निर्णय हुने र सोको कार्यान्वयन हुने ठाउँमा समाजमा पछाडि परेका वर्ग, क्षेत्र र समुदायको अर्थपूर्ण प्रतिनिधित्व हुनु पर्छ ।
घ) सम्मान : समाजका हरेक वर्ग, जाति, लिङ्ग र समुदायको उचित सम्मान र कदर हुनु पर्छ । त्यसका लागि उनीहरूको पेसा, व्यवसाय, संस्कृति तथा भाषाको मान्यता र संरक्षण गरिएको हुनु पर्छ ।
ङ) समता : असमान अवस्थामा रहेकालाई समान व्यवहारले न्याय दिन सक्दैन । त्यस्ता व्यक्तिहरूका लागि थप अवसर र विशेष व्यवस्था गरी न्यायपूर्ण समाजका लागि कार्य गर्नु पर्छ ।
च) विभेदरहितता : राज्यका कानुन, नीति, बजेट र सोको अभ्यासको व्रmममा समाजको कुनै वर्ग, जाति, धर्म, भाषा, संस्कृतिलाई विभेद गर्नु हुँदैन ।
छ) मूलप्रवाहीकरण : अवसरबाट वञ्चित र सीमान्तकृत वर्ग वा समुदायलाई विशेष व्यवस्था, अवसर, सहुलियत र सशक्तीकरणको माध्यमबाट नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सामेल गराउनु पर्छ ।
ज) समानता : समावेशीकरणको अन्तिम गन्तव्य सामाजिक न्याय र समानता हो । समाजका सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिलाई राज्यले समान अवसर दिनु पर्छ र समान व्यवहार गर्नु पर्छ ।
समावेशीकरणको आवश्यकता :
– व्यक्तिको पहिचानको संरक्षण गर्दै उसमा अन्तरनिहित क्षमता विकास गर्न,
– उपलब्ध स्रोतसाधन र अवसरमा आमनागरिकको समन्यायिक पहुँच र नियन्त्रण सुनिश्चित गर्न,
– राज्यका संरचनामा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै अपनत्व बोध गराउन,
– व्यक्तिको आत्मसम्मान र मर्यादा कायम राख्न, – मानव अधिकारको संरक्षण र प्रचलन गर्न,
– विभेद र बहिस्करणको अन्त्य गर्न,
– राज्यका नीति, कानुन, योजना तथा बजेट प्रक्रियामा आमनागरिकको सहभागिता र अपनत्व कायम गर्न,
– समाजका कमजोर वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान गर्न,
– सामाजिक न्याय र समानता कायम गर्न,
– विविधता व्यवस्थापन गर्न,
– राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय हितको प्रवर्धन गर्न ।
समावेशीकरणका माध्यम :
समाजमा वञ्चितीकरण र बहिस्करणमा परेका वर्ग, क्षेत्र र समुदायलाई राज्यको मूल धारमा ल्याउन देहायका माध्यम प्रचलनमा रहेका छन् :
– सकारात्मक विभेद,
– समानुपातिक प्रतिनिधित्व,
– आरक्षण,
– सामाजिक सुरक्षा र संरक्षण,
– सशक्तीकरण, विकास र उत्थानका लागि लक्षित कार्यक्रम
– विशेष अधिकार, सहुलियत र अवसर,
– प्राथमिकता,
– विकेन्द्रीकरण,
– स्वायत्तता,
– सङ्घीयता ।
– अन्त्यमा समावेशीकरणलाई सामाजिक न्याय हासिल गर्ने माध्यमको रूपमा लिइन्छ । यो सुशासनको पूर्वसर्त पनि हो । यसले राज्यप्रतिको आमनागरिकको अपनत्व सिर्जना गरी राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्रवर्धन गर्छ । समावेशीकरणलाई केवल राज्य संयन्त्रमा विभिन्न व्यक्ति वा समुदाय सहभागी गराउने अर्थमा मात्र नहेरी सहभागिताको प्रक्रियालाई योग्यता प्रणालीको मर्म र भावना सँगसँगै लैजानु आजको आवश्यकता हो ।
प्रस्तुतकर्ता :- अर्जुन शर्मा
गोरखापत्र २०८२/०६/ ८ गते बुधबार वस्तुगत
२०८२/०६/०८ गते । गोरखापत्र । ज्ञान सागर । वस्तुगत प्रश्नोत्तर ।
१. ‘बालन डी ओर’ अवार्ड २०२५ विजेता खेलाडी को हुन् ?
– पुरुषतर्फः ओस्मान डेम्बेले (फ्रान्सका फरवार्ड)
– महिलातर्फः आइताना बोनमती (स्पेन, लगातार तेस्रो पटक जितेकी)
अन्य विजेता
– उत्कृष्ट पुरुष टोली : पिएसजी
– उत्कृष्ट प्रशिक्षक : लुइस एनरिके
– उत्कृष्ट गोलरक्षक : डोनारुमा
२. नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ? -मनोज सिलवाल
– विसं २०८२ असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।
– प्राधिकरणमा उपकार्यकारी निर्देशकको जिम्मेवारी समालिसकेका सिलवालले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका ।
– यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा नियुक्त गरिएको ।
३. सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा कसलाई चयन गर्यो ? -एआइजी मनोज केसी
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी) डा. मनोज केसीलाई चयन गरिएको ।
– डा. केसी यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत हुनुहुन्थ्यो ।
– डा. केसीले भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धानको नेतृत्व गर्नुभएको थियो ।
– केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख चन्द्रकुवेर खापुङ आइजिपी बनेपछि त्यहाँ प्रमुखको पद रिक्त थियो ।
४. जेनजी आन्दोलन (विसं २०८२ भदौ २३–२४) को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो ? – विसं २०८२ असोज ५
– असोज ५ मा बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको ।
– सदस्यहरूमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको ।
– आयोगको कार्यावधि तीन महिना तोकिएको ।
५. दुधकोशी–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? – ७० मेगावाट
– आयोजना सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने ।
– यो आयोजना ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको ।
– लागत अनुमान : करिब १५ अर्ब
– भारतीय कम्पनीबाट नेपाली कम्पनीले स्वामित्व लिएसँगै दुधकोशी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको । यो आयोजनामा लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको अगुवाइ, एभरेष्ट बैङ्क लिमिटेडको सहअगुवाइ र सानिमा बैङ्क लिमिटेडको सहभागितामा लगानी व्यवस्थापन भएको । वि.सं २०८२ असोज ५ गते यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको ।
६. लोक सेवा आयोगद्वारा विसं २०८२ असोज ५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो ? – जुम्ला
– सिफारिस भएका कुल उम्मेदवार : २५९२ (पुरुष : १६९०, महिला : ९०२)
– सबैभन्दा बढी उम्मेदवार सिफारिस हुन सफल पाँच जिल्ला : जुम्ला (११५), स्याङ्जा (९२), गुल्मी (८०), धनुषा (७२) र काठमाडौँ (७१)
– सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्ला : सर्लाही (१८,४४२), धनुषा (१५,७८४), बारा (१५,७३७), महोत्तरी (१५,४५२) र रौतहट (१४,७५३) – सबैभन्दा न्यून दरखास्त पर्ने पाँच जिल्ला : मनाङ
(१५), मुस्ताङ (५३), रसुवा (३३४), रुकुमपूर्व (७६६) र डोल्पा (१,०१४)
७. सिंहदरबारको निर्माण कसको पालामा भएको हो ? – चन्द्रशमशेर
– तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको सिंहदरबार यस पटक समेत गरी दुई चोटि आगोको चपेटामा परेको ।
– पहिलो पटक आगलागी : विसं २०३० असार २५ (प्रधानमन्त्री : कीर्तिनिधि विष्ट)
– दोस्रो पटक आगलागी : विसं २०८२ भदौ २४ (प्रधानमन्त्री : केपी शर्मा ओली)
– जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका । दरबारमा विभिन्न मन्त्रालयसमेत भएको हुँदा यस आगलागीमा बहुमूल्य सामानदेखि मन्त्रालयका महत्वपूर्ण दस्ताबेजहरू जल्न पुगेका ।
८. सन् २०३० सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो ? -आयरल्यान्ड
९. भैरव पुरस्कार २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
– हास्य व्यङ्ग्यकार कृष्ण प्रधान
– पुरस्कार राशि : रु. एक लाख ११ हजार १११
– भैरव वाङ्मय पुरस्कार : चित्र कलाकार हरिप्रसाद शर्मा (राशि : रु. एक लाख ११ हजार १११)
– भैरव प्रतिभा पुरस्कार : विवश पोखरेल (राशि : रु. ५१ हजार १११)
१०. दर्ता भएका ट्रेडमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ ?
– एक वर्षभित्र – ट्रेडमार्क दर्ता गर्ने तर व्यवसाय सञ्चालन नगरी होल्ड गरिराख्ने प्रवृत्ति बढेसँगै सरकारले यससम्बन्धी कानुनलाई कडाइका साथ पालना गराउन लागेको बताएको ।
११. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?- असोज २
– आदर्श वाक्य (विसं २०८१–२०८५) : ज्ञान,विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता
१२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?- सेप्टेम्बर ८
– सन् २०२५ को नारा (५९ औँ) : प्रमोटिङ लिट्रेसी इन द डिजिटल इरा (डिजिटल युगमा साक्षरताको प्रवर्धन)
१३. विसं २०८२ मा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? – रमेश भुषाल (कृति : छालबाटो)
– पद्मश्री साधना सम्मान : रमा शर्मा
– पद्मश्री गौरव पुरस्कार : प्राडा अभिनारायण सुवेदी
– यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको ।
१४. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा ई पासपोर्ट पुर्याउने लक्ष्य रहेको छ ? -सन् २०३०
१५. भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो ? – जापान
१६. नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षमा निर्वाचित हुन सफल सञ्चारकर्मी को हुन् ? – निर्मला शर्मा
– नेपाल पत्रकार महासङ्घको झन्डै सात दशकको इतिहासमा पहिलो पटक वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी ।
– महासङ्घको २०८१ मङ्सिर २८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा शर्मालाई निर्वाचित गरेको ।
– महासङ्घको लामो इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको ।
– महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका ।
१७. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो ? -सन् २०१६ सेप्टेम्बर १९
१८. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ? -भदौ २०
१९. सुशासन पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ? – अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने सुशासन पुरस्कार (२०८१) बाट रमेश धमला (कान्तिपुर टिभी), नवराज मैनाली (नयाँ पत्रिका), टपेन्द्र कार्की (नागरिक दैनिक) र सबिता अछामी (नमस्ते खोटाङ डट कम) सम्मानित भएका ।
– आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गरेको ।
– पत्रकारिताका माध्यमबाट भ्रष्टाचार रोकथाम तथा नियन्त्रण र सुशासन प्रवर्धनमा योगदान पुर्याएबापत चार पत्रकारलाई सो पुरस्कारबाट सम्मानित गरिएको ।
२०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ? – मोहन कोइराला
२१. सन् २०२५ सेप्टेम्बरमा ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ ? – सिङ्गापुर
– सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको ।
– सर्वेक्षण अनुसार सन् २०२४ मा ९८ प्रतिशत सिङ्गापुरवासीले राति एक्लै हिँड्दा आफूलाई सुरक्षित महसुस हुने बताएका । यो दर ग्यालपले विश्वभर सङ्कलन गरेका तथ्याङ्कमध्ये उच्चतममा परेको जनाएको ।
– पुरुष र महिलाबिच पनि सुरक्षा अनुभूतिको स्तर झन्डै बराबर देखिएको । साथै ९८ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले राति एक्लै हिँड्दा आफू सुरक्षित महसुस भएको बताएका ।
सुरक्षाका हिसाबले अग्रस्थानमा रहेका राष्ट्र
(सेफ टु वाक अलोन एट नाइट)
(१) सिङ्गापुर (९८ प्रतिशत)
(२) ताजिकस्तान (९५ प्रतिशत)
(३) चीन (९४ प्रतिशत)
(४) ओमान (९४ प्रतिशत)
(५) साउदी अरेबिया (९३ प्रतिशत)
(६) हङकङ (९१ प्रतिशत)
(७) कुवेत (९१ प्रतिशत)
(८) नर्वे (९१ प्रतिशत)
(९) बहराइन (९० प्रतिशत)
(१०) युएई (९० प्रतिशत)
सुरक्षाका हिसाबले कमजोर राष्ट्र
(१) चाड (४१ प्रतिशत)
(२) म्यानमार (४१ प्रतिशत)
(३) इस्वातिनी (४० प्रतिशत)
(४) जिम्बावे (४० प्रतिशत)
(५) चिली (३९ प्रतिशत)
(६) इक्वेडर (३८ प्रतिशत)
(७) लाइबेरिया (३७ प्रतिशत)
(८) बोत्स्वाना (३४ प्रतिशत)
(९) लेसोथो (३४ प्रतिशत)
(१०) दक्षिण अफ्रिका (३३ प्रतिशत)
सार्क राष्ट्रहरूको अवस्था
(१) बङ्गलादेश (७४ प्रतिशत)
(२) भारत (७२ प्रतिशत)
(३) नेपाल (६३ प्रतिशत)
(४) श्रीलङ्का (६३ प्रतिशत)
(५) पाकिस्तान (५१ प्रतिशत)
प्रस्तुतकर्ता : टङ्क केसी
गोरखापत्र २०८२/०६/ ८ गते बुधबार विषयगत
२०८२/०६/०८ गते । गोरखापत्र । ज्ञान सागर । विषयगत प्रश्नोत्तर ।
१. सरकारी सम्पत्ति भन्नाले के बुझिन्छ ? नेपालमा सरकारी सम्पत्तिको उचित व्यवस्थापन र उपयोगमा देखिएका समस्याहरू पहिचान गरी समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् ।
सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सम्पत्तिलाई सरकारी सम्पत्ति भनिन्छ । सरकारी सम्पत्तिमा सङ्घ वा प्रदेश वा स्थानीय तहको हक, स्वामित्व र नियन्त्रण रहन सक्छ । सरकारी भवन, जग्गा, औजार उपकरण, सडक, बाटो, रेल्वे, वन, जङ्गल वा वन जङ्गलमा रहेको रुख, खानी वा खनिज पदार्थ आदि सरकारी सम्पत्तिका उदाहरण हुन् । मुलुकी देवानी संहिताले सरकारी सम्पत्तिको परिभाषालाई व्यापक बनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले सरकारी जिन्सी तथा सम्पत्तिको लेखाङ्कन र प्रतिवेदन गर्ने व्यवस्था गरेको छ । विद्यमान अभ्यास अनुसार सरकारी कोषबाट खरिद गरिएका वा अन्य निकायबाट हस्तान्तरण भएर आएका खर्च भएर जाने र खर्च भएर नजाने प्रकृतिका सम्पत्तिहरू सरकारी सम्पत्तिको रूपमा लेखाङ्कन र प्रतिवेदन हुने गरेको छ । सरकारको स्वामित्वमा रहेका खानी तथा खनिज पदार्थ, वन तथा वनमा रहने रुखहरू, सडक आदिलाई सरकारी सम्पत्तिको रूपमा लेखाङ्कन र प्रतिवेदन गर्ने कार्य हुन सकेको छैन । सरकारी सम्पत्ति व्यवस्थापन र उपयोगमा देखिएका समस्या र समाधानका उपायहरूलाई देहायबमोजिम प्रस्तुत गरिएको छः
क) समस्याहरूः
– सरकारी सम्पत्तिको परिभाषा र यसले समेट्ने क्षेत्रहरू स्पष्ट बनाई सोही अनुरूप लेखाङ्कन र प्रतिवेदन हुन नसक्नु,
– सरकारी सम्पत्ति व्यवस्थापन र उपयोगसम्बन्धी स्पष्ट नीतिको अभाव हुनु,
– सरकारी सम्पत्तिको एकीकृत विवरण र अभिलेख तयार हुन नसक्नु,
– सरकारी सम्पत्ति व्यवस्थापनका लागि विकसित गरिएको विद्युतीय प्रणाली
–पाम्स) मा सबै सार्वजनिक निकायहरू आबद्ध नहुनु र प्रयोगमा आउन नसक्नु,
– पाम्स प्रणालीमा आबद्ध निकायहरूले पनि प्रणालीलाई आंशिक रूपमा मात्र उपयोग गर्नु,
– पाम्स सञ्चालन तथा सम्पत्ति व्यवस्थापनको जिम्मेवारीमा रहने एकाइ वा जनशक्तिको क्षमता कमजोर रहनु,
– सार्वजनिक निकायमा मालसामानको मर्मत सम्भार र लिलाम बिक्रि भन्दा नयाँ मालसामान खरिद गर्न जोड दिने प्रवृत्ति देखिनु,
– सार्वजनिक खरिद ऐनमा व्यवस्था गरिएको वाई व्याक मेडथलाई प्रभावकारी रूपमा प्रयोग गरी पुराना सामग्रीको उचित व्यवस्थापन गर्न नसक्नु,
– सरकारी सम्पत्ति व्यक्तिगत कार्यमा उपयोग हुनु,
– सरकारी सम्पत्ति संरक्षणमा सम्बन्धित निकायको प्रमुख र जिम्मेवार कर्मचारीलाई जवाफदेही बनाउन नसकिनु,
– सरकारी सम्पत्ति संरक्षणमा आमनागरिकको चासो र चिन्ता न्यून रहनु,
– बन्द, हड्ताल तथा विरोध प्रदर्शन हुँदा सरकारी सम्पत्तिलाई आक्र मणको निशाना बनाउने प्रवृत्ति देखिनु,
– सरकारी भवन तथा संरचनाहरूको बिमा गर्ने अभ्यास नहुँदा यस्ता सम्पत्ति माथि आक्रमण वा तोडफोड भएमा पुनर्निर्माणको लागि राज्य कोषमा अत्यधिक भार पर्नु,
– सरकारी सम्पत्तिको हिनामिना, दुरुपयोग र अतिव्रmमणसम्बन्धी एकीकृत विवरण तयार हुन नसक्नु ।
ख) समस्या समाधानका उपायः
– सरकारी सम्पत्तिको फराकिलो र स्पष्ट परिभाषा गरी सोहीबमोजिम लेखाङ्कन र प्रतिवेदन प्रणाली विकास गर्ने, – सरकारी सम्पत्तिको संरक्षण तथा सुविधा उपयोगसम्बन्धी सङ्घीय नीति र मापदण्ड निर्माण गरी तिनै तहका सरकारले कार्यान्वयनमा ल्याउने,
– सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोगको अवस्थालाई कर्मचारी र कार्यालय प्रमुखको वार्षिक कार्यसम्पादन मूल्याङ्कन, दण्ड पुरस्कार र वृत्ति विकाससँग आबद्ध गर्ने,
– सरकारी सम्पत्ति हिनामिना, दुरुपयोग, अतिक्रमण सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने,
– पुराना सामग्रीलाई समयमै मर्मत गरी उपयोग गर्ने तथा समयमै लिलाम बिक्रि गरी सरकारी आम्दानी बढाउन जोड दिने,
– ‘बाई ब्याक मेथड’ को प्रभावकारी उपयोग तथा लिलाम बिक्रि सम्बन्धमा देखा परेका जटिलताहरू सम्बोधन गर्न नीतिगत तथा कार्यविधिगत सुधार गर्ने,
– महत्वपूर्ण सरकारी सम्पत्तिको बिमा गरी आर्थिक जोखिम हस्तान्तरण गर्न सकिने हुँदा यस सम्बन्धमा आवश्यक अध्ययन गर्ने,
– पाम्सलाई सबै सार्वजनिक निकायमा अनिवार्य रूपमा लागु गर्ने, सोका लागि आवश्यक पर्ने पूर्वाधारमा लगानी गर्ने,
– पाम्सको प्रणालीगत क्षमता विकास गर्नुका साथै यसको पूर्ण रूपमा प्रयोग गर्न कर्मचारीको समेत क्षमता विकास गर्ने,
– व्यवस्थापन परीक्षणको दायरा विस्तार गरी सबै निकायमा लागु गर्ने,
– कार्यमूलक लेखापरीक्षणलाई सघन रूपमा अगाडि बढाउने,
– राष्ट्रिय सदाचार नीति तर्जुमा गरी लागु गर्ने र सङ्गठनभित्र सदाचारयुक्त सङ्गठन संस्कृति विकास गर्ने,
– नागरिक शिक्षा र नैतिक शिक्षामा जोड दिई नागरिक सचेतना अभिवृद्धि गर्ने,
– सरकारी सम्पत्ति संरक्षण र सदुपयोगमा नागरिक संलग्नतालाई प्रोत्साहन गर्दै आन्तरिक नियन्त्रण सँगसँगै नागरिक नियन्त्रण प्रणाली मजबुत बनाउने ।
– अन्त्यमा सरकारी सम्पत्ति सार्वजनिक प्रशासन सञ्चालनका लागि आवश्यक पर्ने भौतिक स्रोतसाधन हुन् । सार्वजनिक प्रशासनको लक्ष्य एवं उद्देश्य हासिल गर्न यी सम्पत्ति सहयोगी हुन्छन् । सरकारी कोषबाट खरिद गरिने र सार्वजनिक हितका लागि उपयोग हुने हुँदा यस्ता सम्पत्तिहरू सरकार र नागरिकका साझा सम्पत्ति हुन् । सरकारी सम्पत्ति संरक्षण र सदुपयोगमा सरकारी निकाय र नागरिक दुवैको सकारात्मक र रचनात्मक भूमिका आवश्यक छ
२. सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा व्यवस्था गरिएका प्रशासनिक कार्य सञ्चालनका आधार उल्लेख गर्नुहोस् । साथै सार्वजनिक प्रशासन सञ्चालनका सन्दर्भमा प्रचलित रहेको कार्यसम्पादन करारसम्बन्धी कानुनी व्यवस्थामाथि प्रकाश पार्नुहोस् ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम प्रशासनिक कार्य सञ्चालन गर्दा सो कार्यसम्पादन गर्ने पदाधिकारीले देहायका आधारहरू लिनु पर्छः
– राष्ट्र जनताको बृहत्तर हित,
– समन्याय र समावेशीकरण,
– कानुनको शासन,
– मानव अधिकारको प्रत्याभूति,
– पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता तथा इमानदारिता,
– आर्थिक अनुशासन एवं भ्रष्चारमुक्त, चुस्त र जनमुखी प्रशासन,
– प्रशासन संयन्त्रको तटस्थता तथा निष्पक्षता,
– प्रशासनिक संयन्त्रमा र निर्णयमा सर्वसाधारण जनताको पहुँच,
– विकेन्द्रीकरण तथा अधिकार निक्षेपण,
– जनसहभागिता तथा स्थानीय स्रोतको अधिकतम उपयोग कार्यसम्पादन करार सम्बन्धमा सुशासन
–व्यवस्थापन तथा सञ्चालन) ऐनले गरेको व्यवस्थाः
क) कार्यसम्पादन करार गर्न सकिने अवस्थाः देहायको अवस्थामा नेपाल सरकारको कुनै पदाधिकारीसँग कार्यसम्पादन करार गरी जिम्मेवारी दिन सकिन्छ ।
– नेपाल सरकारले सम्पादन गर्नुपर्ने काम कुनै निश्चित अवधिभित्र सम्पादन गरिसक्नुपर्ने भएमा,
– निश्चित परिमाणको उपलब्धि हुने गरी कार्यसम्पादन गर्नुपर्ने भएमा, राष्ट्रिय प्राथमिकता प्राप्त कुनै आयोजना वा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने भएमा ।
ख) कार्यसम्पादन करार कार्यान्वयन प्रक्रियाः
– कार्यसम्पादन करारमा अन्य कुराको अतिरिक्त पदाधिकारीले गर्नुपर्ने कामको विवरण, समयावधि, कार्यसम्पादनको गुणस्तर र परिमाण उल्लेख गरिने,
– कार्यसम्पादन जिम्मेवारी प्राप्त गरेको पदाधिकारीले करारबमोजिम कार्यसम्पादन गर्नुपर्ने,
– काबु बाहिरको परिस्थिति निर्माण भई तोकिएको समयावधिभित्र कार्यसम्पादन हुन नसकेमा सोको कारणसहित मन्त्रालयको सचिवसमक्ष पेस गर्ने,
– पेस भएको व्यहोरा मानसिब देखिएमा समयावधि थप गरी कार्यसम्पादन करार संशोधन गर्न सकिने,
– निर्धारित अवधिभित्र कार्यसम्पादन गर्न नसक्ने पदाधिकारीलाई विभागीय कारबाही गर्नुपर्ने,
– बदनियत चिताइ, लापरबाही वा हेलचक्याइँ गरी कार्यसम्पादन नगरेको कारणले सरकारलाई हानि पुगेमा वा आयोजनाको लागत बढेमा सोको क्षतिपूर्ति निजबाट भराउन सकिने ।
– सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनले मुलुकको प्रशासन संयन्त्रलाई सेवा प्रदायक संयन्त्र तथा सहजकर्ताको रूपमा रूपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउन जोड दिएको छ । ऐनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न सकेमा मात्र पनि मुलुकको सुशासनको अवस्थामा सुधार गर्न सकिन्छ ।
३. धितोपत्र बजार भनेको के हो ? धितोपत्र बजारको महत्वमाथि प्रकाश पार्दै नेपालको धितोपत्र बजारलाई नियमित र व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डका जिम्मेवारीहरू उल्लेख गर्नुहोस् ।
सरकार तथा सङ्गठित संस्थाहरूले आफूलाई आवश्यक पर्ने पुँजी सङ्कलनका लागि जारी गर्ने वित्तीय औजारलाई धितोपत्र भनिन्छ । सरकार तथा सङ्गठित संस्थाहरूद्वारा निष्कासन वा बिक्रि गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषको एकाङ्कलगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् । धितोपत्र खरिदकर्ता र बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद, बिक्रि वा विनिमय गर्न सकिने स्थानलाई धितोपत्र बजार भनिन्छ । सरकार वा सङ्गठित संस्थाले आफ्नो दीर्घकालीन वित्तीय आवश्यकता पूर्ति गर्न यस प्रकारका धितोपत्रहरू जारी गर्दछन् । धितोपत्र बजारमा धितोपत्रको कारोबार हुने गर्छ । धितोपत्र बजारको महत्वः
– दीर्घकालीन पुँजीको प्रभावकारी परिचालन गर्न, – सरकार र सङ्गठित संस्थालाई आवश्यक पर्ने दीर्घकालीन पुँजीको व्यवस्था गर्न,
– बचत परिचालन तथा लगानी वृद्धि गर्न,
– देशभित्र उद्योग कलकारखाना र पूर्वाधारको विकास गर्न,
– वित्तीय प्रणालीको सन्तुलित एवं एकीकृत विकास गर्न,
– देशको अर्थतन्त्र विकास र विस्तारको प्रतिफल सर्वसाधारणमा समान रूपमा वितरण गर्न,
– कम लागतमा पुँजी परिचालनको व्यवस्था गर्न,
– खुला बजार अर्थतन्त्रलाई सुदृढ गर्न । ने
पाल धितोपत्र बोर्डका जिम्मेवारीः-
नेपालमा धितोपत्र बजारलाई नियमित र व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले सम्पादन गर्ने मुख्य जिम्मेवारीहरू यस प्रकार रहेका छन्
– पुँजी बजारको विकाससँग सम्बन्धित विषयमा नेपाल सरकारलाई आवश्यक परामर्श दिने,
– सार्वजनिक निष्कासन गर्ने सङ्गठित संस्थाको धितोपत्र दर्ता गर्ने, धितोपत्र निष्कासन, हस्तान्तरण, बिक्रि र विनिमयलाई नियमित र व्यवस्थित गर्ने,
– धितोपत्र बजार सञ्चालन गर्न चाहने सङ्गठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्न अनुमति दिने,
– धितोपत्र व्यवसाय सञ्चालन गर्न चाहने कम्पनी वा संस्थालाई धितोपत्र सञ्चालन गर्न अनुमतिपत्र दिने,
– धितोपत्र बजार र धितोपत्र व्यवसायीको कामकारबाहीको नियमन तथा अनुगमन गर्ने,
– सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने,
– धितोपत्र व्यवसायी, धितोपत्र कारोबार तथा समग्र धितोपत्र बजारको सुपरीवेक्षण गर्ने,
– नियमन व्यवस्थाको पालना नगर्ने संस्थाहरूलाई ऐन, नियम अनुसार कारबाही अगाडि बढाउने,
– धितोपत्र कारोबारसम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई नियमित र व्यवस्थित गर्ने,
– धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबारसम्बन्धी अन्य कसुर हुन नदिन आवश्यक व्यवस्था गर्ने,
– धितोपत्र बजारको प्रवर्धन, संवर्धन र स्वच्छ सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने,
– धितोपत्र तथा धितोपत्र बजार विकासका सम्बन्धमा आवश्यक अन्य कार्यहरू गर्ने,
– अन्त्यमा धितोपत्र बजार मुलुकको वित्तीय प्रणालीको अभिन्न अङ्ग हो । मुलुकको अर्थतन्त्रको विकास र विस्तारका लागि आवश्यक पर्ने दीर्घकालीन पुँजीको माग पूर्ति गर्न यस बजारको महत्व उच्च रहन्छ । धितोपत्र दर्ता, निष्कासन, खरिद, बिक्रि तथा विनिमय लगायतका समग्र प्र यालाई सहज, सरल र न्यून लागतयुक्त बनाउँदै बजारलाई नियमित र व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डले जोड दिनु पर्छ ।
४. नेपाल सरकारले नियुक्त गर्ने सल्लाहकारको योग्यता र निजले पालना गर्नुपर्ने आचरण सम्बन्धमा प्रचलित कानुनमा रहेको व्यवस्था स्पष्ट पार्नुहोस् ।
निजामती सेवाको पदबाट कार्यसम्पादन हुन नसक्ने विषयमा विशेषज्ञ सेवा प्राप्त नेपाल सरकारले आवश्यकता अनुसार विषयगत सल्लाहकारहरू नियुक्त गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । सल्लाहकारले सम्पादन गर्ने कार्य, निजको पदावधि तथा कर्तव्य, अधिकार र जिम्मेवारी, निजको पारिश्रमिक र सुविधाका विषयहरू नियुक्तिका बखत स्वीकृत गरिएको कार्य क्षेत्रगत सर्तबमोजिम हुने व्यवस्था छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन र सोको नियमावलीबमोजिम नेपाल सरकारको सल्लाहकारको पदमा नियुक्तिका लागि देहायका योग्यता आवश्यक मानिएको छ ।
– सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको, प्रमुख राजनीतिक सल्लाहकारको हकमा राजनीतिक क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको,
– सम्बन्धित विषयको विशेषज्ञको रूपमा पहिचान भएको,
– नेपालको नागरिक,
– नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको,
– कुनै सरकारी वा अर्ध–सरकारी क्षेत्रमा बहालवाला कर्मचारी नभएको,
– सरकारी, नेपाल सरकारको सङ्गठित संस्था वा स्थानीय तहसँग बेरुजु तथा बाँकी बक्यौता नभएको ।
सल्लाहकारले पालना गर्नुपर्ने आचरण ः
– अनुशासनमा रही इमानदारी र तत्परताको साथ आफ्नो कर्तव्य पालना गर्ने,
– व्यावसायिक निष्ठा कायम राख्दै नियुक्ति गर्दाका बखत तोकिएका सर्तहरू पालना गर्ने,
– निजामती कर्मचारी माथि कुनै किसिमको राजनीतिक प्रभाव नपार्ने र निजको कार्यसम्पादनमा हस्तक्षेप नगर्ने,
– नेपाल सरकारको नीतिविपरीत हुने वा सरकार र जनताबिचको पारस्परिक सम्बन्धमा वा विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्ने गरी सरकारको आलोचना वा समाचार प्रकाशन नगर्ने,
– सरकारी कामको सिलसिलामा दान, उपहार, चन्दा आदि प्राप्त नगर्ने,
– आफ्नो सम्पत्ति विवरण नियुक्ति भएको सात दिनभित्र सम्बन्धित सचिवसमक्ष पेस गर्ने,
– आफ्नो स्वार्थ बाझिएको वा हित, सरोकार र स्वार्थ रहेको विषयमा सल्लाह नदिने,
– गोप्यता भङ्ग नगर्ने ।
– अन्त्यमा सरकारलाई आवश्यकता अनुसार तटस्थ रूपमा विज्ञ सल्लाह दिने र सरकारको नीति कार्यान्वयन गर्ने स्थायी र वैधानिक संयन्त्र भनेको निजामती सेवा हो । निजामती सेवाभित्रबाट कार्यसम्पादन हुने नसक्ने विषयमा विशेषज्ञ सेवा प्राप्त गर्नु परेमा मात्र बाह्य व्यक्तिबाट सल्लाह लिने गरी सल्लाहकार नियुक्ति गर्न सकिन्छ । निजामती सेवाभित्रको विशेषज्ञता सम्बन्धमा एकीकृत तथ्याङ्क र जानकारी नहुँदा सरकारले सल्लाहकारको रूपमा बाह्य व्यक्ति नियुक्त गर्नु परेको छ र सोबाट राज्यकोष माथि करोडौँको व्ययभार हुने गरेको छ । सरकारी खर्चमा मितव्ययितता र प्रभावकारिता अभिवृद्धिका लागि समेत सल्लाहकार नियुक्ति गर्दा उल्लिखित कुरामा विचार गर्नु उपयुक्त देखिन्छ ।
प्रस्तुतकर्ता ः अर्जुन शर्मा
गोरखापत्र २०८२/06/15 गते बुधबार वस्तुगत
गोरखापत्र २०८२/०६/ १५ गते बुधबार विषयगत
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
गोरखापत्र २०८२/06/२२ गते बुधबार बस्तुगत
१. सन् २०२५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?-अमेरिकाका मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र जापानका सिमोन साकागुची
– शरीरको प्रतिरोध प्रणालीमा ‘रेगुलेटरी टी सेल’ भनिने विशेष कोष रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि पुरस्कृत गरिएको ।
– विजेताले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कसरी नियन्त्रणमा राखिन्छ भन्ने कुरा पत्ता लगाएका ।
– नयाँ खोजले क्यान्सर तथा ‘अटोइम्युन’ रोगको उपचारमा थप टेवा पुग्ने नोबेल कमिटीले जनाएको ।
यसले अङ्ग प्रत्यारोपणलाई अझ सफल बनाउन मद्दत पुर्याउन सक्ने वैज्ञानिकले जनाएका ।
२. सन् २०२५ सेप्टेम्बरमा प्रकाशित एक सय एसियाली वैज्ञानिकको सूचीमा पर्न सफल पाँच नेपाली वैज्ञानिक
को को हुन् ? – फ्रेनसन प्रधान (केयु), राजु आचार्य (फ्रेन्स अफ नेचर), रिन्जिन फुनजोक लामा (इन्डिपेन्डेन्ट
कन्जरभेसन बायोलोजिस्ट), डा. शैलेन्द्र गिरी (राप्ती इन्जिनियरिङ कलेज) र टिस्टा प्रसाईं जोशी (नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी)
३. सरकारले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई कुन मन्त्रालय अन्तर्गत ल्याउने
निर्णय गरेको हो ?- अर्थ मन्त्रालय
– विसं २०८२ असोज ९ गतेको मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको ।
– प्रधानमन्त्री कार्यालयमातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालयमातहत ल्याउने निर्णय भएको ।
– राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय भएको ।
४. सन् २०२५ सेप्टेम्बरमा भएको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि कसले जित्यो ?-नेपाल
– नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृङ्खला २–० को अविजित अग्रतासँगै ऐतिहासिक जित हासिल गरेको ।
– नेपालले युएईको शारजहाँ क्रिकेट रङ्गशालामा सेप्टेम्बर २९ मा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेको ।
– टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ सेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा छ विकेट गुमाई १७३ रन बनाएको थियो । जवाफमा आएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भएको थियो ।
– नेपालले पहिलो पटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै शृङ्खला नै जित्न सफल भएको ।
– नेपालले सेप्टेम्बर २७ मा भएको पहिलो खेलमा दुई पटकको टी–२० विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो, जुन पूर्ण टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो विजय थियो ।
५. हाल मुलुकमा साक्षर घोषित जिल्लाको सङ्ख्या कति रहेको छ ? -६८
६८ औँ जिल्लाः कालीकोट, साक्षर घोषणाः विसं २०८२ असोज ९ कर्णाली प्रदेशमा साक्षर घोषित हुन बाँकी जिल्लाः डोल्पा ६५ औः मुगु (विसं २०८१ असोज ७)६६ औः जुम्ला (विसं २०८१ मङ्सिर १२) ६७ औः हुम्ला (विसं २०८२ जेठ ९)
६. नेपालमा सुरक्षित गर्भपतन दिवस कहिले मनाइन्छ ?- असोज १०
– विसं २०८२ (११ औँ) को नाराः सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा ।
७. विद्युत् विकास विभागको महानिर्देशकमा कसलाई नियुक्त गरियो ?- मनदेवी श्रेष्ठ (विसं २०८२ असोज १०)
– उनी विभागको पहिलो महिला महानिर्देशक हुन् ।
८. चीनले नयाँ भूउपग्रह ‘फेङ्ग्युन–३–०८’ सफलतापूर्वक कहिले प्रक्षेपण गरेको हो ?- सन् २०२५ सेप्टेम्बर २७
– यो उपग्रह मौसम पूर्वानुमान, वातावरणीय अध्ययन र जलवायु परिवर्तन निगरानीका लागि प्रयोग हुने
बताइएको ।
– उपग्रहलाई लङ मार्च–४ सी नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको ।
– यो भूउपग्रहमा नौ वटा टाढाबाट अवलोकन गर्ने यन्त्र जडान गरिएको ।
९. नेपालमा पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ कहिले सार्वजनिक भएको हो ?- विसं २०८२ असोज १०
– प्लेटफर्मले व्यक्ति, व्यवसाय र सरकारी निकायलाई जोड्दै सम्पर्क, व्यापार र अवसरलाई एउटै प्लेटफर्ममा समेट्ने लक्ष्य राखेको । यसले डिजिटल खर्च घटाउने, स्थानीय रोजगारी बढाउने र विदेशी डिजिटल प्लेटफर्ममा जाने खर्चलाई रोक्ने दाबी गरिएको ।
१०. विश्व शिक्षक दिवस कहिले मनाइन्छ ?- अक्टोबर ५
– सन् २०२५ को नाराः दी टिचर वी निड फर दी एजुकेसन वी वान्टः दी ग्लोबल इम्परेटिभ टु रिभर्स दी टिचर सर्टेज (हामीले चाहेको शिक्षाका लागि शिक्षक चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता)
११. विश्व शान्ति दिवस कहिले मनाइन्छ ?- सेप्टेम्बर २१
– सन् २०२५ को नाराः एक्ट नाउ फर अ पिसफुल ।
– मनाउन थालिएकोः सन् १९८२ सेप्टेम्बर २१ ।
१२. सन् २०२५ सेप्टेम्बरमा युएईमा सम्पन्न एसिया कप क्रिकेटको उपाधि जित्ने राष्ट्र कुन हो ?- भारत
– फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै भारत नवौँ पटक एसिसी
एसिया कप च्याम्पियन बनेको ।
– युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको १४७ रनको लक्ष्य भारतले
१९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको ।
– उपाधि जिते पनि भारतका खेलाडीले खेलपछि एसिया कपको ट्रफी उचाल्न अस्वीकार गरेका । उनीहरूले ट्रफीबिना नै जित सेलिबे्रट गरेका । इएसपिएन क्रिकइन्फोका अनुसार एसिया कपको ट्रफी एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष मोहसिन नक्बीले प्रदान गर्ने तालिका थियो तर नक्बी पाकिस्तानी नागरि कसँगै पाकिस्तानका आन्तरिक मन्त्रीसमेत भएकाले भारतका खेलाडीले उनीबाट ट्रफी लिन अस्वीकार गरेका ।
१३. विद्युत् विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ सम्ममा नेपालको विद्युत्जडित क्षमता कति पु¥याउने
लक्ष्य छ ?- २८ हजार पाँच सय मेगावाट
१४. सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?- विसं २०८१–२०९१
१५. हालै वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ? – ललितपुर महानगरपालिका
१६. सरकारले औद्योगिक विकास, यातायात पूर्वाधार र केबुलकार परियोजनालाई समेटी कति आयोजनाको
सूची सार्वजनिक गरेको छ ?- २०
– मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै यी आयोजनाको सूची सार्वजनिक गरेको । – यस सूचीमा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालित केबुलकार आयोजना समावेश रहेका । मुख्य प्राथमिकता प्राप्त आयोजनाः
औद्योगिक ग्राम अन्तर्गतः
१. बराहक्षेत्र औद्योगिक ग्राम, सुनसरी
२. जोरायल औद्योगिक ग्राम, डोटी
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतः
१. दमक औद्योगिक क्षेत्र, झापा
२. मयूरधाप औद्योगिक क्षेत्र, मकवानपुर
३. शक्तिखोर औद्योगिक क्षेत्र, चितवन
४. लक्ष्मीपुर औद्योगिक क्षेत्र, दाङ
५. मोतीपुर औद्योगिक क्षेत्र, रुपन्देही
६. नौबस्ता औद्योगिक क्षेत्र, बाँके
७. दैजी औद्योगिक क्षेत्र, कञ्चनपुर
विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतः
१. पाँचखाल विशेष आर्थिक क्षेत्र, काभ्रेपलाञ्चोक
२. हरैया विशेष आर्थिक क्षेत्र, कैलाली
नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतः
१. दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँचचौकी, कञ्चनपुर
नेपाल आयल निगम अन्तर्गतः
१. सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना
२. अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण
आयोजना
निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजना अन्तर्गतः
१. सत्यवती दर्शन प्रालि पाल्पा
२. सानो पाथीभरा केबुलकार प्रालि, इलाम
३. सिक्लेस अन्नपूर्ण केबुलकार प्रालि, कास्की
४. ड्रिम्स हिल्स प्रालि, चितवन
५. सुपादेउराली केबुलकार प्रालि, अर्घाखाँची
६. सूर्यकुण्ड गोसाइँकुण्ड केबुलकार प्रालि, सिन्धुपाल्चोक
१७. धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ नामक दल
दर्ताका लागि औपचारिक निवेदन कहिले दिएका हुन् ?- विसं २०८२ असोज ७
– साम्पाङले दलको अध्यक्ष आफैँ रहने प्रस्तावसहित निवेदन पेस गरेका ।
१८. सात वटै प्रदेशद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो ?- रु. दुई खर्ब ८७ अर्ब ७० करोड
१९. नाट्यरत्न २०८२ बाट सम्मानित व्यक्तित्व को को हुनुहुन्छ ?- हेमराज भुसाल, कमल गाउँले, डिल्लीनारायण
पाण्डेय, नारायण योगी, शान्तराम गिरी, प्राडा रामचन्द्र पोखरेल, दिल साहनी, झपेन्द्र जिसी, भावना खनाल,
डा. नारायणप्रसाद पन्थ र पुष्कर रेग्मी अथक ।
२०. नेपाल प्रहरीमा आर्थिकसम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान
एकाइको गठन कहिले भएको हो ?- विसं २०८२ वैशाख
२१. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?- सेप्टेम्बर २७
– सन् २०२५ (४६ औँ) को नाराः टुरिजम एन्ड सस्टेनेबल ट्रान्सफर्मेसन ।
– सन् २०२४ को नाराः टुरिजम एन्ड पिस ।
– मनाउन सुरुः सन् १९८०
२२. ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?- १०७ औँ
२३. ‘जोगियाना’ नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने ‘कर्मणा’ नामक कृतिका लेखक को हुन् ?
– झमककुमारी घिमिरे
गोरखापत्र २०८२/06/२२ गते बुधबार विषयगत
१. नेपालको बजेट प्रणालीमा रहेको तहगत अन्तरसम्बन्धबारे चर्चा गर्दै सङ्घीय शासन प्रणाली अवलम्बन गरेपश्चात् नेपालको बजेट तर्जुमा र कार्यान्वयन प्रक्रियामा देखिएका समस्या उल्लेख गर्नुहोस् ।
नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई आआफ्नो बजेट निर्माण गरी कार्यान्वयन गर्न सक्ने अधिकार प्रदान गरेको छ । सोही अनुसार तिनै तहका सरकारले संविधान र सङ्घीय कानुनले निर्धारण गरेको मितिमा तत् तत् तहका सभाबाट बजेट पारित गरी कार्यान्वयन गर्दछन् । बजेट तर्जुमा र कार्यान्वयनमा तहगत अन्तरसम्बन्ध कायम हुने गरी कानुनी, नीतिगत, संस्थागत, प्रक्रियागत र प्रणालीगत ढाँचा तय गरिएको छ । बजेट प्रणालीमा तहगत अन्तरसम्बन्ध
– संविधानले तहगत सरकारबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहने भनी उल्लेख गरेको,
– सोह्रौँ आवधिक योजना अन्तर्गत दीर्घकालीन राष्ट्रिय सोच तय भएको,
– तिनै तहका मध्यमकालीन खर्च संरचनामार्फत आवधिक योजना र बजेटबिच सम्बन्ध स्थापित गर्न जोड दिइएको, – राष्ट्रिय स्रोत अनुमान समितिमार्फत राष्ट्रिय स्रोत अनुमान गर्नुपर्ने कानुनी प्रबन्ध,
– आयोजना वर्गीकरण मापदण्ड र आयोजना बैङ्कको व्यवस्था,
– प्रदेश र स्थानीय तहले कर लगाउँदा राष्ट्रिय आर्थिक नीति प्रतिकूल नहुने गरी कानुनबमोजिम कर लगाउनुपर्ने व्यवस्था,
– सङ्घबाट प्रदेश र स्थानीय तह तथा प्रदेशबाट स्थानीय तहमा अन्तरसरकारी वित्तीय हस्तान्तरणको अभ्यास,
– राजस्व बाँडफाँट र प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट गरी सङ्घबाट प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था,
– प्रदेश र स्थानीय तहको बजेट पेस गर्ने र पारित गर्ने मिति सङ्घीय कानुनबमोजिम निर्धारण गरिएको,
– तिनै तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सुझाव कार्यान्वयन गर्नुपर्ने व्यवस्था,
– अन्तरसरकारी अख्तियारीका माध्यमबाट बजेट कार्यान्वयन गर्न सकिने कानुनी प्रबन्ध,
– लेखाङ्कन र प्रतिवेदनका ढाँचा र तरिकालगायत आर्थिक कार्यविधिसँग सम्बन्धित विषय सङ्घीय कानुनबमोजिम निर्धारण हुने व्यवस्था,
– तिनै तहका सरकारको आर्थिक कारोबारको लेखा परीक्षण महालेखा परीक्षकबाट हुने । बजेट तर्जुमा र कार्यान्वयनमा देखिएका समस्याः
क) तर्जुमा चरणमा
– तिनै तहमा आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटबिच तादात्म्य मिलाउन नसकिएको,
– आयोजना वर्गीकरण मापदण्ड र आयोजना बैङ्क कार्यान्वयन हुन नसकेको,
– राष्ट्रिय स्रोत अनुमान गर्दा सम्पूर्ण सरकारको एकीकृत स्रोत अनुमान हुन नसकेको,
– तीन तहका सरकारका नीति, योजना र कार्यव्रmमबिच तादात्म्य कायम हुन नसकेको,
– वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारणमा सङ्घीय सरकारको स्वविवेक हाबी हुने गरेको,
– वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न प्रदेश र स्थानीय तहको खर्च आवश्यकता र राजस्व क्षमता वस्तुनिष्ठ रूपमा यकीन हुन नसकेको,
– वित्तीय समानीकरण अनुदानको हिस्सा कम र ससर्त अनुदानको हिस्सा बढ्दै गएको,
– आर्थिक वर्षको बिचमा गरिने हस्तान्तरणले बजेट तर्जुमाको आधारभूत मूल्य र सिद्धान्तलाई अनुसरण गर्न नसकेको,
– बजेट तर्जुमा प्रक्रियालाई सहभागितामूलक बनाउन नसकिएको । बजेट तर्जुमाको चरणमा बिचौलियाको प्रभाव र आर्थिक चलखेल हुने गरेका समाचार सार्वजनिक भई बजेटप्रतिको नागरिक विश्वास कमजोर भएको,
– स्रोत बाँडफाँट गर्दा भौगोलिक सन्तुलन, समावेशिता, समन्याय जस्ता मूल्यमान्यता अनुसरण हुन नसकेको,
– राजनीतिक, आर्थिक, भौगोलिक, सामाजिक तथा प्रशासनिक प्रभावका कारण स्रोत विनियोजन नीतिमा आधारित हुन नसकेको ।
ख) कार्यान्वयन चरणमा
– राजस्व प्रक्षेपण अनुसार राजस्व असुली हुन नसकेको जसका कारण तिनै तहको बजेट कार्यान्वयन प्रक्रिया प्रभावित बनेको,
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम नेपाल सरकारले प्रदेश र स्थानीय तह तथा प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नसकेको,
– ससर्त अनुदानका माध्यमबाट सङ्घीय तह प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र र प्रदेश सरकार स्थानीय तहको क्षेत्राधिकारभित्र प्रवेश गरी आयोजना तथा कार्यव्रmम तहमा दोहोरोपना देखा परेको,
– कतिपय स्थानीय तहमा समयमा बजेट पारित गर्ने र नियमानुसार अख्तियारी दिने कार्य हुन नसकेको,
– टुक्रे र खुद्रे योजनाको बाहुल्यताका कारण योजना कार्यान्वयन र अनुगमन मूल्याङ्कन प्रभावकारी हुन नसकेको,
– योजना छनोट र कार्यान्वयनमा प्राविधिक र प्रशासनिकभन्दा राजनीतिक पक्ष हाबी हुने गरेको
– योजना कार्यान्वयनमा वातावरणीय पक्षलाई पर्याप्त ध्यान दिन नसक्दा विपत्जन्य घटना बढ्दै गएको,
– समयमै वार्षिक खरिद योजना तथा बजेट कार्यान्वयन कार्ययोजना निर्माण र कार्यान्वयन नहुँदा खर्चको गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको, वैदेशिक स्रोततर्फका योजना तथा कार्यव्रmमको समयमा एकीकृत प्रतिवेदन तयार नहुँदा शोधभर्नामा समस्या हुने गरेको,
– नगद प्रवाह योजना प्रभावकारी नहुँदा तल्ला तहमा हस्तान्तरण भएको रकम बैङ्क खातामा निष्व्रिmय मौज्दातका रूपमा रहने र नेपाल सरकारले ऋण सेवाबापत अतिरिक्त भार वहन गर्नुपरेको, सङ्घीयता लागु भएसँगै तल्लो तहसम्म खर्च केन्द्र विस्तार भएको तर संस्थागत क्षमता र आर्थिक अनुशासन कमजोर हुँदा बर्सेनि बेरुजुको आकार बढ्दै गएको ।
– अन्त्यमा सरकारको स्रोत प्रक्षेपण र प्राथमिकीकरणको आधिकारिक दस्ताबेज नै बजेट हो । यो सरकारी प्रतिबद्धता र नागरिक आशा एवं विश्वासलाई साकार पार्ने कार्यप्रणाली पनि हो । सरकारी नीतिलाई नतिजामा रूपान्तरण गर्ने प्रमुख साधन पनि बजेट हो । सङ्घीय व्यवस्थामा बजेट प्रणाली बटम अप अवधारणाबाट विमुख हुँदै गएको देखिएको छ । आगामी दिनमा बजेटमा देखिएका विकृतिलाई सुधार गर्दै नागरिक आशा र भरोसा जगाउने भरपर्दो माध्यमका रूपमा स्थापित गर्नु पर्छ ।
२. उपभोक्ताको अधिकार संरक्षण गर्न वस्तु तथा सेवाको नियमन गर्दा सरकारले गर्नुपर्ने कार्य उल्लेख गर्नुहोस् । कुनै वस्तु वा सेवाको उपभोग गर्ने सबै व्यक्ति वा संस्था उपभोक्ता हुन् । नेपालको संविधानले उपभोक्ताको हकलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । उपभोक्ताको अधिकार संरक्षण र प्रचलन गराउने प्रमुख दायित्व राज्यको हो । उपभोक्ता संरक्षण ऐनबमोजिम उपभोक्ताको अधिकार संरक्षण गर्दा सरकारको नियामकीय भूमिका अन्तर्गत देहायका कार्य सम्पादन गर्नुपर्ने हुन्छ :
– वस्तु वा सेवाको गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्था सम्बन्धी नीति कार्यान्वयन गर्ने,
– उपभोक्ताको हकहितमा प्रतिकूल असर पर्ने वा पर्न सक्ने एकाधिकार वा अनुचित व्यापारिक व्रिmयाकलापको रोकथाम र नियन्त्रण गर्न आवश्यक कार्य गर्ने,
– देशभित्र खपत हुने वस्तु वा सेवाको माग र आपूर्ति स्थितिको निरन्तर विश्लेषण तथा समीक्षा गरी स्वच्छ बजार कायम गर्ने, – वस्तु तथा सेवाका उत्पादक, विव्रmेता वा वितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने,
– उपभोक्तालाई उचित मूल्य र सहज रूपमा खाद्य तथा अन्य वस्तुको आपूर्ति सुनिश्चित गर्न नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निजी फर्म वा कम्पनीमार्फत आपूर्तिको सहज व्यवस्था गर्ने,
– कुनै विशेष परिस्थितिमा वा कुनै ठाउँ विशेषमा तोकिएको अवधिका लागि वस्तुको अधिकतम मौज्दातको परिमाण तोक्ने, – नेपालभित्र उत्पादित कुनै खाद्य वस्तुको अभाव भएमा त्यस्तो खाद्य वस्तुको निश्चित परिमाण निर्धारण गरी तोकिएको मूल्यमा उत्पादकबाट खाद्य वस्तु प्राप्त गर्ने र सर्वसाधारणलाई बिव्रmी गर्ने,
– थोक तथा खुद्रा व्यवसायलाई व्यवस्थित गरी सामान्यतया मूल्यमा एकरूपता कायम गर्न आवश्यक व्यवस्था गर्ने, – उपभोक्ताको अधिकार संरक्षण गर्न र आपूर्ति व्यवस्थालाई नियमित गर्नका लागि कुनै वस्तु वा सेवाको कृत्रिम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गर्ने,
– वस्तुको बिव्रmीवितरण प्रणालीलाई नियमित गर्ने,
– अनुपयुक्त तरिकाले अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने काम वा अनुचित व्यापारिक व्रिmयाकलापलाई नियन्त्रण गर्ने ।
– नेपाल सरकारले उपभोक्ताको अधिकारको संरक्षण गर्न नियमित रूपमा वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, लेबल, विज्ञापन आदिको नियमन गर्दछ । यस्तो नियमन अन्तर्गतका कार्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत हुने गर्छन् ।
३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पाँचौँ रणनीतिक योजनाका मूलभूत पक्ष चर्चा गर्दै नेपालमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्न यस योजनाले तय गरेका रणनीति उल्लेख गर्नुहोस् ।
नेपालको संविधानले सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गर्ने जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रदान गरेको छ । सोहीबमोजिम आयोगले भ्रष्टाचारको अनुसन्धान गरी सक्षम निकायमा मुद्दा दायर गर्दै आएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन कार्यलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउन आयोगले रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । पाँचौँ रणनीतिक योजना – आव २०८१/८२–२०८५/८६) का मूलभूत पक्ष यस प्रकार छन्
क) दूरदृष्टिः भ्रष्टाचारमुक्त र सदाचारयुक्त सार्वजनिक क्षेत्र ।
ख) ध्येयः विकासका प्रतिफल र सार्वजनिक सेवामा जनताको सन्तुष्टि अभिवृद्धि हुने गरी भ्रष्टाचार न्यूनीकरण गर्ने ।
ग) उद्देश्यः उपचारात्मक, निरोधात्मक र प्रवर्धनात्मक विधिको अवलम्बन र आयोगको संस्थागत क्षमता सुदृढीकरणमार्फत भ्रष्टाचार न्यूनीकरण गर्नु ।
घ) मूल्यमान्यताः आयोगका कामकारबाही, निर्णय र व्यवहार देहायका मूलभूत मूल्यमान्यतामा आधारित रहनुका साथै यिनै मूल्यमान्यताको प्रवर्धनमा केन्द्रित हुने ।
– सदाचारिता,
– निष्पक्षता,
– निर्भीकता,
– पेसागत विशिष्टता,
– प्रमाणमा आधारित अनुसन्धान र अभियोजन ।
रणनीतिः योजनाको उद्देश्य हासिल गर्न देहायका रणनीति तय गरिएको छ ।
क) उपचारात्मक रणनीति : भ्रष्टाचारजन्य कसुरसम्बन्धी अनुसन्धान र अभियोजनको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्ने ।
ख) निरोधात्मक रणनीति : भ्रष्टाचारको रोकथामसम्बन्धी विद्यमान नीति, कानुन तथा कार्यप्रक्रिया सुधार गर्न सहजीकरण गर्नुका साथै सार्वजनिक निकाय र पदाधिकारीको जवाफदेहिता प्रवर्धन गर्न समन्वय गर्ने ।
ग) प्रवर्धनात्मक रणनीति : सार्वजनिक क्षेत्रमा सुशासन एवं सदाचारिता अभिवृद्धिका लागि सरोकारवाला निकायसँग समन्वय र साझेदारी गर्ने ।
घ) संस्थागत विकास रणनीति : रणनीतिक योजनाले लिएका उद्देश्य हासिल गर्न सङ्गठन, जनशक्ति, सूचना प्रविधि र भौतिक स्रोतसाधनको व्यवस्थापनमा सुधार गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने ।
४. सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम उल्लेख गर्नुहोस् ।
सङ्घीय संसद्को स्वीकृतिबेगर पनि आवश्यकता र औचित्यताका आधारमा खर्च गर्न सकिने रकमलाई सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम भनेर बुझिन्छ । नेपालको संविधानको धारा ११८ ले सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने भनी देहायका विषयसँग सम्बन्धित खर्च उल्लेख गरेको छ :
क) नम्न व्यक्तिको पारिश्रमिक तथा सुविधाको रकम
– राष्ट्रपति र उपराष्ट्रपति,
– प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीश,
– न्याय परिषद्का सदस्य,
– प्रतिनिधि सभाका सभामुख र उपसभामुख,
– राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष,
– संवैधानिक निकायका प्रमुख र पदाधिकारी,
– प्रदेश प्रमुख ।
ख) निम्न कार्यालयको प्रशासनिक व्यय
– राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालय,
– सर्वोच्च अदालत,
– न्याय परिषद्,
– संवैधानिक निकाय र
– प्रदेश प्रमुखको कार्यालय ।
ग) नेपाल सरकारको दायित्वको ऋणसम्बन्धी व्ययभार,
घ) नेपाल सरकारविरुद्ध अदालतबाट भएको फैसला वा आदेश अनुसार तिर्नुपर्ने रकम,
ङ) सङ्घीय कानुनबमोजिम सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम ।
– अन्त्यमा सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकमको विषयमा सङ्घीय आर्थिक कार्यप्रणाली अन्तर्गत उल्लेख गरिएको छ । यस व्यवस्थाले संवैधानिक अङ्ग, संवैधानिक निकाय र संविधानमा व्यवस्था गरिएका अन्य निकाय वा पदाधिकारीको कार्यगत स्वायत्ततालाई सम्मान गरेको देखिन्छ ।
५. नेपाल राजपत्रका भागका बारेमा सङ्क्षिप्त जानकारी प्रस्तुत गर्दै नेपाल राजपत्र प्रकाशन प्रक्रिया लेख्नुहोस् ।
नेपाल राजपत्र नेपाल सरकारको आधिकारिक प्रकाशन हो । विधायिकाबाट पारित भएका ऐन, सरकारले जारी गरेका अध्यादेश, नियम र महत्वपूर्ण सूचना राजपत्रमा प्रकाशित गरिन्छ । कानुन, सरकारी आदेश र अधिकारपत्र तथा सरकारका महत्वपूर्ण सूचना प्रकाशन गरिने भएकाले नेपाल राजपत्रलाई नेपाल सरकारको आधिकारिक मुखपत्रसमेत भन्ने गरिन्छ ।
केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावली, २०६३ बमोजिम प्रमाणीकरण भएका सार्वजनिक लिखत सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्छ । राजपत्रमा प्रकाशन हुने सामग्रीको महŒव र गाम्भीर्यतालाई दृष्टिगत गरी राजपत्रमा निम्नानुसारका सामग्री समावेश गरी छ भागमा प्रकाशन गरिन्छ ।
क) भाग १ – यस भागमा संविधान वा संविधान सरहका घोषणापत्र प्रकाशन गरिन्छ ।
ख) भाग २ – यस भागमा सङ्घीय संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएका ऐन तथा अध्यादेश प्रकाशन गरिन्छ ।
ग) भाग ३ – यसमा मन्त्रीपरिषद्बाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश प्रकाशन गरिन्छ ।
घ) भाग ४ – संविधान अन्तर्गतका नियुक्ति तथा सूचनालाई यस भागमा समावेश गरिन्छ ।
ङ) भाग ५ – ऐन नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णयबमोजिम राजपत्रमा प्रकाशन गर्नुपर्ने भनी उल्लेख भएका सूचना यस भागमा प्रकाशन गरिन्छ ।
च) भाग ६ – नेपाल पक्ष भएका सन्धि तथा सम्झौता यस भागमा प्रकाशन गरिन्छ । नेपाल राजपत्र प्रकाशन प्रक्रिया
– राजपत्रमा प्रकाशन हुने सामग्री नेपाल सरकार, संवैधानिक अङ्ग तथा नेपाल सरकारको सरोकारवाला मन्त्रालयबाट उपलब्ध भएपछि मात्र प्रकाशन हुने,
– प्रकाशनका लागि उपलब्ध सामग्रीमध्ये ऐन, अध्यादेश वा सन्धि भए कानुन मन्त्रालयको सचिवले प्रमाणित गरेको हुनुपर्ने,
– नियम प्रकाशन गर्नुपर्ने भएमा सम्बन्धित मन्त्रालयको सचिवले प्रमाणित गरेको हुनुपर्ने,
– अन्य सूचना प्रकाशन गर्नुपर्ने भए जुन मन्त्रालयबाट प्रकाशन हुने हो सोही मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी पठाएको हुनुपर्ने,
– प्रकाशन गरिने सूचना कानुन मन्त्रालयबाट अनिवार्य रूपमा सम्पादन गरिएको हुनुपर्ने,
– नेपाल राजपत्रलाई दुई तरिकाले प्रकाशन गरिने । पहिलो, नियमित अङ्क – सङ्ख्या), जसमा ऐन र अध्यादेशबाहेक संवैधानिक अङ्गका सूचना र नेपाल सरकार मन्त्रीपरिषद्बाट पारित भएका सबै सूचना र नियमावली प्रकाशन गरिन्छ । साबिकमा हप्तामा एक पटक नियमित अङ्कको प्रकाशन हुने गरेकामा २०७८ फागुन १९ देखि हप्ताको दुई पटक सोमबार र बिहीबार नेपाल राजपत्रको नियमित अङ्कको प्रकाशन हुने गरेको छ, दोस्रो, अतिरिक्ताङ्क, जसमा नेपाल सरकारले निर्णय गरेकै मिति उल्लेख गरी संविधान, ऐन, अध्यादेश, नियमावली तथा मन्त्रीपरिषद्बाट पारित जरुरी सूचना सरकारले तोकेकै मितिदेखि लागु हुने गरी प्रकाशन गरिन्छ ।
– अन्त्यमा नेपाल सरकारका कानुनी दस्ताबेज तथा महत्वपूर्ण सूचना आधिकारिक रूपमा खुलासा गर्ने माध्यम नेपाल राजपत्र हो । राजपत्र प्रकाशनले नागरिकको सुसूचित हुने हकको प्रचलन गराउन र सरकारका निर्णय र कामकारबाहीका बारेमा नागरिकलाई जानकारी गराई पारदर्शिता प्रवर्धन गर्न सहयोग गरेको छ ।
प्रस्तुतकर्ता : अर्जुन शर्मा





