नेपालको राजनीतिक विभाजन

नेपालको राजनीतिक विभाजन

(सङ्घ, प्रदेश र स्थानीय तह)

१- सङ्घ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । सङ्घीय संरचनाको सबैभन्दा माथिल्लो एकाइको रूपमा रहने सङ्घीय तहलाई सङ्घका रूपमा परिभाषित गरिएको छ । सङ्घीय सरकारलाई नेपाल सरकारको नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची ५ मा सङ्घको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र सङ्घीय कानुनबमोजिम हुने छ । त्यसैगरी अनुसूची ७ मा भएको साझा अधिकारको सूची र अनुसूची ९बमोजिमको सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको प्रयोग पनि सङ्घमार्फत हुने गर्दछ । साथै, अवशिष्ट अधिकारको प्रयोग सङ्घीय सरकारले गर्ने व्यवस्था गरेको छ ।

२- प्रदेश

संविधानबमोजिम सङ्घीय एकाइमा विभाजन गरिएको नेपालको सङ्घीय एकाइको क्षेत्र र स्वरूपलाई प्रदे शका रूपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूची ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदे शमा रहने जिल्लाहरूको बारेमा स्पष्ट गरेको छ । जसअनुसार सात प्रदे शलाई निम्नबमोजिम सङ्क्षिप्त चर्चा गरिएको छः

१- कोशी प्रदेश

यस प्रदे शको पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ मधेस प्रदेश र बागमती प्रदेश पर्दछन् । कोशी प्रदे शमा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी गरी १४ जिल्ला रहेका छन् ।

यस प्रदेशको ठुलो जिल्ला ताप्लेजुङ (३,६४६ वर्ग कि.मि.) र सानो जिल्ला तेह्रथुम (६७९ वर्ग कि.मि.) रहेका छन् । हाल यस प्रदेशको राजधानी विराटनगर (मोरङ) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ११,९१,५५६ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ४९,६१,४१२ (पुरुष २४,१७,३२८ र महिला २५,४४,०८४ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारू भाषा मुख्य रूपमा बोलिन्छन् ।


२-मधेस प्रदेश-

यस प्रदे शको पूर्वतर्फ कोशी प्रदेश, दक्षिणतर्फ भारत, उत्तरतर्फ कोशी प्रदेश र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन् । मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला रहेका छन् ।

यस प्रदे शको ठुलो जिल्ला सप्तरी (१,३६३ वर्ग कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ वर्ग कि.मि.) हुन् । यस प्रदे शको राजधानी जनकपुर (धनुषा) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ११,५६,७१५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१४,६०० (पुरुष ३०,६५,७५१ र महिला ३०,४८,८४९ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा यादव, गुप्ता, दास, थारू, राजवंशी, मुसलमान लगायतका जातिहरूको बसोवास रहेको छ, भने मैथिली, बज्जिका, अवधी, उर्दू, हिन्दी, थारू र नेपाली आदि भाषा बोलिन्छन् ।


३- बागमती प्रदेश-

यस प्रदे शको पूर्वतर्फ कोशी प्रदेश, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ मधेस प्रदेश र भारत रहेका छन् । बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर,  काठमाडौँ  गरी १३ जिल्ला रहेका छन् ।

यस प्रदे शको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ वर्ग कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी हेटौँडा (मकवानपुर) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा १५,७०,९२७ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१६,८६६ (पुरुष ३०,४८,६८४ र महिला ३०,६८,१८२ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा तामाङ, ब्राह्मण, क्षेत्री, नेवारलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, नेवारी, तामाङ भाषा मुख्य रूपमा बोलिन्छन् ।


४- गण्डकी प्रदेश-

 गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ लुम्बिनी प्रदेश र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ ।

गण्डकी प्रदे शमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी ११ जिल्ला रहेका छन् । यस प्रदे शको ठुलो जिल्ला गोर्खा (३,६१० वर्ग कि.मि.) र सानो जिल्ला पर्वत (४९४ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी पोखरा (कास्की) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ६,६२,४८० परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २४,६६,४२७ (पुरुष ११,७०,८३३ र महिला १२,९५,५९४ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगरलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।


५- लुम्बिनी प्रदेश-

 यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदे श, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ ।

लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्ला रहेका छन् ।

यस प्रदे शको ठुलो जिल्ला दाङ (२,९५५ वर्ग कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्तापश्चिम (६३४.८८ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी भालुवाङ (दाङ) रहेको छ राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ११,४१,९०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ५१,२२,०७८ (पुरुष २४,५४,४०८ र महिला २६,६७,६७० रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, मगर, थारू, तामाङ, नेपाल, मुसलमानलगायतका जातिहरूको बसोवास छ भने नेपाली, थारू, अवधि, भोजपुरी, उर्दू, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।


६- कर्णाली प्रदेश-

कर्णाली प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ लुम्बिनी, सुदूरपश्चिम प्रदेश रहेको छ ।

कर्णाली प्रदे शमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्ला रहेका छन् । यस प्रदे शको ठुलो जिल्ला डोल्पा (७,८८९ वर्ग कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ३,६६,२५५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या १६,८८,४१२ (पुरुष ८,२३,७६१ र महिला ८,६४,६५१ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगरलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।


७ सुदूरपश्चिम प्रदेश –

सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ ।

सुदूरपश्चिम प्रदे शमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली गरी ९ जिल्ला रहेका छन् । यस प्रदे शको ठुलो जिल्ला बझाङ (३,४२२ वर्ग कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी गोदावरी (कैलाली) रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ५,७७,१०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २६,९४,७८३ (पुरुष १२,७२,७८६ र महिला १४,२१,९९७ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, ठकुरी, थारू जातिहरूको बसोवास रहेको छ भने डोटेली, खस, थारू भाषा मुख्य रूपमा बोलिन्छन् ।


३- नेपालका स्थानीय तह-

 नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । जसअनुसार महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका ४६० रहेका छन् ।

मनपरे सेयर गर्नुहोस्

Laxmi

Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

Related Posts

शिक्षा नियमावली (१० औ संशोधन)

शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

मनपरे सेयर गर्नुहोस्

 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

AI Tools का लागि 100 Best websites क) परिचय (Introduction) Best 100+ Ai Tools: आजको आधुनिक युगमा कामलाई सहज, छिटो र प्रभावकारी बनाउन Ai Tools AI (आर्टिफिसियल इन्टेलिजेन्स) टुलहरूको प्रयोग…

मनपरे सेयर गर्नुहोस्

You Missed

शिक्षा नियमावली (१० औ संशोधन)

 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

  • By Laxmi
  • July 25, 2026
  • 0
  • 77 views
 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
Online Entry
कर फारामहरु
म.ले.प. फाराहरु
शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
EMIS Update

स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

  • By Laxmi
  • June 23, 2026
  • 0
  • 683 views
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
विद्यालय  संग सम्बन्धित कानुनहरु
Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
7 Province, 77 Districts and 753 Local Level
नेपालको नक्सा भर्ने ट्रिक

LPJ Online Service

  • By Laxmi
  • June 14, 2026
  • 0
  • 322 views
LPJ Online Service
Excel Formula

Social Note ।। Class 10 । Part II

  • By Laxmi
  • June 14, 2026
  • 0
  • 97 views
Social Note ।। Class 10 । Part II
सामाजिक नोट कक्षा १० । २०८३
कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
Governmental Websites of Nepal

श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

  • By Laxmi
  • April 11, 2026
  • 0
  • 423 views
श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

  • By Laxmi
  • March 30, 2026
  • 0
  • 329 views
श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

  • By Laxmi
  • February 26, 2026
  • 0
  • 132 views
बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

सूचना

  • By Laxmi
  • February 26, 2026
  • 0
  • 135 views
सूचना
नेपालका संविधान र कानुनहरु

IEMIS Materials

  • By Laxmi
  • January 1, 2026
  • 0
  • 145 views
IEMIS Materials
हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
ECD मुल्यांकन कसरी गर्ने ?
प्रारम्भिक बालविकास र शिक्षा
नेपालमा शिक्षाको इतिहास
कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
व्यवस्थित विद्यालय व्यवस्थापन
भुगोल
मदन पुरस्कार
प्रेरक भनाइहरु
फारामहरु
All Subject Class 11

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

  • By Laxmi
  • October 13, 2025
  • 0
  • 199 views
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
नेपालको इतिहासका प्रमुख घटनाक्रम
स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

रुसी क्रान्ति

  • By Laxmi
  • October 6, 2025
  • 0
  • 109 views
रुसी क्रान्ति
नेपालमा बनजंगल
साधारण ब्याज
निर्वाचन क्षेत्र
Time and Work
Analogy-IQ
Number Series IQ
Calendar-IQ

कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)

  • By Laxmi
  • September 29, 2025
  • 0
  • 175 views
कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)