Internal Evaluation Form 4-8(Updated-2082)
आन्तरिक मुल्यांकनको अर्थ
विद्यालय शिक्षा सन्दर्भमा “आन्तरिक मूल्यांकन” (Internal Evaluation) भन्नाले — विद्यार्थीको सिकाइ उपलब्धि, व्यवहार, सहभागिता, र प्रगतिलाई विद्यालयले आफैंले नियमित रूपमा मूल्याङ्कन गर्ने प्रक्रिया हो। यसलाई बाह्य परीक्षा (जस्तै बोर्ड परीक्षा) भन्दा विद्यालय भित्रै शिक्षकद्वारा गरिने निरन्तर मूल्याङ्कन भनिन्छ। आन्तरिक मूल्यांकन भन्नाले विद्यार्थीको पढाइको प्रक्रिया, सीप, ज्ञान, व्यवहार र सहभागिता जस्ता पक्षहरूको मूल्याङ्कन हो, जुन विद्यालय वा शिक्षकले शैक्षिक सत्रभरि निरन्तर रूपमा गर्छन्।
आन्तरिक मुल्यांकनको उद्देश्य
1. विद्यार्थीको समग्र विकास मापन गर्ने — केवल परीक्षा अंक होइन, व्यवहार, सृजनशीलता, सहभागिता पनि ।
2. निरन्तर सिकाइको सुधार गर्ने — कमजोरी तुरुन्त पत्ता लगाई सुधार गर्ने अवसर ।
3. शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया बढाउने ।
4. बाह्य परीक्षामा मात्र निर्भरता घटाउने ।
5. व्यक्तिगत सिकाइ गति अनुसार मूल्याङ्कन गर्ने ।
नेपालको सन्दर्भमा कक्षा ४-८ को आन्तरिक मुल्यांकन
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेका सिद्धान्त तथा आधारलाई विचार गरी आधारभूत तहअन्तर्गत कक्षा ४–८ को यो पाठ्यक्रमको मर्मअनुसार यो मापदण्ड विकास गरिएको छ । आधारभूत तहमा प्रयोगात्मक केही विषयबाहेक सबै विषयमा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य मूल्याङ्नका आधारमा हुने व्यवस्था छ ।
सिकाइका क्रममा विद्यार्थीले प्राप्त गरेका ज्ञान, सिप, अभिवृत्ति, मूल्य र व्यवहारको निरन्तर परीक्षण गरिने प्रक्रिया नै मूल्याङ्कन हो । पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि हासिल भए वा भएनन् भनी लेखाजोखा गर्न मूल्याङ्कन गरिन्छ । मूल्याङ्कनले मूलतः विद्यार्थीको सिकाइ उपलब्धिको स्तरलाई देखाउँछ । मूल्याङ्कन गर्दा आन्तरिक र बाह्य दुवै प्रक्रिया अवलम्बन गरी विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण गर्नुपर्छ । आन्तरिक मूल्याङ्कन सिकाइ सहजीकरण प्रक्रियाका क्रममा उपयोग गरिने मूल्याङ्कन हो । यसको मुख्य प्रयोजन सिकाइ सहजीकरणका क्रममा विद्यार्थीका सिकाइ समस्या पहिचान गरेर सिकाइमा सुधार ल्याई निरन्तर पृष्ठपोषण प्राप्त गर्नु पनि हो ।
आन्तरिक मूल्याङ्कनमा विद्यार्थीको दैनिक उपस्थिति, कक्षाकार्य, व्यक्तिगत तथा समूहकार्य, सिर्जनात्मक कार्य, परियोजना कार्य जस्ता मूल्याङ्कनका आधारलाई प्रयोग गर्नुपर्छ नसक्ने ठहर गरी आन्तरिक मूल्याङ्कनको स्थानलाई सबै कक्षा र विषयमा महत्वपूर्ण स्थान दिएको छ । आन्तरिक मूल्याङ्कनको प्रयोगलाई यसका प्रयोगकर्ताहरू सबैले यसको मर्मबमोजिम एकनासले बुझी प्रयोग गर्नु पर्ने हुनाले एउटा विशिष्ट मार्ग दर्शनको आवश्यकताको महसुस गरी यो मापदण्डको विकास गरिएको छ ।-विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड २०८० आधारभूत तह (कक्षा ४–८)
Internal Evaluation Form 4-8(updated-2082)
निर्माणात्मक मूल्याङ्कनको अङ्कको निश्चित भार आन्तरिक मूल्याङ्कनका रूपमा समावेश गरिने छ । यसका लागि निर्माणात्मक मूल्याङ्कनलाई अभिलेखीकरण गरी प्रत्येक विद्यार्थीको कार्यसञ्चयिका व्यवस्थित गरी राख्नुपर्छ । यस्तो अभिलेखका आधारमा निम्नलिखित पक्षमा तोकिएअनुसारको भारको अङ्क आन्तरिक मूल्याङ्कनका रूपमा समावेश गरिने छ ।
Internal Evaluation Form 4-8(updated-2082)
मुल्याङ्कनमा आधारहरु
१. उपस्थिति र सिकाइ सहभागिता ४
२. प्रयोगात्मक/ सिर्जनात्मक कार्य तथा परियोजना कार्य र प्रस्तुतीकरण ३६
३. त्रैमासिक परीक्षा १०
जम्मा ५०
Internal Evaluation Form 4-8(updated-2082)
यसरी सबै परीक्षामा कक्षा ४-८ सम्मका सबै विषयमा ५० पुर्णाङ्क आन्तरिक मुल्यांकलनलाइ छुट्याइएको छ । यसका लागि विभिन्न विषयमा विषयगत फाराममा भरेका अंकहरुलाइ अन्तिमिकरणका लागि यस फाराममा चढाएर इमिसमा नतिजा अपलोड गर्न सहज हुने छ ।
Internal Evaluation Form 4-8(updated-2082)
यसका लागि तलको Excel File Download गरि आवश्यकता अनुसार edit गर्न सक्नुहुने छ ।
तलका सामग्रीहरु पनि पढ्नुहोस् ।
- व्यवस्थित विद्यालय व्यवस्थापन
- भुगोल
- मदन पुरस्कार
- प्रेरक भनाइहरु
- फारामहरु
- All Subject Class 11
- प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
- नेपालको इतिहासका प्रमुख घटनाक्रम
- स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय
- रुसी क्रान्ति
- नेपालमा बनजंगल
- साधारण ब्याज
- निर्वाचन क्षेत्र
- Time and Work
- Analogy-IQ
- Number Series IQ
- Calendar-IQ
- कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)
- All Local Level
- विभिन्न आयोगका पदाधिकारीको संख्या र पदावधी
- ७७ जिल्ला र जिल्ला सदरमुकाम
- संबैधानिक आयोगहरु सम्बन्धि जानकारी
- नेपालको राजनीतिक विभाजन
- हावापानीका आधारमा नेपालको विभाजन
- नदीको आधारमा नेपालको विभाजन
- नेपालको भौगोलिक विभाजन
- नेपालको भौगोलिक परिचय
- नेपाल परिचय
- पशुपतिनाथ
- शिक्षा/पाठ्यक्रम/मनोविज्ञान
- Mind Check
- पाठ्यक्रम/नमुना प्रश्नपत्र
- विद्यालयमा प्रयोग हुने कार्ड (नमुना)
- शिक्षक आचार संहिता
- Excel Magic Formula/Trick
- Excel Formula & Trick
- Font
- गोरखापत्रमा प्रकाशित सामान्य ज्ञान (बैसाख-असोज २०८२)
- दिमाग खियाउने प्रश्नहरु
- MS Word MC Questions
- MS word tools and commands
- About Microsoft Word
- मा वि अध्यापन अनुमति पत्र
- Internal Evaluation
- विद्यालय सुधार योजना (SIP)
- गोरखापत्र (बुधबार)
- Evaluation System In Nepal
- नेपालको संविधान
- हालसम्म घोषणा भएका सबै संविधानहरु
- अन्य लिंक
- पाठ्यक्रम विकास केन्द्र
- राष्ट्रिय परीक्षा बोर्ड
- IEMIS
- मदन पुरस्कार गुठी

















































