Evaluation System In Nepal

Internal Evaluation class 1-12
मुल्यांकन प्रक्रिया प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्म

+ मा क्लिक गरेर सबै तहको मुल्यांकन प्रक्रिया हेर्न सकिने छ ।
प्रारम्भिक बाल विकास कक्षा
प्रारम्भिक बालविकास र शिक्षामा बालबालिकाको मूल्याङ्कन गर्दा अनौपचारिक रूपले उनीहरूका दैनिक क्रियाकलापलाई निरन्तर अवलोकन गरी विकास तथा सिकाइको अभिलेखीकरण गर्नुपर्ने छ । प्रारम्भिक बालविकास उमेरका बालबालिकाहरूको मूल्याङ्कन निरन्तर रूपमा भइरहनुपर्दछ । बालविकासका सबै पक्षलाई समेटेर बालबालिकाका क्रियाकलापहरूको अवलोकन र ती क्रियाकलापहरूको अभिलेखका आधारमा बालबालिकाको मूल्याङ्कन गर्दा उनीहरूको प्रगतिको गति र यथास्थितिको जानकारी हुन्छ । यसबाट सुधार गर्नुपर्ने पक्ष र सबल पक्षको जानकारी प्राप्त भई सुधार गर्नुपर्ने पक्षमा सहयोग पुऱ्याउन सजिलो हुन्छ । बालबालिकाको मूल्याङ्कन गर्दा उत्प्रेरणात्मक ढङ्गले सुधारात्मक प्रक्रिया अवलम्बन गरी शिक्षकले बालबालिकाको आवश्यकताअनुसार सिकाइमा सहयोग पुऱ्याउनुपर्छ ।
-बालबालिकाको दैनिक क्रियाकलापका आधारमा के, कति कहिले, र कसरी सिके भन्ने अवलोकन गर्ने गर्नुपर्दछ । बालबालिकालाई औपचारिक परीक्षा दिन लगाउनु हुँदैन । सञ्चित अभिलेख राखी व्यक्तिगत फाइल खडा गर्नुपर्दछ ।
-बालबालिकाको मूल्याङ्कन गर्ने क्रममा कहाँ, कस्तो, के र किन कमजोरी छ भन्ने पत्ता लगाउने तरिकाहरू अपनाउनुपर्छ ।
-बालबालिकाको प्रगतिलाई उनीहरूले गरेका क्रियाकलापका आधारमा टिपोटका रूपमा अभिलेख राखी ती टिपोट त्रैमासिक रूपमा अभिभावकलाई जानकारी गराउनुपर्छ । शैक्षिक सत्रको अन्त्यमा ती टिपोटलाई प्रतिवेदनका रूपमा तयार गरी बालविकास केन्द्रबाट विद्यालयमा भर्ना हुन जाँदा दिने गर्नुपर्छ ।
- राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६
कक्षा १-३ मुल्यांकन प्रक्रिया
कक्षा १-३ मा विद्यार्थी मूल्याङ्कन गर्नुको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ सुधार गर्नु भएकाले मूल्याङ्कनलाई शिक्षण सिकाइ क्रियाकलापकै अभिन्न अङ्गका रूपमा विकास तथा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारिएको छ। त्यसमा मूल्याङ्कनका सम्भाव्य विधि, प्रक्रिया, तरिका तथा साधनहरू उल्लेख गरिएको छ। यहाँ यस पाठ्यक्रमको मूल्याङ्कन खण्डमा उल्लिखित उद्देश्य प्राप्तिका लागि मूल्याङ्कन विधि, प्रक्रिया, तरिका तथा साधनहरूको प्रयोग तथा नतिजाको अभिलेखीकरणसम्बन्धी तरिका तथा साधन र तिनको प्रयोग गर्ने तरिका विषयक्षेत्रगत रूपमा समावेश गरिएको छ ।
मूल्याङ्कन गर्ने तरिका
१. प्रत्येक विद्यार्थीले प्रत्येक विषयक्षेत्रका सिकाइ उपलब्धिमा केकति उपलब्धि हासिल गरे भनी मूल्याङ्कनका उपयुक्त साधन प्रयोग गरी परीक्षण गरेर यकिन गर्नुपर्छ ।
२. विद्यार्थीको उपलब्धिस्तरलाई तलको तालिकाअनुसार १ देखि ४ स्तरमा रेटिङ गरी विषयक्षेत्रअनुसारको सिकाइ उपलब्धिमा अभिलिखित गर्नुपर्छ । उपलब्धिस्तर
मापन उपलब्धिस्तरको सामान्य व्याख्या
कमजोर (Below) १ मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको, सबैजसो सिकाइ उपलब्धिका लागि सुधारात्मक सिकाइ आवश्यक भएको
सामान्य (Basic) २ मुख्य सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भएको राम्रो (Proficient) ३ मुख्य सिकाइ उपलब्धि धेरै जसो हासिल गरेको र सुधारात्मक सिकाइ आवश्यक भएको
उच्च (Advanced) ४ मुख्य सिकाइ उपलब्धि हासिल गरेको साथै माथिल्लो स्तरको उपलब्धि हासिल गरेको
उल्लिखित मापदण्ड विद्यार्थीको स्तर पहिचान गर्ने सामान्य आधार मात्र भएकाले विषयक्षेत्रगत रूपमा उल्लिखित आधार र व्याख्या थप विशिष्ट स्वरूपको हुनेभएकाले विद्यार्थी मूल्याङ्कन गर्दा त्यसैलाई प्रयोग गर्नुपर्छ ।
कक्षा १-३ मुल्यांकन प्रक्रिया
३. सामान्यतया प्रत्येक सिकाइ उपलब्धि मापनपछि नतिजा विद्यार्थीलाई जानकारी गराउने, किन यस्तो भयो छलफल गर्ने, विद्यार्थीलाई स्वप्रत्यावर्तनको अवसर दिने र सुधारका उपाय तय गर्नुपर्दछ भने प्रत्येक विषयक्षेत्र वा थिमको सिकाइपश्चात् प्रत्येक सिकाइ उपलब्धि र औसत उपलब्धिसहित अभिभावक र शिक्षकले छलफल गरी सिकाइ सुधार तथा भावि सिकाइका योजना तय गर्नुपर्छ। प्रत्येक थिमको सिकाइपछि अभिभावकसँग छलफल गर्नु विद्यार्थीको सिकाइ सुधारका दृष्टिले उपयुक्त भए पनि छोटोछोटो समयको अन्तरालमा अभिभावसँग छलफल सबैका लगि सम्भव नहुन सक्ने कुरालाई विचार गरेर तीनदेखि चार महिनाको अन्तरालमा सो अवधिको सिकाइ भएका थिमको मूल्याङ्कन नतिजासहित विद्यार्थीको सिकाइ प्रगति तथा कठिनाइका विषयमा अभिभावकसँग छलफल गरी आवश्यकतानुसार सिकाइ सुधारका उपाय पहिचान गर्न सकिन्छ ।
४. नतिजा र सिकाइ सुधार तथा भावी सिकाइ योजना तय गर्दा सम्बन्धित विद्यार्थी सबल पक्ष, रुचि र कठिनाइलाई ध्यान दिनुपर्छ । यसका लागि यस प्रक्रियामा विद्यार्थीलाई पनि सहभागी गराउनुपर्छ ।
विद्यार्थी मूल्याङ्कनको अभिलेख तथा कार्यसञ्चयिका व्यवस्थापन
१. विषयक्षेत्रगत रूपमा प्रत्येक विद्यार्थीको कार्यसञ्चयिका फाइलमा निम्नअनुसार व्यवस्थित गरी राख्नुपर्छ :
-विषयक्षेत्रगत रूपमा प्रत्येक थिम वा विषयक्षेत्रको मूल्याङ्कन अभिलेख विद्यार्थीको कार्यसञ्चयिका फाइलमा सिलसिलाबद्ध गरी राख्नुपर्छ । -कार्यसञ्चयिका फायलमा विद्यार्थीको प्रगति स्पष्ट हुने सहयोग पुग्ने खालमा विद्यार्थीका नमुना कार्य तथा सिर्जनाहरू समयबद्धरूपमा सिलसिल मिलाई राख्नुपर्छ । यसमा जुनसुकै कार्य समावेश नगरी उपलब्धिस्तर झल्काउने प्रतिनिधि कार्यहरूमात्र समावेश गर्नुपर्छ । यसमा यतिनै कार्य समावेश गर्नुपर्छ भन्नु उपयुक्त नभए पनि विषयवस्तुको प्रत्येक क्षेत्र वा यिमबाट १ देखि ३ कार्य तथा समग्रमा विषयक्षेत्रगत रूपमा गरिने पाँचओटासम्म सिर्जनात्मक कार्य समावेश गर्नु उपयुक्त हुन सक्छ । -कार्यसञ्चयिका फाइलमा समावेश गरिएका कार्य तथा अभिलेखहरूको समयबद्ध सूची भित्री कभरपृष्ठमा राखिनुपर्छ ।
-प्रत्येक विद्यार्थीको कक्षा १ मा तयार गरिएको कार्यसञ्चयिका फाइललाई नै कक्षा ३ सम्म निरन्तर गर्नुपर्छ । शिक्षक परिवर्तन भएमा फायल हस्तान्तरण गर्नुपर्छ । २. विद्यार्थीको कार्यसञ्चयिकालाई निम्नअनुसार प्रयोग सकिन्छ :
-शिक्षकले विद्यार्थीको सिकाइ प्रगतिको अनुगमन गर्न, सिकाइ योजना तथा सिकाइ सुधारको योजना बनाउन
-विद्यार्थीले आफ्‌नो कार्य तथा सिकाइ प्रगति तथा कमजोरीको जानकारी प्राप्त गरी सिकाइ सुधारमा लाग्न र आफ्‌नो कार्य र उपलब्धिबारे आत्मविश्वास पैदा गर्न तथा थप कार्य तथा उपलब्धिका लागि प्रोत्साहित हुन
-अभिभावकले विद्यार्थीले कार्य तथा सिकाइ प्रगति तथा कमजोरीको जानकारी प्राप्त गरी सिकाइ सुधारमा सहयोग गर्न
-विद्यालयले विद्यार्थीको सिकाइको प्रमाणका रूपमा लिई अग्रिम सिकाइ अवसर प्रदान गर्न, सबै विद्यार्थीलाई प्रोत्साहन गर्न, शिक्षक विकास तथा प्रोत्साहन कार्यको योजना गर्न र जवाफदेहिता व्यक्त गर्न
-विद्यालय व्यवस्थापनले विद्यालय समुदाय सुधार गरी सिकाइ वातावरण सुधार गर्न
विषयक्षेत्रगत रूपमा मूल्याङ्कन गर्ने तरिका तथा अभिलेख फारामहरू
१. मुख्य सिकाइ उपलब्धिलाई विद्यार्थीको सिकाइ स्तरअनुसार १ देखि ४ सम्म रेटिङ गर्नुपर्छ । विद्यार्थीको सिकाइ स्तर पहिचान गर्नका लागि प्रयोग गर्न सकिने केही साधनका उदाहरण यहाँ दिइएको छ । शिक्षकले विद्यार्थीको मूल्याङ्कन गर्दा प्रयोग गरेका साधनमध्ये फाराममा उल्लेख भएमा त्यसमा चिहन लगाउने र अन्य साधन प्रयोग गरेको भए सो साधनको उल्लेख सोही लहरमा उल्लेख गर्नुपर्छ ।
२. हरेक मुख्य सिकाइ उपलब्धिको हासिल भयो वा भएन भनी यकिन गनुपर्छ । यसका लागि एउटा सिकाइ उपलब्धि परीक्षण गर्न एकभन्दम बढी मूल्याङ्कन साधन आवश्यक हुन पनि सक्दछ भने कतिपय अवस्थामा एउटै साधन वा एकै पटकको परीक्षणबाट एकभन्दा बढी सिकाइ उपलब्धि पनि परीक्षण गर्न सकिने कुरालाई शिक्षकले विचार गर्नुपर्दछ ।
३. सबै विद्यार्थीले न्यूनतम सिकाइ स्तर प्राप्त गरी माथिल्लो स्तरको सिकाइको अवसर प्रदान गर्न मूल्याङ्कनले सहयोग गर्नुपर्दछ । यसका लागि नियमित सिकाइ प्रक्रियापछि गरिएको मूल्याङ्कनमा कुनै सिकाइ उपलब्धिमा १ वा २ स्तर मात्र हासिल गर्न सकेमा सुधारात्मक सिकाइ गरी उपलब्धि वृद्धिको सुनिश्चित गरिनुपर्दछ ।
कक्षा १-३ मुल्यांकन प्रक्रिया लागि सुधारात्मक सिकाइपश्चात् विद्यार्थीको पुनः मूल्याङ्कन गरी फाराममा उल्लेखभएअनुसार अभिलेखित गनुपर्छ ।
४. सामान्यतया सबै (प्रत्येक) विद्यार्थीको सिकाइस्तर न्यूनतम ४ पुऱ्याउने गरी सुधारात्मक सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । तसर्थ कुनै पनि विद्यार्थीलाई सिकाइस्तर १, २ वा ३ मै छाड्न भने हुँदैन । कुनै विद्यार्थी पटकपटकको सुधारात्मक सिकाइबाट पनि सिकाइस्तर १ तथा २ भन्दा माथि जान सकेन भने त्यसका कारण पहिचान गरी सुधारका उपाय पहिचान गर्ने र सिकाइ सुधार गर्ने प्रयोजनका लागि उपचारात्मक शिक्षण सिकाइ आवश्यक हुनसक्छ । उपलब्धि स्तर ३ प्राप्त गर्ने विद्यार्थीलाई पनि मुख्य तथा माथिल्लो उपलब्धि हासिल गर्ने अवसर प्रदान गरिनुपर्दछ । शिक्षण सिकाइका क्रममा उपलब्धि स्तर ४ पुऱ्याउनु अपेक्षित छ ।
५. विषयक्षेत्र तथा थिमअन्तर्गतका सिकाइ उपलब्धिको अङ्कन गरिसकेपछि विषयक्षेत्र तथा थिमको समग्र उपलब्धि प्रतिशत निकाल्नुपर्छ ।

-राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र आन्तरिक मुल्यांकन मापदण्ड २०८०
कक्षा ४-५ मुल्यांकन प्रक्रिया

विद्यालय तहमा विद्यार्थी उपलब्धि मूल्याङ्कनका लागि निर्माणात्मक मूल्याङ्कन प्रक्रिया अवलम्बन गरी सिकाइ सुधारका लागि निरन्तर पृष्ठपोषण प्रदान गरिनुका साथै निर्णयात्मक मूल्याङ्कन प्रक्रियालाई अवलम्बन गरी विद्यार्थीको सिकाइस्तर निर्धारण गर्नुपर्छ ।
(क) निर्माणात्मक मूल्याङ्कन निर्माणात्मक मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइ स्तरमा सुधार गर्नु हो । यसका लागि शिक्षकले विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धिका आधारमा पटक पटक सिकाइ अवसर प्रदान गर्नुपर्ने छ । विद्यालय तहको निर्माणात्मक मूल्याङ्कनमा कक्षागत सिकाइ सहजीकरणको अभिन्न अङ्गका रूपमा कक्षाकार्य, प्रयोगात्मक तथा परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक कार्य, गृहकार्य, एकाइ परीक्षा, मासिक तथा त्रैमासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग गर्न सकिने छ । यस्तो मूल्याङ्कनमा विद्यावीको अभिलेख राखी सिकाइ अवस्था यकिन गरी सुधारात्मक तथा उपचारात्मक सिकाइबाट सुधार गर्ने पक्षमा जोड दिइने छ । विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीका लागि विषय शिक्षकले ने उपयुक्त प्रक्रिया अपनाई मूल्याङ्कन गर्नुपर्ने छ ।
निर्माणात्मक मूल्याङ्कनका क्रममा प्रामाणिक मूल्याङ्कन र विषयगत रेकर्डलाई उपयोग गर्नुपर्ने छ। प्रामाणिक मूल्याङ्कन (Authentic assessment) एक अनौपचारिक मूल्याङ्कन प्रक्रिया भए‌काले यसमा अवलोकन, रुजुसूची र कार्यसञ्चयिकालाई समावेश गर्नुपर्ने छ । विषयगत रेकर्ड (Anecdotal record) विद्यार्थीको प्रतिका बारेको लिखित तथा रेकर्डमा प्रस्तुत गरिने पृष्ठपोषणमा आधारित हुन्छ । आमनेसामने विधिवाट कक्षा र मूल्याङ्कन सञ्चालन हुन नसक्ने अवस्थामा यस विधिलाई उपयोग गर्नुपर्ने छ। निर्माणात्मक मूल्याङ्कनको नतिजालाई विषयगत पाठ्यक्रममा तोकिएअनुसार अभिलेखीकरण गर्नुपर्छ ।
(ख) निर्णयात्मक मूल्याङ्कन आधारभूत तह (कक्षा ४ र ५) मा निम्नानुसार निर्णयात्मक मूल्याङ्कन गर्नुपर्ने छ
(ञ) निर्माणात्मक मूल्याङ्कनबाट प्राप्त नतिजामा आधारित आन्तरिक मूल्याङ्कन ५० प्रतिशत भार तथा अन्तिम परीक्षाको नतिजाका आधारमा ५० प्रतिशत भार निर्धारण गरी निर्णयात्मक मूल्याङ्कन गर्नुपर्ने छ ।
(आ) निर्माणत्मक मूल्याङ्कनका सामान्य आधार निम्नानुसार हुने छन्। अन्य आधार विषयगत पाठ्यक्रममा तोकिएअनुसार हुने छन् । कक्षा ४-५ मुल्यांकन प्रक्रिया
सि.नं. मूल्यांकनका आधार भार
१ सहभागिताः कक्षा सहभागिता र सिकाइमा सक्रियता ४
२ प्रयोगात्मक कार्य, परियोजना कार्य वा अन्य कार्यकलाप ३६
३ त्रैमासिक परीक्षा १०
जम्मा ५०
प्रयोगात्मक कार्य, परियोजना कार्य वा अन्य कार्यकलापको विस्तृत विवरण विषयगत पाठ्यक्रममा दिइएको छ। एक शैक्षिक वर्षमा कम्तीमा दुईओटा त्रैमासिक परीक्षा सञ्चालन गर्नुपर्ने छ र निर्णयात्मक मूल्याङ्कनमा कम्तीमा दुईओटा त्रैमासिक परीक्षाको नतिजाका आधारमा अड्कभार समावेश गर्नुपर्ने छ ।
(इ) अपाङ्गता भएका तथा विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूलाई परीक्षामा केही खास खास विषयहरूमा अरू साधारण विद्यार्थीहरूलाई दिइने प्रश्नभन्दा अलग प्रश्न बनाई मूल्याङ्कन गर्नुपर्ने छ। विशेष आवश्यकता भएका विद्याधर्थीका लागि परीक्षाको समय थप गर्न सकिने छ। विद्यार्थी मूल्याङ्कन गर्दा शिक्षकले अपाङ्गता भएका र विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूका लागि उपयुक्त हुने मूल्याङ्कन प्रक्रिया अपनाउनुपर्ने छ। विशेष आवश्यकता भएका विद्यार्थीको मूल्याङ्कन गर्दा आवश्यकताअनुसार दृश्य तथा ठुला मुद्रित सामग्री, स्पर्शात्मक सामग्रीलगायतको उपयोग गर्नुपर्ने छ। प्रतिक्रियामा आधारित मूल्याङ्कनका लागि उपकरण, टङ्कण, साङ्केतिक भाषा वा सङ्केत प्रयोग गर्न उत्प्रेरित गर्नुपर्ने छ। कठिन तहको अपाङ्गता भएका विद्यार्थीलाई उनीहरूको स्तर, संथ र आवश्यकताका आधारमा समय तालिका बनाई सोअनुसार मूल्याङ्कन गर्नुपर्ने छ ।
-राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र आन्तरिक मुल्याङ्कन मापदण्ड २०८०

कक्षा ६-८ विद्यार्थी मूल्याङ्कन प्रक्रिया

विद्यालय तहमा विद्याधी उपलब्धि मूल्याड्कनका लागि आन्तरिक मूल्याङ्कन प्रक्रिया अवलम्बन गरी सिकाइ सुधारका लागि निरन्तर पृष्ठपोषण प्रदान गरिनुका साथै निर्णयात्मक मूल्याङ्कन प्रक्रियालाई अवलम्बन गरी विद्यार्थीको सिकाइस्तर निर्धारण गर्नुपर्छ ।

(क) आन्तरिक मूल्याङ्कन आन्तरिक मूल्याङ्कनको मुख्य उद्देश्य विद्यार्थीहरुको सिकाइ स्तरमा सुधार गर्नु हो । यसका लागि शिक्षकले विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धिका आधारमा पटक पटक सिकाइ अवसर प्रदान गर्नुपर्ने छ । विद्यालय तहको आन्तरिक मूल्याङ्कनमा कक्षागत सिकाइ सहजीकरणको अभिन्न अङ्गका रूपमा गृहकार्य, कक्षाकार्य, प्रयोगात्मक तथा परियोजना कार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, एकाइ परीक्षा, मासिक तथा त्रैमासिक परीक्षा जस्ता मूल्याङ्कनका साधनहरूको प्रयोग गर्न सकिने छ । यस्तो मूल्याङ्कनमा विद्यापीको अभिलेख राखी सिकाइ अवस्था यकिन गरी सुधारात्मक तथा उपचारात्मक सिकाइबाट सुधार गर्ने पक्षमा जोड दिइने छ । विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीका लागि विषय शिक्षकले नै उपयुक्त प्रक्रिया अपनाई मूल्याङ्कन गर्नुपर्ने छ ।

आन्तरिक मूल्याङ्कनको नतिजालाई विषयगत पाठ्यक्रममा तोकिएअनुसार अभिलेखीकरण गर्नुपर्छ ।

(ख) निर्णयात्मक मूल्याङ्कन आधारभूत तह (कक्षा ६८) मा निम्नानुसार निर्णयात्मक मूल्याङ्कन गर्नुपर्ने छ:

(अ) आन्तरिक मूल्या‌ङ्कनबाट प्राप्त नतिजामा आधारित आन्तरिक मूल्याङ्कन ५० प्रतिशत भार तथा अन्तिम परीक्षाको नतिजाका आधारमा ५० प्रतिशत भार निर्धारण गरी निर्णयात्मक मूल्याङ्कन गर्नुपर्ने छ ।

(आ) निर्णयात्मक मूल्याङ्कनका अन्य आधार विषयगत पाठ्यक्रममा तोकिएअनुसार हुने छन् ।

(इ) परीक्षामा अपाङ्गता भएका तथा विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूलाई केही खास खास विषयहरूमा अरू साधारण विद्याथीहरूलाई दिइने प्रश्नभन्दा अलग प्रश्न बनाई मुल्याङ्कन गर्नुपर्ने छ । विशेष आवश्यकता भएका विद्यार्थीका लागि परीक्षाको समय थप गर्न सकिने छ। विद्यार्थी मूल्याङ्कन गर्दा शिक्षकले अपाङ्गता भएका र विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूका लागि उपयुक्त हुने मूल्याङ्कन प्रक्रिया अपनाउनुपर्ने छ ।


कक्षा ६-८ विद्यार्थी मूल्याङ्कन प्रक्रिया

शिक्षाको माध्यम

आधारभूत तह (कक्षा ६-८ मा शिक्षणको माध्यम भाषा सामान्यतया मातृभाषा, बहुभाषा वा नेपाली भाषा हुने छ। तर देहायको अवस्थामा विद्यालयमा शिक्षाको माध्यम देहायबमोजिम हुने छ:

(क) भाषा विषय अध्ययन गराउँदा शिक्षाको माध्यम सोही भाषा हुने छ ।

(ख) गणित र विज्ञान तथा प्रविधि विषयको पठनपाठनको माध्यम भाषा अङ्ग्रेजी पनि हुनसक्ने छ ।

(घ) गैरनेपाली नागरिकले नेपालका विद्यालयमा अध्ययन गर्दा नेपाली विषयको स‌ट्टा अन्य कुनै भाषाको विषय अध्ययन गर्न सक्ने र अन्य विषयको हकमा विषय अङ्ग्रेजी वा रोजेको माध्यममा पठनपाठन गर्ने व्यवस्था मिलाउन सकिने छ ।  

- राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र आन्तरिक मुल्यांकन मापदण्ड २०८०

कक्षा ९-१० विद्यार्थी मूल्याङ्‌कन प्रक्रिया

विद्यालय तहमा विद्यार्थी उपलब्धि मूल्याङ्‌कनका लागि निर्माणात्मक वा शिक्षणसिकाइकै क्रममा गरिने निरन्तर मूल्याङ्कन प्रक्रिया अवलम्बन गरी सिकाइ सुधारका लागि निरन्तर पृष्ठपोषण प्रदान गरिनुका साथै आवधिक वा निर्णयात्मक मूल्याङ्कन प्रक्रियालाई अवलम्बन गरी विद्यार्थीको सिकाइस्तर निर्धारण गर्नुपर्छ ।

क) आन्तरिक मूल्याङ्कन आन्तरिक मूल्या‌ङ्कनको मुख्य उद्देश्य विद्याचीहरूको सिकाइ स्तरमा सुधार गर्नु हो । यसका लागि शिक्षकले विद्यार्थीको व्यक्तिगत सिकाइ उपलब्धिका आधारमा पटक पटक सिकाइ अवसर प्रदान गर्नुपर्ने छ। विद्यालय तहको बान्तरिक मूल्या‌ङ्कनमा कक्षागत सिकाइ सहजीकरणको अभिन्न अङ्गका रूपमा गृहकार्य, कलाकार्य, प्रयोगात्मक तथा परियोजना कार्य, सामुदायिक कार्य, कार्य प्रस्तुतीकरण, अतिरिक्त क्रियाकलाप, एकाइ परीक्षा, मासिक तथा त्रैमासिक परीक्षा जस्ता मूल्याङ्‌कनका साधनहरूको प्रयोग गर्न सकिने छ। यस्तो मूल्याङ्कनमा विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्दै सिकाइ उपलब्धिको तथ्यगत अभिलेख (Evidence based Record) राखी सिकाइ अवस्था यकिन गरी सुधारात्मक तथा उपचारात्मक सिकाइबाट सुधार गर्ने पक्षमा जोड दिइने छ । विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीका लागि विषय शिक्षकले नै उपयुक्त प्रक्रिया अपनाई मूल्याङ्‌कन गर्नुपर्ने छ ।

आन्तरिक मूल्या‌ङ्कनको नतिजालाई अभिलेखीकरण गरी विषयगत पाठ्यक्रममा तोकिएअनुसार निश्चित भार आन्तरिक मूल्याङ्‌कनका रूपमा आवधिक मूल्याङ्कनमा समावेश गरिने छ ।


माध्यमिक शिक्षा (कक्षा १२ १०) पाठ्यक्रम, २०७८

(ख) आवधिक मूल्याङ्कन माध्यमिक तहमा निम्नानुसार बावधिक मूल्याङ्‌कन गर्नुपर्ने छ

(अ) निर्माणात्मक मूल्याङ्कनबाट प्राप्त नतिजाका आधारमा आन्तरिक मूल्याङ्कनको र अन्तिम बाह्य परीक्षाको नतिजाका आधारमा तोकिएको भार समावेश गरी विद्यार्थीको निर्णयात्मक मूल्याङ्कन गरिने छ ।

(आ) आन्तरिक मूल्याङ्कनका रूपमा निर्माणात्मक मूल्याङ्कनबाट प्राप्त निम्नअनुसार तोकिएअनुसारको भारको मूल्याङ्कन आवधिक मूल्याङ्‌कनमा समावेश गरिने छ। आन्तरिक मूल्या‌ङ्कनका तरिकामा विषयगत विविधता हुन सक्ने भए पनि निम्नलिखित पक्षको मूल्याङ्कन सबै विषयमा समावेश हुने छ

कक्षा सहभागिताको मूल्याङ्कन विद्यार्थीको नियमितता (उपस्थिति) र कक्षा क्रियाकलापमा सहभागिताको अभिलेखका आधारमा गरिएको मूल्याङ्कन ।


कक्षा ९-१० विद्यार्थी मूल्याङ्‌कन प्रक्रिया

त्रैमासिक परीक्षाहरूका बकका बाधारमा प्राप्त बढ्क पहिलो त्रैमासिक अवधिभरमा पठनपाठन भएका विषयवस्तुबाट पहिलो परीक्षा सञ्चालन गरिने छ भने पहिलो र दोस्रो त्रैमासिक अवधिभरमा पठनपाठन भएका विषयवस्तुबाट दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिने छ ।

प्रयोगात्मक तथा परियोजना कार्यको मूल्याङ्कन

विषयगत पाठ्यक्रममा तोकिएवनुसारका अन्य आधारहरू

(इ) प्रयोगात्मक, सैद्धान्तिक तथा अन्य पक्षको मूल्याङ्कनको भार, विधि तथा साधन सम्बन्धित विषयको पाठ्यक्रममा उल्लेख भएअनुसार हुनुपर्ने छ । सैद्धान्तिक पक्षको मूल्याङ्कनका लागि विशिष्टीकरण तालिका निर्माण गरिने छ ।

(ई) परीक्षामा विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूलाई केही खास खास विषयहरूमा अरू साधारण विद्यार्थीहरूलाई दिइने प्रश्नभन्दा अलग प्रश्नबाट वा अन्य उपयुक्त तरिकाबाट मूल्याङ्कन गर्नुपर्ने छ। विशेष आवश्यकता भएका विद्यार्थीका लागि परीक्षाको समय थप गर्न सकिने छ। विद्यार्थी मूल्याङ्कन गर्दा शिक्षकले अपाङ्गता भएका र विशेष सिकाइ आवश्यकता भएका विद्यार्थीहरूका लागि उपयुक्त हुने मूल्याङ्कन प्रक्रिया अपनाउनुपर्ने छ। विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्दा अक्षराङ्कन पद्धतिलाई उपयोग गर्नुपर्छ ।

शिक्षाको माध्यम


माध्यमिक शिक्षा कक्षा ११ र १२ मा शिक्षणको माध्यम भाषा सामान्यतया नेपाली भाषा हुनेछ। तर देहायको अवस्थामा विद्यालयमा शिक्षाको माध्यम देहायबमोजिम हुनेछ

(क) भाषा विषय अध्ययन गराउँदा शिक्षाको माध्यम सोही भाषा हुने छ ।

(ख) सामाजिक अध्ययन र मानवमूल्य शिक्षा वा चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुहरूबाहेक अन्य विषयहरूमा पठनपाठनका लागि माध्यम भाषा अङ्ग्रेजी पनि प्रयोग गर्न सकिने छ ।

(ग) शास्त्रीय विषयहरूको पाठ्यसामग्री र पठनपाठनको माध्यम सम्बन्धित भाषा हुने छ। धार्मिक प्रकृतिका विषयहरूको पठनपाठन सम्बन्धित धार्मिक ग्रन्य लेखिएको भाषामा नै गर्न सकिने छ ।

(घ) गैरनेपाली नागरिकले नेपालका विद्यालयमा अध्ययन गर्दा नेपाली विषयको स‌ट्टा बन्य कुनै भाषाको विषय अध्ययन गर्न सक्ने व्यवस्था  मिलाउन सकिने छ । 


-राष्ट्रिय पाठ्यक्रम प्रारुप पाठ्यक्रम २०७६ र आन्तरिक मुल्याङ्कन फाराम २०८० 

– Laxmi Prasad Joshi

Type your paragraph here

तलका सामग्रीहरु पनि अध्ययन गर्नुहोस् ।

मनपरे सेयर गर्नुहोस्
  • Laxmi

    Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

    Related Posts

    मेन्टरिङ कार्यक्रम । Techer Mentoring ।

    मेन्टरिङ कार्यक्रम सहयोगी सामग्रीहरु । Teacher Mentoring । राष्ट्रिय शिक्षा नीति, २०७६ ले अङ्गिकार गरेको शिक्षकको निरन्तर पेसागत विकासको अवधारणा तथा गुणस्तरीय विद्यालय शिक्षाको लागि क्षेत्रगत अवधारणा अन्तरगत कार्यान्वयनमा ल्याइएको…

    मनपरे सेयर गर्नुहोस्

    शिक्षा नियमावली (१० औ संशोधन)

    शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

    मनपरे सेयर गर्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    मेन्टरिङ कार्यक्रम । Techer Mentoring ।
    शिक्षा नियमावली (१० औ संशोधन)

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    • By Laxmi
    • July 25, 2026
    • 0
    • 176 views
     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
    Online Entry
    कर फारामहरु
    म.ले.प. फाराहरु
    शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
    नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
    Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
    EMIS Update

    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

    • By Laxmi
    • June 23, 2026
    • 0
    • 743 views
    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
    विद्यालय  संग सम्बन्धित कानुनहरु
    Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
    7 Province, 77 Districts and 753 Local Level
    नेपालको नक्सा भर्ने ट्रिक

    LPJ Online Service

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 369 views
    LPJ Online Service
    Excel Formula

    Social Note ।। Class 10 । Part II

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 141 views
    Social Note ।। Class 10 । Part II
    सामाजिक नोट कक्षा १० । २०८३
    कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
    कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
    कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
    Governmental Websites of Nepal

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    • By Laxmi
    • April 11, 2026
    • 0
    • 470 views
    श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    • By Laxmi
    • March 30, 2026
    • 0
    • 408 views
    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 170 views
    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    सूचना

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 169 views
    सूचना
    नेपालका संविधान र कानुनहरु

    IEMIS Materials

    • By Laxmi
    • January 1, 2026
    • 0
    • 222 views
    IEMIS Materials
    हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
    ECD मुल्यांकन कसरी गर्ने ?
    प्रारम्भिक बालविकास र शिक्षा
    नेपालमा शिक्षाको इतिहास
    कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
    व्यवस्थित विद्यालय व्यवस्थापन
    भुगोल
    मदन पुरस्कार
    प्रेरक भनाइहरु
    फारामहरु
    All Subject Class 11

    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

    • By Laxmi
    • October 13, 2025
    • 0
    • 273 views
    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
    नेपालको इतिहासका प्रमुख घटनाक्रम
    स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

    रुसी क्रान्ति

    • By Laxmi
    • October 6, 2025
    • 0
    • 137 views
    रुसी क्रान्ति
    नेपालमा बनजंगल
    साधारण ब्याज
    निर्वाचन क्षेत्र
    Time and Work
    Analogy-IQ
    Number Series IQ
    Calendar-IQ