असल शिक्षकमा हुने गुणहरु

  • जुनसुकै पेशाको व्यक्तिले पनि आफ्नो कामलाई माया गर्छ र आफ्नो पेशालाई सम्मान गर्छ भने मात्र उसले आफ्नो काममा शतप्रतिशत मेहनत गर्छ । त्यसैले असल शिक्षकले पनि पढाउने कामलाई बोझ ठान्दैन, ऊ त्यसमै रमाउँछ र आफ्नो पेशालाई सम्मान गर्छ ।
  • कुनै पनि व्यक्तिले सुनेको भन्दा देखेको कुरा छिटो लिन्छ । बच्चामा यो कुरा अझ बढी लागु हुन्छ । त्यसैले असल शिक्षकले ‘तँ अनुशासनमा बस्’ भन्ने निर्देशन मात्र दिंदैन । ऊ आफू अनुशासनमा बस्छ र विद्यार्थीलाई अनुशासनमा रहन सिकाउँछ ।
  • शिक्षक भनेको किताब भित्रको ज्ञान मात्र दिने व्यक्ति होइन । असल शिक्षक समय अनुसार र विश्वका घटनाक्रमका बारेमा आफूलाई अपडेट राख्छ । जसले गर्दा उसले विद्यार्थीलाई बाहिरि दुनियाँसंग घुलमिल हुन, भिड्न सिकाइरहेको हुन्छ ।
  • अल्बर्ट आइन्सटाइनले भनेका छन् ,’ यदि तिमीले कुनै कुरा अरुलाई बुझाउन सकिरहेको छैनौ भने, त्यो कुरा तिमी आफूले नै राम्रोसंग बुझेको छैनौ’ । त्यसैले असल शिक्षकले आफूले पढाउने, विद्यार्थीलाई भन्ने कुरालाई पहिले आफूले राम्रोसंग अध्ययन र विश्लेषण गर्छ बुझ्छ । सानो कुरा नै भएपनि उसले त्यसलाई गहिरिएर केलाउँछ ।
  • असल शिक्षक जहिले पनि आफ्ना विद्यार्थीबाट आशावादी रहन्छ । त्यसैले उसले विद्यार्थीलाई मार्गनिर्देशन गर्छ र उसमा उत्प्रेरणा जगाउन मद्दत गर्छ ।
  • असल शिक्षक विद्यार्थीहरुसंग दोहोरो संवाद गर्न मन पराउँछ । उसले विद्यार्थीलाई आफूले पढाइरहेको विषयवस्तुमा प्रत्यक्ष सहभागी गराउँछ । उसले विद्यार्थीबाट पनि केही सिक्न सकिन्छ भन्ने मान्यता समेत राख्छ । यसको साथै असल शिक्षकले आफ्ना विद्यार्थीका अभिभावकसंग राम्रो सम्बन्ध राख्छ ।
  • असल शिक्षकले आफूले पढाउने विद्यार्थीहरुमा एकसंग अर्कोको तुलना गर्ने, कसैलाई प्रोत्साहन गर्ने र कसैलाई हतोत्साहित गर्ने गर्दैन । उसले सबै विद्यार्थीलाई समान व्यवहार गर्छ । विद्यार्थीमा हुने फरक-फरक क्षमतालाई चिनेर विद्यार्थीलाई उसको क्षमतामा निखार ल्याउन मद्दत गर्छ ।

 शिक्षा सम्बन्धि केहि प्रेरणामुलक भनाइहरु

  1. शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ । – नेल्सन मन्डेला
  2. शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो गर्नेहरुको नै भविष्य राम्रो हुन्छ । – माल्कोम एक्स
  3. सिकाई र शिक्षाको लागि रुचि बनाइराख्यौं भने, तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दनैन । – एन्थोनी जे  डिएञ्जेलो
  4. शिक्षाको जरा तितो हुन्छ, तर, फल सबैभन्दा मिठो हुन्छ ।- एरिसटोटल ।
  5. शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो । –   जोन डिवे ।
  6. मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र मा नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं उत्सुक रहन्छु । – अल्वर्ट आइन्स्टाइन् ।
  7. आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ । – रविन्द्रनाथ टैगोर ।
  8. जो व्यक्तिले धेरै पढ्छ, तर, आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ । – अल्वर्ट आइन्स्टाइन ।
  9. जसले विद्यालय खोल्छ, उसले जेलेको ढोका बन्द गर्न मद्धत गरिरहेको हुन्छ । – भिक्टर ह्युगो ।
  10. शिक्षा भनेको बाल्टिन भर्नु होइन । आगो सल्काउनु हो । – विलियम बटलर येट्स
  11. असल शिक्षा , आत्मा सुन्दर बनाउने वास्तुकला हो । – विलियम वेनेट ।
  12. “शिक्षा भनेको जीवनको तयारी मात्र होइन, शिक्षा नै जीवन हो।” – जोन डिवि
  13. “ज्ञानमा लगानी गर्नु सबैभन्दा उत्तम ब्याज हो।” -बेंजामिन फ्रैंकलिन
  14. “शिक्षा भनेको स्कूलमा सिकेका सबै कुरा बिर्सेपछि के बाँकी रहन्छ भन्ने हो।” – अल्बर्ट आइन्स्टाइन
  15. “एक किताब, एक कलम, एक बच्चा, र एक शिक्षकले संसार बदल्न सक्छ।” – मलाला युसुफजई
  16. “शिक्षा त्यो हतियार हो, जसले संसारलाई बदल्न सकिन्छ।” – नेल्सन मण्डेला
  17. “शिक्षा भनेको स्वतन्त्रताको सुनौलो ढोका खोल्ने चाबी हो।” – जर्ज वाशिंगटन कार्वर
  18. “ज्ञानको पहिलो चरण आफ्नो अज्ञानतालाई स्वीकार गर्नु हो।” – सुकरात
  19. “शिक्षा मानिसलाई सोच्न सिकाउँछ, तर के सोच्ने भनेर सिकाउँदैन।” – ग्रेस होपर
  20. “शिक्षा नै मानवताको सर्वश्रेष्ठ मित्र हो।” – एपिक्टेटस
  21. “शिक्षा भनेको बत्तीको जस्तो हो, जसले कुनै पनि अँध्यारो हटाउँछ।” – बुद्ध
  22. मलाई भन मैले विर्सनेछु, मलाई पढाउ मैले सम्झनेछु, मलाई सहभागी गराउ मैले सिक्नेछु । – सुन्जी
  23. म शिक्षकलाई एउटा मैनबत्ती जस्तै मान्दछु, अरुको उज्यालोको निम्ति आफूलाई जलाइरहने । – मुस्ताफा
  24. एक औसत शिक्षकले भन्दछ मात्र, राम्रो शिक्षकले वर्णन गर्दछ, उत्कृष्ट शिक्षकले प्रदशन गर्दछ र सर्वोत्कृष्ट शिक्षकले प्रेरित गर्दछ । – विलियम आर्थर वार्ड
  25. शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेसालाई जन्म दिन्छ । – अज्ञात
  26. शिक्षाले आत्मविश्वास जगाउदछ, आत्मविश्वासले आशा जगाउदछ र आशाले शान्ति ल्याउदछ । – कन्फ्युसियस
  27. विद्यार्थीलाई सच्चाइदिनुले काम गर्ला तर उनिहरुलाई प्रोत्साहित गर्नाले धेरै काम गर्नेछ । – गोथे
  28. एक महान शिक्षकले कहाँ हेर्ने भन्ने कुरा सिकाउदछन तर के देख्ने यो भने भन्दैनन् । – अलेक्जेन्डर ट्रेफोन
  29. एक असल शिक्षकको प्रभाव कक्षाकोठा भन्दा पनि बाहिरसम्म हुन्छ, अझ विद्यार्थीको भविष्यसम्म । – एफ. सोइनिल जोस
  30. बच्चालाई जसले जन्म दियो उसलाई भन्दा बढी जसले पढाउछ उसलाई सम्मान दिनु पर्दछ किनकि जन्म दिनेले जीवन मात्र दिन्छ तर पढाउनेले जीवन जिउने कला दिन्छ । – अरस्तु
  31. शिक्षकले चक र चुनौतीको सन्तुलित मिश्रणले जीवनमा परिवर्तन ल्याउन सक्दछन । – जोयस मेयर
  32. विद्यार्थीलाई कसरी सोच्ने सिकाउनु पर्छ तर के सोच्ने भन्ने होइन । – मार्गरेट मिड
  33. शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेशालाई जन्म दिन्छ । – अज्ञात
  34. यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर । -अज्ञात
  35. ३५. त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन । -कन्फ्युसियस
  36. ३६. यी छ सुख हुन्, निरोगी हुनु, ऋणि नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर हुनु ।-विदुर नीति
  37. ३७. तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ ।-अज्ञात
  38. ३८. क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।-श्रीमद्भागवत गीता
  39. ३९. स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।-गौतमबुद्ध
  40. ४०. आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् । – अज्ञात
  41. ४१. ६ प्रकारका व्यक्ति सधै दु:खी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने ।- विदुर नीति
  42. ४२. एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर । -चाणक्य
  43. ४३. कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ । -अज्ञात
  44. ४४. आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ । – अज्ञात
  45. भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ । -अज्ञात
  46. जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।-अज्ञात
  47. जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो । -अज्ञात
  48. काम (वासना), क्रोध र लोभ । यी तीन नर्कको ढोका हो ।- सन्त कवीर
  49. महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज ।- स्टिभ जब्स
  50. यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता । -विदुर नीति
  51. जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन । -अज्ञात
  52. ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ। – चाणक्य नीति
  53. यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ ।- जवाहरलाल नेहरु
  54. अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।-अज्ञात
  55. जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।-नेपोलियन
मनपरे सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

शिक्षा नियमावली (१० औ संशोधन)
 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
Online Entry
कर फारामहरु
म.ले.प. फाराहरु
शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
EMIS Update
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
विद्यालय  संग सम्बन्धित कानुनहरु
Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
7 Province, 77 Districts and 753 Local Level
नेपालको नक्सा भर्ने ट्रिक
LPJ Online Service
Excel Formula
Social Note ।। Class 10 । Part II
सामाजिक नोट कक्षा १० । २०८३
कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
Governmental Websites of Nepal
श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082
श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२
बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

सूचना

  • By Laxmi
  • February 26, 2026
  • 0
  • 136 views
सूचना
नेपालका संविधान र कानुनहरु
IEMIS Materials
हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
ECD मुल्यांकन कसरी गर्ने ?
प्रारम्भिक बालविकास र शिक्षा
नेपालमा शिक्षाको इतिहास
कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
व्यवस्थित विद्यालय व्यवस्थापन
भुगोल
मदन पुरस्कार
प्रेरक भनाइहरु
फारामहरु
All Subject Class 11
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
नेपालको इतिहासका प्रमुख घटनाक्रम
स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय
रुसी क्रान्ति
नेपालमा बनजंगल
साधारण ब्याज
निर्वाचन क्षेत्र
Time and Work
Analogy-IQ
Number Series IQ
Calendar-IQ
कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)