हावापानीका आधारमा नेपालको विभाजन

हावापानीका आधारमा नेपालको विभाजन

नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइका आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छः

(क) उपोष्ण मनसुनी हावापानी (Sub Tropical Monsoon Climate)

अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाबर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । ग्रीष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक गर्मी हुन्छ । विशेषतः भैरहवा, नेपालगन्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ, सुर्खेतजस्ता भित्री मधेसमा पनि गर्मी धेरै नै हुन्छ ।


(ख) न्यानो समशीतोष्ण हावापानी (Warm Temperate Climate)

चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्मयाममा न्यानो हुन्छ भने शिशिरमा बढी ठन्डा हुन्छ । ग्रीष्म ऋतुमा तापक्रम २४ देखि ३१ डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउँदमा ० डिग्री से. सम्म ओर्लिन्छ । नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुँदा दक्षिणको भिरालो ठाउँमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।


(ग) ठन्डा समशीतोष्ण हावापानी (Cool Temperate Climate)

 महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम ग्रीष्ममा १५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिउँ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतिपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।


(घ) लेकाली हावापानी (Alpine Climate)

नेपालमा समुद्री सतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००–१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठन्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ । यहाँको तापक्रम चैत, वैशाख, जेठमा १० ० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ । यहाँ वर्षामा  ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतीपाती हुँदैन, तर यहाँका ठुला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।


(ङ) ध्रुवीय वा हिमाली हावापानी (Tundra Climate)

हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुन्ड्रा हावापानी भनिन्छ । यहाँ सधैँजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार मि. (१६००० फिट) भन्दा माथिको भूभागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुने हुँदा यहाँ मध्याह्नपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरुभूमि जलवायु पनि भन्ने गरिन्छ ।

मनपरे सेयर गर्नुहोस्
  • Related Posts

    Governmental Websites of Nepal

    सम्पूर्ण सरकारी वेबसाइटहरु । प्रमुख कार्यालय । संवैधानिक निकाय । मन्त्रालय । विभाग । सार्वजनिक संस्थान । विश्वविद्यालय । सञ्चार माध्यम । नेपाल सरकार | सम्पूर्ण सरकारी तथा आधिकारिक पोर्टलहरू…

    मनपरे सेयर गर्नुहोस्

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    Saraswati Ma V Bijgada Result 2082 श्री सरस्वती माध्यमिक विद्यालय बिजगडा बझाङको कक्षा १-९ सम्मको नतिजा Saraswati Ma V Bijgada Result 2082 Saraswati Ma V Bijgada Result 2082 Class-1 Result…

    मनपरे सेयर गर्नुहोस्

    You Missed

    Governmental Websites of Nepal

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    • By Laxmi
    • २०८२-१२-२८
    • 0
    • 334 views
    श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    • By Laxmi
    • २०८२-१२-१६
    • 0
    • 208 views
    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    • By Laxmi
    • २०८२-११-१४
    • 0
    • 72 views
    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    सूचना

    • By Laxmi
    • २०८२-११-१४
    • 0
    • 81 views
    सूचना
    नेपालका संविधान र कानुनहरु