नेपालको राजनीतिक विभाजन
(सङ्घ, प्रदेश र स्थानीय तह)
१- सङ्घ
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । सङ्घीय संरचनाको सबैभन्दा माथिल्लो एकाइको रूपमा रहने सङ्घीय तहलाई सङ्घका रूपमा परिभाषित गरिएको छ । सङ्घीय सरकारलाई नेपाल सरकारको नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची ५ मा सङ्घको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र सङ्घीय कानुनबमोजिम हुने छ । त्यसैगरी अनुसूची ७ मा भएको साझा अधिकारको सूची र अनुसूची ९बमोजिमको सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको प्रयोग पनि सङ्घमार्फत हुने गर्दछ । साथै, अवशिष्ट अधिकारको प्रयोग सङ्घीय सरकारले गर्ने व्यवस्था गरेको छ ।
२- प्रदेश
संविधानबमोजिम सङ्घीय एकाइमा विभाजन गरिएको नेपालको सङ्घीय एकाइको क्षेत्र र स्वरूपलाई प्रदे शका रूपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूची ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदे शमा रहने जिल्लाहरूको बारेमा स्पष्ट गरेको छ । जसअनुसार सात प्रदे शलाई निम्नबमोजिम सङ्क्षिप्त चर्चा गरिएको छः
१- कोशी प्रदेश
यस प्रदे शको पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ मधेस प्रदेश र बागमती प्रदेश पर्दछन् । कोशी प्रदे शमा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी गरी १४ जिल्ला रहेका छन् ।
यस प्रदेशको ठुलो जिल्ला ताप्लेजुङ (३,६४६ वर्ग कि.मि.) र सानो जिल्ला तेह्रथुम (६७९ वर्ग कि.मि.) रहेका छन् । हाल यस प्रदेशको राजधानी विराटनगर (मोरङ) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ११,९१,५५६ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ४९,६१,४१२ (पुरुष २४,१७,३२८ र महिला २५,४४,०८४ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारू भाषा मुख्य रूपमा बोलिन्छन् ।
२-मधेस प्रदेश-
यस प्रदे शको पूर्वतर्फ कोशी प्रदेश, दक्षिणतर्फ भारत, उत्तरतर्फ कोशी प्रदेश र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन् । मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला रहेका छन् ।
यस प्रदे शको ठुलो जिल्ला सप्तरी (१,३६३ वर्ग कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ वर्ग कि.मि.) हुन् । यस प्रदे शको राजधानी जनकपुर (धनुषा) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ११,५६,७१५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१४,६०० (पुरुष ३०,६५,७५१ र महिला ३०,४८,८४९ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा यादव, गुप्ता, दास, थारू, राजवंशी, मुसलमान लगायतका जातिहरूको बसोवास रहेको छ, भने मैथिली, बज्जिका, अवधी, उर्दू, हिन्दी, थारू र नेपाली आदि भाषा बोलिन्छन् ।
३- बागमती प्रदेश-
यस प्रदे शको पूर्वतर्फ कोशी प्रदेश, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ मधेस प्रदेश र भारत रहेका छन् । बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ गरी १३ जिल्ला रहेका छन् ।
यस प्रदे शको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ वर्ग कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी हेटौँडा (मकवानपुर) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा १५,७०,९२७ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१६,८६६ (पुरुष ३०,४८,६८४ र महिला ३०,६८,१८२ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा तामाङ, ब्राह्मण, क्षेत्री, नेवारलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, नेवारी, तामाङ भाषा मुख्य रूपमा बोलिन्छन् ।
४- गण्डकी प्रदेश-
गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ लुम्बिनी प्रदेश र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ ।
गण्डकी प्रदे शमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गरी ११ जिल्ला रहेका छन् । यस प्रदे शको ठुलो जिल्ला गोर्खा (३,६१० वर्ग कि.मि.) र सानो जिल्ला पर्वत (४९४ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी पोखरा (कास्की) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ६,६२,४८० परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २४,६६,४२७ (पुरुष ११,७०,८३३ र महिला १२,९५,५९४ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगरलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।
५- लुम्बिनी प्रदेश-
यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदे श, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ ।
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्ला रहेका छन् ।
यस प्रदे शको ठुलो जिल्ला दाङ (२,९५५ वर्ग कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्तापश्चिम (६३४.८८ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी भालुवाङ (दाङ) रहेको छ राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ११,४१,९०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ५१,२२,०७८ (पुरुष २४,५४,४०८ र महिला २६,६७,६७० रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, मगर, थारू, तामाङ, नेपाल, मुसलमानलगायतका जातिहरूको बसोवास छ भने नेपाली, थारू, अवधि, भोजपुरी, उर्दू, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।
६- कर्णाली प्रदेश-
कर्णाली प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ लुम्बिनी, सुदूरपश्चिम प्रदेश रहेको छ ।
कर्णाली प्रदे शमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्ला रहेका छन् । यस प्रदे शको ठुलो जिल्ला डोल्पा (७,८८९ वर्ग कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ३,६६,२५५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या १६,८८,४१२ (पुरुष ८,२३,७६१ र महिला ८,६४,६५१ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदे शमा मुख्य रूपमा ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगरलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन् ।
७ सुदूरपश्चिम प्रदेश –
सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ ।
सुदूरपश्चिम प्रदे शमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली गरी ९ जिल्ला रहेका छन् । यस प्रदे शको ठुलो जिल्ला बझाङ (३,४२२ वर्ग कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ वर्ग कि.मि.) रहेका छन् । यस प्रदे शको राजधानी गोदावरी (कैलाली) रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदे शमा ५,७७,१०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २६,९४,७८३ (पुरुष १२,७२,७८६ र महिला १४,२१,९९७ रहेको छ ।
जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, ठकुरी, थारू जातिहरूको बसोवास रहेको छ भने डोटेली, खस, थारू भाषा मुख्य रूपमा बोलिन्छन् ।
३- नेपालका स्थानीय तह-
नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । जसअनुसार महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका ४६० रहेका छन् ।

















































