अवस्थिती बारे जानकारी-१
अवस्थिती (ध्रुब, अक्षांश, देशान्तर, अन्र्तराष्ट्रिय तिथि रेखा, भूमध्ये रेखा)

१. ध्रुब
—पृथ्वीको केन्द्रबाट उत्तर दक्षिण हुने गरि खिचिएको काल्पनिक रेखाको माथिल्लो भाग उत्तरी ध्रुब र दक्षिणी भागलाई दक्षिणी ध्रुब भनिन्छ ।
—यी ध्रुबीय क्षेत्रमा सुर्यको प्रकाश छड्के पर्ने भएकाले अत्यन्त जाडो र हिउले ढाकेको हुन्छ ।
—पृथ्वी प्रत्येक दिन सुर्यको सामुन्ने भएर आफ्नो अक्षमा पश्चिमबाट पुर्वतर्फ घुमिरहेको हुन्छ । यसले प्रतिघण्टा भूमध्ये रेखामा १६०० किलोमिटर प्रतिघण्टाको गतिमा घुमिरहेको हुन्छ । यो घुम्ने गतिलाई परिभ्रमण र सुर्यको वरिपरि घुम्ने गतिलाई परिक्रमण भनिन्छ । तर ध्रुबीय क्षेत्रमा गति शुन्य नै हुन्छ ।
—उत्तरी ध्रुब पत्ता लगाउने व्यक्ति अमेरिकाका रवर्ट पेरि हुन् । उनले सन् १९०९ मा यो ध्रब पत्ता लगाएका हुन् ।
—दक्षिणी ध्रुब पत्ता लगाउने व्यक्ति नर्वेका रोल्ड एडमन्डसेन हुन् । उनले सन् १९११ मा यो ध्रुब पत्ता लगाएका हुन् ।
—उत्तरी ध्रुबमा सुमेरु महासागर र दक्षिणाी ध्रुबमा कुमेरु महासागरले ढाकेको छ ।
—दक्षिणी भागमा चारैतिर कुमेरु महासागरले घेरेको अन्टार्कटिका महादेश रहेको छ जसको १० मा ९ भाग हिउले ढाकेको छ ।
—पृथ्वीको उत्तर र दक्षिण गरि दुइओटा ध्रुबहरु रहेका छन् । धु्रबीय क्षेत्रमा अत्यन्त चिसो हुने र प्राय सधैभरि हिउ जमिरहने गर्दछ ।
अवस्थिती बारे जानकारी
२. अक्षांश
—भुमध्ये रेखाको उत्तरतिर ९० र दक्षिणतिर ९० गरि १८० ओटा काल्पनीक रेखाहरु कोरिएका हुन्छन् ।
—भुमध्ये रखा ० डिग्रीको रेखा हो जुन पृथ्वीलाई उत्तरी र दक्षिणी दुइभागमा विभाजन गरिएको छ ।
—दुरीको हिसाब गर्न सहज गर्छ ।
—उत्तरी गोलार्धको २३.५ डिग्री कर्कट रेखा भनिन्छ ।
—६६.५ को उत्तरी ध्रुव सुमेरुवृत्त हो ।
—२३.५ डिग्री दक्षिण मकर रेखा हो ।
—६६.५ डिग्री दक्षिण कुमेरु वृत्त हो ।
—१ डिग्री अक्षांश बराबर १११ किमी हुन्छ ।
—२५ देखि ३५ उत्तरी र दक्षिणी अक्षांशलाई उपोष्ण उच्च चापपेटीको क्षेत्र भनिन्छ ।
—४० देखि ६० डिग्री दक्षिणी अक्षांश गर्जनेवाला चालिसा भनिन्छ ।
—५ डिग्री उत्तर र दक्षिण अक्षांशलाइ९म्गमिचयm ीष्लभ (उदासी) न्युन चापपेटी क्षेत्र भनिन्छ ।
—पृथ्वीलाई दुइभाग हुने गरि पुर्व देखि पश्चिम सम्म खिचिएको काल्पनिक रेखालाई भूमध्ये रेखा भनिन्छ ।
अवस्थिती बारे जानकारी
३. देशान्तर
—प्रधानमध्यान्ह रेखाको पुर्वतिर १८० ओटा र पश्चिमतिर १८० ओटा गरि जम्मा ३६० ओटा काल्पनीक रेखाहरु हुन्छन् । सबै रेखाहरु १÷१ डिग्रीको फरकमा खिचिएका छन् ।
—बेलायतको लण्डनबाट ० डिग्रीको प्रधानमध्यान्ह रेखा काटेर गएको छ ।
—देशान्तर रेखाले सहयोगले स्थानीय समय गणना गर्न सकिन्छ ।
—१ डिग्री बराबर ४ मिनेट र १५ डिग्री बराबर ६० मिनेट वा १ घण्टा हुन्छ ।
—१८० डिग्रीको रेखा अन्तराष्ट्रिय तिथि रेखा हो । यो रेखा बाङ्गोटिङ्गो हुने गर्दछ । समय र तिथि समेत फरक नपरोस् भनेर यो रेखा बाङ्गोटिङ्गो खिचिएको हुन्छ ।
—प्रधानमध्यान्ह रेखालाई आधार मान्दा पुर्व तिरको भागलाई पुर्वी गोलार्ध र पश्चिम तिरको भागलाई पश्चिमी गोलार्ध भनिन्छ ।
—बेलायत स्थित ग्रीनविचलाई आधार मानि सन् १८८४ नोभेम्बर १ मा अन्तर्राष्ट्रिय समयको निर्धारण गरिएको हो ।
—दोलखा जिल्लाको रोल्वालिङ हिमश्रृङ्खलामा पर्ने ७१३४ मिटर उचाईको गौरीशंकर हिमाल ८६० १५ मिनेट पुर्वी देशान्तर रेखालाई आधार मानि वि.संं २०४२ साल बैसाख १ गते देखि नेपालको प्रमाणिक समय निर्धारण गरिएको हो ।
—ग्रीनविच मिनटाइम भन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट चलाख, अमेरिकको समय भन्दा नेपालको समय १० घण्टा ४५ मिनेट चलाख, भारतको भन्दा १५ मिनेट चलाख, नेपालको भन्दा भुटानको समय १५ मिनेट चलाख, जापानको समय नेपालको भन्दा ३ घण्टा १५ मिनेट चलाख, अफगानस्तानको भन्दा नेपालको समय १ घण्टा १५ मिनेट, माल्दिभ्सको समय ४५ मिनेट, श्रीलंकाको भन्दा १५ मिनेट र पाकिस्तानको भन्दा ४५ मिनेट चलाख रहेको छ भने बंगलादेशको भन्दा नेपालको समय १५ मिनेट ढिला रहेको छ ।
—प्रधानमध्यान्ह रेखा भन्दा पुर्वको समय चलाख र पश्चिमको समय ढिला हुन्छ ।
अवस्थिती बारे जानकारी
४. अन्तर्राष्ट्रिय तिथि रेखा
प्रधानमध्यान्ह रेखा देखि १८० डिग्रीको देशान्तरको कोणिक दुरीमा उत्तर र दक्षिण ध्रुबलाई जोड्नेगरि काल्पनिक रुपमा खिचिएको रेखा अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ । पृथ्वीको दैनिक गति तथा पृथ्वी गोलाकार हुनाले यो रेखा पार गर्नासाथ तिथिमिति र बारमा समेत फरक पर्न जान्छ । अन्तर्राष्ट्रिय तिथि रेखा पार गर्नासाथ एक दिन २३ घण्टा ५६ मिनेट ०४ सेकेन्ड) समयको गणना हुन्छ । ग्रीनविच देखि १८० डिग्री पुर्व सम्म समय १२ बज्दा १८० डिग्री पुर्वको समय १२ घण्टा छिटो र १८० डिग्री पश्चिममा १२ ढिला हुन्छ । त्यसकारण अन्तर्राष्ट्रिय तिथि रेखा भन्दा पुर्व र पश्चिमको समय एक दिन छिटो वा एक दिन ढिला हुन्छ । एउटै स्थान वा देशभित्र तिथी, मिति र बारमा एकरुपता ल्याउन अन्तर्राष्ट्रिय तिथि रेखा बाङ्गोटिङगो गरि पानीको भागबाट लगिएको छ ।
अवस्थिती बारे जानकारी
५. भूमध्ये रेखा
पृथ्वीलाई दुई भागमा विभाजन हुनेगरि ० डिग्रीमा खिचिएको रेखा नै भूमध्ये रेखा हो । भूमध्येरेखाको आधारमा अक्षांश रेखाहरु कोरिएका हुन्छन् । विचभागमा फुकेको र ध्रुबीय क्षेत्रमा अक्षांश रेखाहरु साना हुदै जान्छन् । भूमध्ये रेखालाई सबै भन्दा लामो रेखा समेत भनिन्छ । यो रेखा अफ्रिका महादेशलाई काटेर गएको छ । भूमध्ये रेखा भन्दा जति जति उत्तर वा दक्षिण गयो त्यती त्यति नै चिसो बढ्दै जान्छ भने ध्रुबीय क्षेत्रमा अत्यन्तै चिसो हावापानी पाइन्छ । भूमध्ये रेखाको साढे तेइस डिग्री उत्तरुमा कर्कट रेखा र साढे तेइस डिग्री दक्षिणमा मकर रेखा क्षेत्रमा तापक्रम बाह्रै महिना बढी नै हुने र दिन रात समेत बराबर नै हुन्छन् ।
तलका सामग्रीहरु पनि पढ्नुहोस् ।
-मदन पुरस्कार सूची
-नेपालको भौगोलिक परिचय
-प्रेरक भनाइहरु
-पशुपतिनाथबारे सम्पूर्ण जानकारी
-नेपालको भौगोलिक विभाजन
-नदिको आधारमा नेपालको विभाजन
-गोरखापत्र बुधबार
-गोरखापत्र बैसाख असोज २०८२
-हावापानीका आधारमा नेपालको विभाजन
-सम्पूर्ण स्थानीय तहहरु
-नेपालका निर्वाचन क्षेत्र
-नेपालमा पाइने वनस्पति
-स्थानीय समय गणना
-रुसी क्रान्ति
-नेपालमा शिक्षाको इतिहास
-नेपालको इतिहास
-कक्षा ११ सबै धारका विषयहरुकाे सूची
-विभिन्न फारामहरु
-गृहपृष्ठ
अन्य लिंक
-पाठ्यक्रम विकास केन्द्र
-राष्ट्रिय परीक्षा बोर्ड
-IEMIS
-मदन पुरस्कार गुठी
















































