Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)

Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)

आर्थिक वर्ष २०८३/८४ का लागि सातै वटा प्रदेश सरकारहरूले आफ्ना वार्षिक आय-व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गरेका छन्। चालू आर्थिक वर्षको बजेट ७० प्रतिशत पनि खर्च गर्न नसक्ने अवस्था रहँदा-रहँदै पनि अधिकांश प्रदेशले आगामी वर्षका लागि बजेटको आकार बढाएर महत्त्वाकांक्षा देखाएका छन्।

यस पटकको प्रादेशिक बजेटमा खर्च सुधारका ठोस योजनाहरू खासै देखिँदैनन्। संघीय सरकारकै सिको गर्दै प्रदेशहरूले पनि कर्मचारीको सेवा-सुविधा र तलब वृद्धि तथा भत्तालाई प्राथमिकतामा राखेका छन्। खुद्रे आयोजना कटौती गर्ने भनिए तापनि वितरणमुखी नगद अनुदान र महत्त्वाकांक्षी पूर्वाधारका योजनाहरूले निरन्तरता पाएका छन्। बागमतीको मेट्रो रेलदेखि कर्णालीको पोडवे सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने जस्ता योजना बजेटमा समेटिएका छन्।

१. कोशी प्रदेश: 8 Budget 2083/084 (Full PDF)

चालू आर्थिक वर्षमा ३५ अर्ब ८८ करोडको बजेट कार्यान्वयन गरिरहेको कोशी प्रदेशले आगामी आव २०८३/८४ का लागि बजेटको आकार १२.७४ प्रतिशतले बढाएर ४० अर्ब ४४ करोड पुर्‍याएको छ। चालू वर्षको वैशाख मसान्तसम्म मात्र ३६.२९ प्रतिशत खर्च गरेको दयनीय अवस्थामा पनि कोशीले बजेटको आकार बढाएको हो।

  • कुल बजेट: रु. ४० अर्ब ४४ करोड
  • चालू खर्च: रु. १३ अर्ब ९७ करोड | पूँजीगत खर्च: रु. २० अर्ब ७५ करोड | वित्तीय व्यवस्था: रु. १५ करोड
  • प्रमुख कार्यक्रमहरू: मुख्य सहरी क्षेत्रमा स्मार्ट सीसीटीभी जडान, सार्वजनिक सवारीमा जीपीएस प्रणाली, धनकुटामा आईटी पार्क, साउन २०८३ देखि असार २०८५ सम्म ‘कोशी पर्यटन भ्रमण वर्ष’ घोषणा, र निजामती कर्मचारीको तलब वृद्धि।
  • बजेट स्रोत: आन्तरिक राजस्व (५ अर्ब ५० करोड), राजस्व बाँडफाँट (१२ अर्ब ८७ करोड), संघीय अनुदानहरू र नगद मौज्दात (५ अर्ब)।

२. मधेस प्रदेश: 8 Budget 2083/084 (Full PDF)

  • विगतका वर्षहरूमा बजेटको आकार बढाएर आलोचना खेपेको मधेस प्रदेशले यस पटक भने यथार्थपरक बन्दै बजेटको आकार घटाएको छ। चालू आवमा ४६ अर्ब ९८ करोडको बजेट ल्याएको मधेसमा यस वर्ष जम्मा ५९ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरिएकाले आगामी वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख को बजेट ल्याइएको छ।
  • कुल बजेट: रु. ४१ अर्ब १३ करोड ८६ लाख
  • चालू खर्च: रु. १४ अर्ब ६६ करोड (३५.६४%) | पूँजीगत खर्च: रु. २६ अर्ब ४७ करोड (६४.३६%)
  • प्रमुख कार्यक्रमहरू: १ करोडभन्दा कम लागतका आयोजनामा बजेट निषेध, ‘उत्पादनशील मधेस, आत्मनिर्भर देश’ अभियान, नवप्रवर्तन मधेस फन्ड, र प्रत्येक जिल्लामा एक आवासीय नमुना विद्यालयको स्थापना।
  • बजेट स्रोत: आन्तरिक राजस्व (११ अर्ब २२ करोड), राजस्व बाँडफाँट (१२ अर्ब ३३ करोड), वित्तीय अनुदान (९ अर्ब ४९ करोड), र आन्तरिक ऋण (१ अर्ब ५० करोड)।

३. बागमती प्रदेश: 8 Budget 2083/084 (Full PDF)

बागमती प्रदेशले यस वर्ष पनि सातै प्रदेशमध्ये सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ। यद्यपि, यो चालू वर्षको तुलनामा सामान्य कम हो। चालू आवमा ६७ अर्ब ४६ करोडको बजेट कार्यान्वयन गरिरहेको बागमतीले आगामी वर्षका लागि ६६ अर्ब ९३ करोड को बजेट ल्याएको छ।

  • कुल बजेट: रु. ६६ अर्ब ९३ करोड
  • चालू खर्च: रु. २२ अर्ब ९६ करोड | पूँजीगत खर्च: रु. ४३ अर्ब ७१ करोड
  • प्रमुख कार्यक्रमहरू: काठमाडौँ उपत्यकामा मेट्रो रेल र भीमफेदी-कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन, क्रिकेट रंगशालाहरू (भरतपुर, गोदावरी, गौरिटार) का लागि बजेट, १ हजार परिवारलाई सुरक्षित आवास, र कर्मचारीको सेवा सुविधा वृद्धि।
  • बजेट स्रोत: कर राजस्व (३० अर्ब १५ करोड), अन्य राजस्व (७ अर्ब ७३ करोड), वित्तीय हस्तान्तरण (१५ अर्ब ३१ करोड), र नगद मौज्दात।

४. गण्डकी प्रदेश 8 Budget 2083/084 (Full PDF)

गण्डकी प्रदेशले बजेटको आकारमा सामान्य वृद्धि गर्दै आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख को बजेट सार्वजनिक गरेको छ। चालू वर्षमा ३१ अर्ब ९७ करोडको बजेट कार्यान्वयन गरिरहेको गण्डकीको खर्च प्रगति भने उत्साहजनक देखिँदैन।

  • कुल बजेट: रु. ३२ अर्ब ९९ करोड ९९ लाख
  • चालू खर्च: रु. १२ अर्ब ७२ करोड | पूँजीगत खर्च: रु. २० अर्ब २ करोड | वित्तीय व्यवस्था: रु. २५ करोड
  • प्रमुख कार्यक्रमहरू: व्यावसायिक कृषिका लागि ‘रिटर्न टू भिलेज’ अभियान, धार्मिक पर्यटन परिपथ (दामोदर कुण्डदेखि त्रिवेणीधाम) को विकास, र पोखरा-बुटवल द्रुत लोकमार्गको सम्भाव्यता अध्ययन।
  • बजेट स्रोत: वित्तीय समानीकरण (७ अर्ब ८४ करोड), राजस्व बाँडफाँट (१० अर्ब १६ करोड), आन्तरिक राजस्व (५ अर्ब ८४ करोड), र आन्तरिक ऋण (१ अर्ब ७५ करोड)।

५. लुम्बिनी प्रदेश: 8 Budget 2083/084 (Full PDF)

लुम्बिनी प्रदेशले आफ्नो बजेट लेखन शैलीमा परिवर्तन गर्दै संघीय सरकारकै ढाँचा पछ्याएको छ। यस पटक बजेटको आकार सामान्य घटाएर ३७ अर्ब ३८ करोड ४५ लाख को बजेट ल्याइएको छ।

  • कुल बजेट: रु. ३७ अर्ब ३८ करोड ४५ लाख
  • चालू खर्च: रु. ११ अर्ब ११ करोड | पूँजीगत खर्च: रु. २२ अर्ब ७१ करोड | वित्तीय हस्तान्तरण: रु. ३ अर्ब ५५ करोड
  • प्रमुख कार्यक्रमहरू: मदिरा र सुर्तीबाहेकका उद्योग दर्ता र नवीकरण दस्तुरमा पूर्ण छुट, उद्यम विकास कोष स्थापना, बालविवाहमुक्त प्रदेश अभियानका लागि स्थानीय तहलाई अनुदान, र रामपुर-कपुरकोट गौरवको सडकका लागि २१ करोड।
  • बजेट स्रोत: आन्तरिक राजस्व (६ अर्ब ६१ करोड), राजस्व बाँडफाँट (१२ अर्ब ३९ करोड), वित्तीय समानीकरण (८ अर्ब ५६ करोड), र नगद मौज्दात (३ अर्ब ७३ करोड)।

६. कर्णाली प्रदेश: 8 Budget 2083/084 (Full PDF)

कर्णाली प्रदेशले साना तथा टुक्रे आयोजना रोक्न नसकेको र करको दायरा बढाउन नसकी संघीय अनुदानमा निर्भर हुनुपरेको कमजोरी स्वीकार गरेको छ। यद्यपि, बजेटको आकार भने ७.२८ प्रतिशतले बढाएर ३५ अर्ब ३९ करोड पुर्‍याएको छ।

  • कुल बजेट: रु. ३५ अर्ब ३९ करोड
  • चालू खर्च: रु. ८ अर्ब ६० करोड | पूँजीगत खर्च: रु. २० अर्ब ७४ करोड | वित्तीय हस्तान्तरण: रु. ५ अर्ब ५४ करोड
  • प्रमुख कार्यक्रमहरू: ५ हेक्टरभन्दा बढीमा कृषि गर्नेलाई ब्याजमा शतप्रतिशत सहुलियत, ‘एक गाउँ एक व्यावसायिक फलफूल बगैँचा’, कर्णाली पर्यटन दशकको सुरुवात, सुर्खेत विमानस्थल विस्तार (५ करोड), र पोडवे सञ्चालनको पूर्वसम्भाव्यता अध्ययन।
  • बजेट स्रोत: आन्तरिक आय (८५ करोड), राजस्व बाँडफाँट (१० अर्ब ६६ करोड), वित्तीय समानीकरण अनुदान (१० अर्ब ६३ करोड), र नगद मौज्दात (६ अर्ब ४१ करोड)।

७. सुदूरपश्चिम प्रदेश: 8 Budget 2083/084 (Full PDF)

सत्तारुढ दलहरू बीचको तीव्र विवादका कारण सुदूरपश्चिम प्रदेशको बजेट असार १ गतेको मध्यरातमा मात्र सार्वजनिक हुन सक्यो। चालू वर्षमा ३३ अर्ब ४७ करोडको बजेट चलाएको सुदूरपश्चिमले आगामी वर्षका लागि ३७ अर्ब ७० करोड ४० लाख को बजेट ल्याएको छ।

  • कुल बजेट: रु. ३७ अर्ब ७० करोड ४० लाख
  • प्रमुख कार्यक्रमहरू: पूर्वाधारमा निजी लगानी आकर्षित गर्न ‘लगानी तथा विकास सम्मेलन’ आयोजना गर्ने, आगामी वर्षलाई प्राकृतिक खेतीको आधार वर्ष बनाउने, छाडा चौपाया व्यवस्थापन, र करार कर्मचारीलाई समेत स्थायी सरह महँगी भत्ता र सुविधा।
  • बजेट स्रोत: आन्तरिक राजस्व (१ अर्ब ७२ करोड), राजस्व बाँडफाँट (१० अर्ब २४ करोड), वित्तीय समानीकरण (९ अर्ब ६ करोड), ससर्त अनुदान (६ अर्ब ३ करोड), र नगद मौज्दात (९ अर्ब ६५ करोड)।

बजेट तालिका २०८२

नेपाल सरकार बजेट २०८३।०८४

कोशी प्रदेश बजेट २०८३।०८४

मधेस प्रदेश बजेट २०८३।०८४

बागमती प्रदेश बजेट २०८३।०८४

गण्डकी प्रदेश बजेट २०८३।०८४

लुम्बीनी प्रदेश बजेट २०८३।०८४

कर्णाली प्रदेश बजेट २०८३।०८४

सुदुरपश्चिपम प्रदेश बजेट २०८३।०८४

8 Budget 2083/084 (Full PDF)

तलका सामग्रीहरु पनि अध्ययन गर्नुहोस् ।

मनपरे सेयर गर्नुहोस्
  • Related Posts

    विद्यालय संग सम्बन्धित कानुनहरु

    विद्यालय संग सम्बन्धित कानुनहरु नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेसँगै विद्यालय शिक्षालाई व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र गुणस्तरीय बनाउन विभिन्न कानुन, ऐन, नियम र निर्देशिकाहरू तर्जुमा गरिएका छन्।…

    मनपरे सेयर गर्नुहोस्

    7 Province, 77 Districts and 753 Local Level

    Province, Districts and Local Level तल दिइए अनुसारको नेपालका ७ प्रदेश ७७ प्रदेश र ७५३ स्थानीय तह राखिएका छन् । आवश्यकता अनुसमर सर्च गरेर हेर्न सकिने छ । नेपालका प्रदेश,…

    मनपरे सेयर गर्नुहोस्

    You Missed

    विद्यालय  संग सम्बन्धित कानुनहरु
    Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
    7 Province, 77 Districts and 753 Local Level
    नेपालको नक्सा भर्ने ट्रिक

    LPJ Online Service

    • By Laxmi
    • २०८३-०२-३१
    • 147 views
    LPJ Online Service
    Excel Formula