स्थानीय विषय हाम्रो बुङ्गल पाठ्यक्रममा मुल्यांकन प्रक्रिया कस्तो छ ?

Hamro Bungal Evaluation System Class 4-8
स्थानीय पाठ्यक्रम हाम्रो बुङ्गल अनुसार विशिष्टिकरण तालिका तथा आन्तरिक मुल्यांकन निर्देशिका २०८२ निर्माण कार्यमा पाठ्यक्रम कार्यदलका संयोजक श्री देवराज जोशी र र कार्यदलका सदस्य सचिव श्री गोपाल कुवँरको अभुतपूर्व सहयोग रहेको छ । यो निर्देशिका लेखन र कम्प्युटर टाइपिङमा पाठ्यक्रम निर्माण कार्यदलका सदस्य तथा श्री सरस्वती माध्यमिक विद्यालय, बिजगडाका माध्यमिक तहका शिक्षक श्री लक्ष्मीप्रसाद जोशीको महत्वपूर्ण सहयोग रहेको छ । यो विशिष्टिकरण तालिका तथा आन्तरिक मुल्यांकन निर्देशिका २०८२ यस बर्ष परीक्षण कै रुपमा रहने र स्थानीय आम बुद्धिजीबी बर्गको सुझाव सल्लाह अनुसार आवश्यक परिमार्जन गरि २०८२ देखि पूर्ण कार्यान्वयन हुने गरि तयार पारिएको छ । विशिष्टिकरण तालिका तथा आन्तरिक मुल्यांकन निर्देशिका २०८२ तयार गर्ने क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग सुझाव दिनुहुने नगर प्रमुख श्री जय बहादुर धामी, नगर उपप्रमुख श्री धनबहादुर बोहरा र निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री माधव प्रसाद जोशी ज्यू लाई हृदय देखि नै आभार प्रकट गर्दछौँ । साथै यस विशिष्टिकरण तालिका तथा आन्तरिक मुल्यांकन निर्देशिका २०८२ मा रहेका कमिकमजोरी र त्रुटीहरुलाई औँल्याइ अगामी संस्करणमा बैधता र विश्वसनियता कायम गर्दै अझै नवीनतम् र बैज्ञानीक मुल्यांकन प्रणाली मार्फत विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्दै सर्व स्वीकार्य बनाउन यहाँहरुको अमूल्य सुझावको अपेक्षा गर्दछौँ ।
शिक्षा, युवा तथा खेलकुद शाखा, बुङ्गल नगरपालिका,
खिरातडी, बझाङ्ग
२०८२
Hamro Bungal Evaluation Download
तलका सामग्रीहरु पनि पढ्नुहोस् ।
-
-
अन्य लिंक
-
















































