प्रारम्भिक बालविकास र शिक्षा
free Download Materials
के हो प्रारम्भिक बालविकास कक्षा ?
-गर्भावस्थादेखि ८ वर्षसम्मको उमेरलाई प्रारम्भिक बालविकासको उमेर भन्ने गरिन्छ (प्रारम्भिक बालविकास सम्बन्धी सन्दर्भ सामग्री २०७५, पृष्ठ २३)।
-बालबालिकाको मष्तिष्क २ वर्षभित्र ७५ प्रतिशत विकसित भइसकेको हुन्छ भने ५ बर्षभित्र ९० प्रतिशत विकसित भएको हुन्छ (अभिभावक शिक्षा २०७३, पृष्ठ १५)
-मानव विकासको २ देखि ५ वर्ष बाल उमेरको सुरुवाती वर्ष भएका कारण ज्यादै महत्त्वपूर्ण मानिएको छ ।
-३ र ४ बर्ष उमेर समूहका बालबालिकाहरूका लागि शिशु विकास केन्द्र र ४ बर्ष उमेर समूहका लागि पूर्व प्राथमिक कक्षासहितको बालविकास केन्द्र हुनेछ भनी प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०६१ मा उल्लेख गरिएको छ ।
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
१.परिचय
-मानव विकास एक निरन्तर चलिरहने प्रक्रिया हो। सिकाइ मानव विकासकोएउटा पक्ष हो। यो गर्भावस्थादेखि मृत्युपर्यन्त जारी रहन्छ। मानव जीवनकोआधारशीलाका रूपमा रहेकाले प्रारम्भिक बाल्यावस्था वा बाल्यकालको विकासमहत्वपूर्ण हुन्छ। त्यसैले सरकारले आफना नागरिकको सर्वाङ्गीण विकासकालागि विशेष लगानी गरेको हुन्छ । यसका लागि नेपाल सरकारले पनि संविधान, ऐन कानुन, नीति र कार्यक्रमहरूमा विभिन्न व्यवस्था गरेको छ।
-नेपालको संविधानको धारा ३९(२) मा प्रत्येक बालबालिकालाई परिवार तथाराज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जनतथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने छ भन्ने व्यवस्थाले बालबालिकाको हकलाई सुनिश्चित गरेको छ।
qनेपालको संविधानको धारा ३९(३) मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बालसहभागिताको हक हुने छ भनी बालबालिकाको विकास र सहभागिताको व्यवस्था गरिएको छ।
-शिक्षा ऐन (नवौं संशोधन) ऐन २०२८ ले चारवर्ष उमेर पूरा गरेका बालबालिकाहरूलाई एक वर्षको पूर्व प्राथमिक शिक्षाको परिकल्पना गरेको छ।
-शिक्षा ऐनको दफा ११ त (१) मा “प्रारम्भिक बालविकास र शिक्षाको सञ्चालन तथाव्यवस्थापन सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने छ” भनी उल्लेख गरिएकोछ ।
-विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले भने चार वर्षकोउमेर पूरा भएका बालबालिकालाई एक वर्षको प्रारम्भिक बालविकासको अवसरप्रदान गरिने र चार वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई शिशु विकासकेन्द्रबाट शारीरिक, मानसिक वा बौद्धिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ।
-विद्यालय क्षेत्र विकास योजनाले पाँच वर्षमुनिका बालबालिकाको शारीरिक,सामाजिक, संवेगात्मक, मानसिक, आध्यात्मिक तथा नैतिक क्षमताको विकास गरी प्रारम्भिक बालविकास र शिक्षालाई अधिकारमा आधारित बनाउने रविद्यालय प्रवेशको तयारी गराउने उद्देश्य तथा रणनीति लिएको छ।
-पन्धौं योजनाले प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अङ्गका रूपमा विकास गरी यसलाई सबै बालबालिकाकालागि अनिवार्य गर्ने रणनीति तय गरेको छ। यसले कम्तीमा एक विद्यालय एक बालविकास केन्द्रको अवधारणा अन्तर्गत स्थानीय तहमार्फत बालविकास केन्द्रहरूको पुनर्वितरण गरी सड्घीय सरकारबाट हाल दिइदै आएको अनुदानलाई निरन्तरता दिदै प्रदेश तथा स्थानीय तहबाट समेत लगानी गरी बालविकास केन्द्रको विकासका लागि लागत साझेदारी गर्ने कार्यनीति तय गरेको छ ।
-स्थानीय सरकार सञ्चालन ऐन,२०७४ ले प्रारम्भिक बालविकास र शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा,कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन स्थानीय तहबाट नै हुनेव्यवस्था गरेको छ।
-अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ को परिच्छेद १ दफा २ (झ) अनुसारः प्रारम्भिक बालविकास तथा शिक्षा” भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाड्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षा सम्झनु पर्छ ।
-शिक्षा ऐनको नवौं संशोधनपछि प्रारम्भिक बालविकास विद्यालय शिक्षाको अङ्ग भएको हुनाले शिक्षा विभागबाट विकसित दिग्दर्शन तथा मापदण्डसमेतका आधारमा चार वर्ष (४८ महिना पूरा गरेका)उमेर समूहका सम्पूर्ण बालबालिकाहरूका लागि विद्यालय, बालविकास केन्द्र वा निजीस्तरबाट सञ्चालित बालविकास कक्षाका लागि पाठ्यक्रम विकासकेन्द्रबाट पाठ्यक्रम विकास गरिएको हो ।
-विगतमा सामुदायिक र संस्थागत विद्यालयहरू एवम् विभिन्न सड्घसंस्थाहरूले आ-आफनो तरिकाले प्रारम्भिक बालविकास सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरदैं आएकामा यसलाई नियमन र नियन्त्रण गर्न २०६२ सालमा तत्कालीन शिक्षा विभागले पाठ्यक्रमको रूपमा “प्रारम्भिक बालविकास दिग्दर्शन” र २०६८ सालमा “प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड” तयार गरी कार्यान्वयन गर्दै आएको थियो ।
प्रारम्भिक बाल विकास पाठ्यक्रम २०७७ डाउनलोड गर्नुहोस् ।
तलका सामग्रीहरु पनि पढ्नुहोस् ।
अन्य लिंक
















































